Latest News

” दिनदिनै एसकेएमको चरीत्र उदाङ्गो हुँदै जादै छ”: एसडीएफ

एसडीएफ पार्टी अनि पुर्व मुख्यमन्त्री श्री पवन चामलिङको लोकप्रियता देखेर एसकेएम पार्टीमा हतास र निराशा छाएको छ। सिक्किमेली जनताले एसकेएमको राजनैतिक उदेश्य अनि झुठ र फरेबको राजनीतिलाई चाखेर, बुझेर २०२४-मा पवन चामलिङको नेतृत्वमा फेरि पनि एसडीएफ पार्टीलाई राज्यको बागडोर जिम्मा दिने कुरा थाहा पाएर नै एसकेएम पार्टीका नाईके, मन्त्री, विधायक देखि लिएर कार्यकर्ताहरुले दिनहुँ भढाष निकालेको देखिन्दैछ।

पवन चामलिङलाई बदनाम गर्न एसकेएमका भाडाका टट्टूहरुले सडकमा उत्रेर जतिसुकै पवन चामलिङ मुर्दाबाद भनेर नारा लगाए पनि सिक्किमलाई हृदयबाट माया गर्ने जनताको मनबाट पवन चामलिङलाई निकाल्न सक्दैनन्। पवन चामलिङ भनेका जिउँदो संस्थान हुन, सिक्किमको नाम सुभाष हुन, सिक्किमेको गौरव हुन। उनको कुशलताको फलस्वरूप आज सिक्किमले देश र दुनियाँमा बिकासको उदाहरण प्रस्तुत गरेर राज्यको छुट्टै पहिचान बनाएको छ। आज एसकेएम पार्टीको सरकार जहाँ खडा भएर पवन चामलिङलाई गाली गर्दैछ त्यो एसडीएफ सरकारले निर्माण गरेको साम्राज्य हो।

एसकेएम पार्टीका भाडाका टट्टू साथै नाईके मन्त्री विधायकले एसडीएफ पार्टी अनि पवन चामलिङलाई बाटोमा बसेर नानाथरी गाली गरेर शक्तिको दुरुपयोग गर्नुभन्दा सिक्किमको विकास साथै जनताको सेवा गर्दै राज्यको शान्तिपुर्ण वातावरण भाईचारा अनि प्रजातान्त्रिक प्रणालीको संरक्षण गर्ने कार्य गरेको उचित हुनेछ। एसकेएम पार्टीका नाईके मन्त्री विधायक अनि किरायाका टट्टूहरुले यसरी पवन चामलिङलाई गाली गर्नुभनेको चाहिँ एसकेएमले आफ्नो चरीत्र उदाङ्गो पार्नु हो।

विष्णु दुलाल
सचिव , प्रचारप्रसार मामिला
एसडीएफ ।

SC Desk

Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button