Latest News

धार्मिक बिषयमाथि कसैले पनि राजनीतिकरण गर्नु हुँदैन: सिक्किम प्रदेश कांग्रेस कमिटी

प्रेस विज्ञप्ति
मिति:२१/०३/२०२२

गान्तोक, २१ मार्च- गत केही दिन अघि दक्षिण सिक्किमको नाम्फिङमा एक धार्मिक समारोहमा एक आध्यात्मिक गुरुले दिएको विवादास्पद टिप्पणीमाथि सिक्किम प्रदेश कांग्रेस समितिले गहिरो दुःख व्यक्त गरेको छ। हाम्रो भारत एक धर्मनिर्पेक्ष राष्ट्र भएको कारणले गर्दा यहाँ सबै धर्मावलम्बीहरूको समान हक अधिकार रहेको साथै कसैले कसैको धर्ममाथि घृणा पैदा गर्नु अनुचित संविधान विरोधी रहेको कांग्रेस पार्टीले ठहर गर्दछ। धर्म जस्तो संवेदनशील विषयमा कसैले पनि राजनीतिकरण नगरिदिने प्रदेश कांग्रेसले अपील गर्दछ। यदि यसलाई राजनीतिकरण गरिएको खण्डमा भोलिको दिनमा यहाँ अशान्ति सृजना हुन सक्ने छ र सबै सिक्किमे जनतालाई शान्ति कायम राख्ने प्रदेश कांग्रेस समितिले आह्वान गर्दछ।
प्रचार प्रसार शाखा
सिक्किम प्रदेश कांग्रेस समिति

Download Sikkim Chronicle App

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker