हजुर हरु सबैलाई निधारम सप्तरङ्गी टिका जस्तै जिवनमा चम्की रहने, सयपत्री फूल जस्तो नमरत, मिलन्, देउँसे भैलेको आर्शिवाद लागोस्, वर्षभरि खुशीका प्रकाशहरु आँगनमा फैलिरहोस, माया प्रेम साथै सहभाव गहिरिँदै जाओस् यही शुभकामना यसपिल भाई टिकाको।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौ दिन टिका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजूलाई यसैगरि टिका लगाउन र पुज्न पाँउ भन्ने आशिर्बाद मागेकाले भाइटिकाको चलन चलिआएको किंवदन्ति रहेको छ। भाइटिका काग तिहार , कुकुर तिहार , गाई पुजा, गोरु पूजा अनि लक्ष्मी पुजा पछिको अतिनै महत्वपुर्ण पर्व मानिन्छ। हिन्दू सनातन् धर्ममा राखि पुर्णे पछि दिदी बहिनी, दाजु भाई बीचको धार्मिक संगम भाई टिका हो। चेली माईतीको अति पबित्रा साईन भाई टिका मानव सभ्यताको आधारमा हेरौ भने धार्मिक अनि वैज्ञानिक महत्व रहेको बुझिन्छ। बर्षौं अगाडी देखि चेलीबेटीहरुले मायॅ ममताले साँची राखेको सयपत्री फूलको माला विधि विध्न साथै मनोकामना साथै यमाराजको भय नहोस् भनि आशिर्वाद स्वरूप पुजने प्रचलन रहेको छ।
आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजूभाइ तथा दिदीबहिनी भेटघाट गरि आपसमा माया अनि सद्भाव साटासाट हुँने गर्दछ। दिदी-बहिनीले पनि सयपत्री फूल, सुपारी, नरिवल या मिठाई जस्ता कोसेली दिएर दशैं पश्चातनै दाजूभाइलाई भाइटिकाको निम्तो दिने चलन छ। यसरी निम्तो पाएका दाजूभाइहरु आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टिका लगाउनुपूर्व दिदीबहिनीले दाजूभाइलाई विशेष पूजा गर्नकालागि भूँ ईमा चकटि ओछ्याएर बसेको ठाँउ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दूवोबाट पातलो धारा बगाउँदै पाँचपटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भूटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेषगर्दै पूजा गर्दछन् । यमराजको प्रतिक मानेर विमिरा (एक प्रकारको ठूलो कागति प्रजातिको फल) को पूजा गरिसकेपछी, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फूटाई ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजूभाइको आरोग्य अनि दिर्घायूको कामनागर्ने चलन छ।
शिरमा तोरिको तेल लगाएर दाजुभाईको कपाल कोरेर अनि सप्तरङ्गी टिका लगाईदिएपछि दाजुभाईले पनि दिदीवहिनीलाई टिका लगाईदिन्छन् । सप्तरङ्गी टिकाको कला एकअर्काको निधारमा सप्रेम लगाइसकेपछी दिदीबहिनीहरु आफ्नो गक्ष अनुसारको फलफूल, नैवेध, मरमसला दाजुभाईलाई प्रदान गर्दछन भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरु दिदीवहिनीको पाउमा राखेर ढोग्दछन्। यस्तो महत्वपूर्ण सांस्कृतिक, आध्यात्मिक, व्यवहारिक तथा मनोवैज्ञानिक महत्वका साथ मनाईने महान् चाड भाई टिकको पावन अवसरमा हाजुरहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु।
शुभकामनासहित R. B.