By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: “युवाहरूको भाग खोसेर आफन्तलाई पोस्ने चामलिङले आज युवाहरूको नाममा आँशु झार्नु पर्दैन”: एसकेएम
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Sikkim

“युवाहरूको भाग खोसेर आफन्तलाई पोस्ने चामलिङले आज युवाहरूको नाममा आँशु झार्नु पर्दैन”: एसकेएम

SC Desk
Last updated: 2021/11/22 at 2:23 PM
By SC Desk
Share
5 Min Read
SHARE

प्रेस विज्ञप्ति

सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किममा एसकेएम सरकारले कुशासन चलाइरहेको भनी जुन बयान दिएका छन् त्यसको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी कड़ा रूपमा भर्त्सना अनि निन्दा जनाउँदछ। आफ्नो सरकार हुँदा युवाहरूको गाला पड्काउँछौं भन्दै धमास दिने चामलिङ एसकेएम सरकारले युवाहरूको निम्ति उपलब्ध गराएको अवसर र प्रोत्साहनबाट जलिरहेका छन्। एसकेएम सरकार आएपछि मात्र धेरै सृजनशील अनि लगनका साथ काम गर्ने युवाहरूमा जोश बढ़ेको छ। सरकारी मात्र होइन निजी उद्योग गरेर जीविकोपार्जन गर्ने युवाहरूको जमात बढ़ेको छ। युवाशक्तिलाई सृजनशील बनाउने दिशामा उद्यमिता प्रकोष्ठ गठन गरेर युवा वर्गलाई आफ्नो इच्छित क्षेत्रमा काम गर्न प्रोत्साहित गरिरहेको चामलिङले देखिरहेका छन्। सरकारी पैसामा युवाहरूलाई गाड़ी बाँड़ेको भन्दै आरोप लगाउने चामलिङले यस्तो कुरा कोठामा बसेर बोल्नुभन्दा प्रमाणका साथ जनताअघि गएर भन्न सक्नुपर्छ। आफ्नो सरकार हुँदा युवाहरूको हितमा एक शब्द नबोल्ने चामलिङ अहिले युवाहरू आत्मनिर्भर बनिरहेको देख्न नसकेर आफ्नो मनको भँड़ास सरकारमाथि पोख्नु पर्दैन। आफू मुख्यमन्त्री हुँदा पैसा दिइ दिइ युवाहरूको गाड़ी जलाउन लगाएर नोक्सानी पुऱ्याएको कुरा सबैलाई थाहा छ। चामलिङले सबैभन्दा पहिला ती युवाहरूको नोक्सानी भरपाई गरिदिउन्। कति युवाहरू त्यतिबेला भक्कानिएका थिए, रोएका थिए, त्यतिबेला चामिलङलाई युवाहरूको सम्झना आएन? उल्टै तीन लाख युवाको छ लाख हात विपक्षी युवाहरूको गालामा बजार्ने गौरजिम्मेवार पूर्ण बयान दिने चामलिङले आज सत्ताहीन भएपछि गोहीको आँशु झार्नु पर्दैन। चामलिङले आकलन गरेर हेरून् उनको सरकारकालमा कति युवा आत्मनिर्भर बन्न सफल बनेका थिए अनि अढ़ाई वर्षको एसकेएम सरकारकालमा कति युवाहरू आत्मनिर्भर बनिसकेका छन्, उनलाई स्वतः थाहा हुनेछ। कुनै उपाय नै नचलेपछि हुँदै नभएको फत्तुर लाउन सुहाउँदैन चामलिङलाई। आफ्नो सरकार हुँदा युवाहरूको भाग खोसेर आफ्नै छोरा-छोरी र आफन्तलाई पोस्ने चामलिङलाई आज आएर युवाहरूको विषयमा बोल्ने नैतिक अधिकार छैन।


वर्तमान सरकारले गरीबहरूको हितमा काम गरेन भनी चामलिङले अर्को फत्तुर थपेका छन्। उनलाई थाहा होस्, एक वर्षको अन्तरालमा सिक्किमका कति गरीबहरूले महल जस्तो घरमा बस्न पाएका छन्, त्यसको आँकड़ा निकालेर हेरुन्। सिक्किम गरीब आवास योजना अन्तर्गत सिक्किमको चारै जिल्लाका गरीबहरूको सुन्दर घर धमाधम बनिरहेका छन् अनि धेरै गरीबहरू बस्न थालिसकेका छन्। कोठाबाट बाहिर निस्केर हेरुन् भन्ने एसकेएम पार्टी सुझाउ दिन चाहन्छ। चामलिङले बिर्सिएकै हुन् भने चुनाउअघि गरीबहरूलाई झुक्याउन घर बनाइदिने झूटो आदेश पत्र बाँड़ेको चामलिङलाई हामी सम्झना गराउन चाहन्छौं। ती गरीबहरू अहिले पनि झूटो आदेश पत्र गोजीमा बोकेर हिँड़िरहेका छन्, तिनीहरूको नोक्सानीको भरपाई पनि चामलिङले गरिदिनुपर्छ। अझ भन्नुपर्दा चामलिङले 25 वर्षमा सोच्न नसकेको शहरी क्षेत्रका गरीब परिवारहरूको हितमा सिक्किम शहरी आवास योजना अन्तर्गत पनि घर निर्माण गर्ने काम भइरहेको छ, अब चामलिङले कसरी भन्नसक्छन् गरीबको निम्ति वर्तमान सरकारले केही गरेको छैन भनेर। चामलिङलाई थाहा होस्, एसकेएम सरकार उनको जस्तो गरीबको नाममा झूटको खेती गर्दैन, तर सकेसम्म गरीबलाई आत्मनिर्भर अनि स्वावलम्बी बनाउने दिशामा रात दिन काम गरिरहन्छ।


स्वास्थ्य क्षेत्रको कुरामा चामलिङले बोल्न पटक्कै सुहाउँदैन। चामलिङलाई पनि राम्रोसँग थाहा छ, आजभन्दा दुइ-अढ़ाई वर्षअघि सिक्किमको स्वास्थ्य स्थिति कस्तो थियो र आज कस्तो भएको छ। अस्पतालको नाममा एउटा रित्तो बिल्डिङ उभ्याएर ठूलो डङ्का पिट्न चामलिङलाई सुहाउँदैन। सबै सिक्किमे जनतालाई थाहा छ उनको सरकारकालमा कुन चाहिँ सरकारी अस्पतालमा बिरामीहरूले निशुल्क दबाई पानी पाउँथे? चामलिङ सरकारमा दबाई र उपभोग सामग्रीका लागि लगभग 13 करोड़ रुपियाँ छुट्याइएको थियो, एसकेएम सरकार सत्तामा आएपछि यो रकमलाई बढ़ाएर 40 करोड़ रुपियाँ गरिएको छ भने अहिले बिरामीहरूले अस्पतालमा निशुल्क दबाई प्राप्त गरिरहेका छन्। चामलिङले एकपल्ट अस्पतालको भ्रमण गरेर हेरुन् तब उनले सबै यथार्थ थाहा पाउनेछन्।


25 वर्षसम्म सत्ता सम्हाल्ने चामलिङ सिक्किमको विकास र उन्नतिको दिशामा खरो विरोधी रहेको उनको बयानबाट स्पष्ट थाहा हुन्छ। सिक्किममा भइरहेका विकासीय कार्यहरूको विरोध गरेर चामलिङले आफ्नो कुबुद्धि दर्शाएका छन्। चुनाउअघि जनता मेला लगाएर जनतालाई छक्याउने बानी परेका चामलिङले आज फेरि मेला सम्झिएछन्। वर्तमान सरकारले धेरै मेला लगाएको पनि बताएछन्। हो एसकेएम सरकारले मेला लगाउँछ, विकासको मेला लगाउँछ, प्रत्येक सिक्किमे गरीबको आर्थिक स्तर उन्नत पार्ने मेला लगाउँछ, सिक्किमको सुन्दर भविष्य निर्माण गर्ने दिशामा कार्यक्रम र कार्य योजनाहरूको मेला लगाउँछ, तर चुनाउको छेकमा जनतालाई ढाँट्ने मेला लगाउँदैन। वर्तमान सरकारमा को-को खुशी छन् र को-को खुशी छैनन् त्यो चामलिङले बताइरहनु आवश्यक छैन। एसकेएम सरकारको कार्य प्रगति देखेर समग्र सिक्किमवासी खुशी छन्, उत्साहित छन् अनि प्रफुल्लित छन्। खुशी नहुने, डाहा गर्ने र ईर्ष्या गर्ने भनेको केवल पवन चामलिङ मात्र हुन्। चामलिङले आजभन्दा तीन वर्षअघिको सिक्किम र आजको सिक्किमको तुलना गरेर हेरुन् तब मात्र उनको उल्टो दिमाग सुल्टो हुनेछ भन्ने सुझाउ एसकेएम पार्टी दिन चाहन्छ।

बिरेन्द्र तामलिङ
उपाध्यक्ष, प्रचार-प्रसार प्रभाग
सिक्किम क्रान्तिकारी मोर्चा

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, SKM
SC Desk November 22, 2021 November 22, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Sikkim CM PS Tamang meets delegation from Indian Himalayan Council of Nalanda Buddhist Tradition in New Delhi

New Delhi, June 18: Chief Minister of Sikkim, Mr Prem Singh Tamang,…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

SikkimTrending

Sikkim CM PS Tamang meets delegation from Indian Himalayan Council of Nalanda Buddhist Tradition in New Delhi

By SC Desk
SikkimTrending

Sikkim Pollution Control Board organizes awareness drive on plastic waste management

By SC Desk
HealthSC Stories

National cancer survivors month: stories of resilience, recovery, & hope

By SC Bureau
HealthTrending

Free cataract screening camp for senior citizens held at Paljor stadium

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?