एस सी नेपालीसमाचार

भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको भर्चुअल सभा सम्पन्न

प्रेस विज्ञप्ति
17 जुलाई, 2021

भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको एउटा भर्चुअल सभा आज प्रदेश अध्यक्ष श्री डीबी चौहानको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टी उपाध्यक्षगण, महासचिव, प्रदेश कार्यसमितिका पदाधिकारीगण साथै जिल्ला अनि मण्डल कमिटीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सभामा हालै केन्द्र सरकारको मन्त्री परिषद्मा भएको व्यापक विस्तार अनि यसमा पूर्वोत्तर राज्यहरूलाई दिइएको विशेष महत्वबारे गहन छलफल गर्दै प्रधानमन्त्री श्री नरेन्द्र मोदी अनि केन्द्र सरकारप्रति धन्यवाद प्रस्ताव पारित गरियो।
सभामा धन्यवाद प्रस्ताव पेश गर्दै प्रदेश कार्यसमिति सदस्य श्री भुपेन्द्र गिरीले हालै केन्द्रीय मन्त्रीपरिषद्मा भएको विस्तारमा पूर्वोत्तर राज्यहरूबाट दुईजना क्याबिनेट मन्त्री अनि तीनजना राज्यमन्त्री नियुक्त गरेको जानकारी गराउँदै मोदी सरकारको पूर्वोत्तरप्रति यो ऐतिहासिक दृष्टिकोणप्रति धन्यवाद दिए। यस ऐतिहासिक निर्णयले आगामी दिनमा पूर्वोत्तर क्षेत्रको विकास अनि सशक्तिकरणमा ठूलो भूमिका निर्वाह गर्ने उनले बताए। श्री गिरीले पेश गरेको प्रस्तावलाई पार्टी महासचिव श्री भरत दुलालले समर्थन जनाएका थिए।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री डीबी चौहानले भारतीय जनता पार्टीको सरकार पूर्वोत्तर क्षेत्रको विकास अनि उत्थानलाई लिएर शुरूदेखि नै गम्भीर अनि प्रतिबद्ध रहेको बताए। उनले पूर्व प्रधानमन्त्री श्री अटल बिहारी वाजपेयीको सम्झना गर्दै उनको सरकारमा सेप्टेम्बर 2001 मा पूर्वोत्तर क्षेत्रीय विकास मन्त्रालय (डोनर मन्त्रालय) गठन गरेर ‘लुक इस्ट’ नीति अख्तियार गरेको अवगत गराए। यसै गरी 2014 मा श्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपा सरकार गठन भएपछि यसलाई अझ अघि बढ़ाउँदै ‘एक्ट इस्ट’ नीति निर्धारण गरेर पूर्वोत्तर क्षेत्रको विकासमा विशेष प्राथमिकताका साथ कार्य भइरहेको बताउँदै यसको फलस्वरूप आज पूर्वोत्तरमा व्याप्त उग्रवाद तथा हिंसालाई अन्त गर्दै यसलाई विकासको दृष्टिले देशका अन्य क्षेत्रहरूको हाराहारीमा ल्याउने कार्य भइरहेको बताए। यसका साथै हालै भएको मन्त्रीपरिषद्को विस्तारले केन्द्र सरकारमा पूर्वोत्तरको भागीदारीलाई अझ सशक्त बनाउने काम मोदी सरकारले गरेको अध्यक्ष चौहानले बताए।
उल्लेख्य, गत 7 जुलाईको दिन सम्पन्न भएको केन्द्रीय मन्त्रीपरिषद्को विस्तारमा पूर्वोत्तर क्षेत्रबाट असमका पूर्व मुख्यमन्त्री श्री सर्वानन्द सोनोवाल र अरूणाचल प्रदेशबाट श्री किरेन रिजिजूलाई केन्द्रीय क्याबिनेटमा स्थान दिइएको थियो भने त्रिपुराबाट श्रीमती प्रतिमा भौमिक, मणिपुरबाट राजकुमार रञ्जन सिंह अनि असमबाट रामेश्वर तेलीलाई राज्यमन्त्रीको रूपमा जिम्मेवारी प्रदान गरिएको छ। केन्द्रीय मन्त्रीमण्डलमा पूर्वोत्तर क्षेत्रबाट भएको यो प्रतिनिधित्व अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या रहेको छ।

डा. राजु गिरी
प्रवक्ता
भाजपा, सिक्किम

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button