समाचारएस सी नेपाली

भारतीय जनता पार्टी, सिक्किम प्रदेश कार्यसमितिको वार्षिक बैठक सम्पन्न

प्रेस विज्ञप्ति

24 जून, 2021

भारतीय जनता पार्टी, सिक्किमको प्रदेश कार्यसमितिको वार्षिक बैठक आज प्रदेश अध्यक्ष श्री डीबी चौहानको अध्यक्षतामा भर्चुअल रूपमा सम्पन्न भयो। सभामा पार्टीका वरिष्ठ नेताहरू, विधायकगण साथै प्रदेश कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो। पार्टी महासचिव श्री भरत दुलालद्वारा सञ्चालित सभामा विभिन्न समसामयिक तथा सांगठनिक विषयहरूमा गहन विचार-विमर्शका साथै विभिन्न मुद्दामा प्रस्तावहरू पारित गरियो।
आजको बैठकमा पार्टी प्रदेश कोषाध्यक्ष श्री कैलाश अग्रवालले कोभिड प्रबन्धन अनि चुनौतिहरूमाथि आफ्नो वक्तव्य राख्दै केन्द्र सरकारले यस महामारीको अवधिमा गरेका पहलहरूमाथि चर्चा परिचर्चा गरेका थिए। यसै क्रममा उनले हालै प्रधानमन्त्री मोदीद्वारा देशका सम्पूर्ण नागरिकलाई निःशुल्क कोभिड टीकाकरण अनि 80 करोड़ मानिसहरूलाई आगामी नोभेम्बर महिनासम्म निशुल्क रासन उपलब्ध गराउने ऐतिहासिक घोषणाको सराहना गर्दै प्रदेश कार्यसमितिको बैठकमा धन्यवाद प्रस्ताव पेश गरे भने यस प्रस्तावलाई समर्थन गर्दै प्रदेश कार्यसमिति सदस्य श्री भुपेन्द्र गिरीले मोदी सरकारको भ्याक्सिन नीति अनि यसका विभिन्न पक्षहरूबारे प्रकाश पारे।
यसै गरी बैठकमा पार्टी महासचिव तथा मार्तम रूम्तेक क्षेत्रका विधायक श्री सोनाम छिरिङ भेन्चुङ्पाले कर्मापा मुद्दा अनि धारा 371 एफको पूर्ण सुरक्षाको विषयमाथि आफ्नो वक्तव्य राख्दै यी मुद्दाहरूलाई पार्टीको पूर्ण समर्थन रहेको र यसप्रति भाजपा सिक्किम प्रतिबद्ध रहेको प्रस्ताव पेश गरेका थिए। यस प्रस्तावलाई समर्थन गर्दै पार्टी मजदुर मोर्चा महासचिव श्री विकास प्रसादले दुवै मुद्दा सिक्किम र सिक्किमेको भावनासित जोड़िएको बताए।
सोही प्रकारले प्रदेश प्रवक्ता डा. राजु गिरीले लिम्बू तामाङ सीट आरक्षण अनि छुटेका जातगोष्ठीहरूलाई जनजाति मान्यता दिलाउन केन्द्र सरकारसमक्ष विचाराधीन मुद्दालाई भाजपा सिक्किमको पूर्ण समर्थन अनि यसप्रतिको प्रतिबद्धता व्यक्त गर्दै प्रस्ताव पेश गरेका थिए। उपरोक्त सबै मुद्दाहरूमा गहन विचार-विमर्श अनि कार्यप्रगतिमाथि छलफल गरेपछि सर्वसम्मतिले पारित गरियो।
बैठकमा वरिष्ठ उपाध्यक्ष श्री एसबी कार्कीले पार्टीको प्रशिक्षण सम्बन्धी वक्तव्य पेश गरेका थिए भने महासचिव श्री भरत दुलालले आफ्नो सम्बोधनमा उपरोक्त सबै मुद्दाहरूलाई आगामी दिन हुने जिल्ला अनि मण्डल स्तरीय कार्यसमितिको बैठकमा पारित गरिने जानकारी दिए।
अन्तमा पार्टी अध्यक्ष श्री डीबी चौहानले बैठकमा छलफलको क्रममा उठेका विषयहरूलाई समेटेर आफ्नो वक्तव्य पेश गर्दै आज पारित प्रस्तावहरूलाई चाँड़ै पार्टी मुख्यालय, नयाँ दिल्लीमा पठाउने अनि केन्द्रसमक्ष सिक्किमका लम्बित मुद्दाहरूको समाधान अनि छिनोफानो गर्न भाजपा सिक्किमले राज्य सरकारसित चर्चा गरेर अघि बढ़ाएर लाने बताए। यस अवसरमा उनले कोरोना महामारीको समय पनि पार्टी कार्यकर्ताहरूले मानिसहरूको सेवामा गरेका कार्यहरूको सराहना गरे आगामी दिनमा पनि पार्टीद्वारा निर्देशित कार्यक्रमहरूलाई सबै मिलेर सफल बनाउनुपर्ने विषयमा जोड़ दिए।
 
डा. राजु गिरी
प्रवक्ता
भाजपा सिक्किम

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button