By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: पवन चामलिङको उँचाइमा पुग्न वैचारिक बाउन्ने प्रवृति भएका सी पी शर्माहरुलाई धेरै जुनीको आवश्यकता पर्छ : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
एस सी नेपालीसमाचार

पवन चामलिङको उँचाइमा पुग्न वैचारिक बाउन्ने प्रवृति भएका सी पी शर्माहरुलाई धेरै जुनीको आवश्यकता पर्छ : एस डी एफ

SC Desk
Last updated: 2021/10/06 at 7:56 PM
By SC Desk
Share
5 Min Read
SHARE

पवन चामलिङको उँचाइमा पुग्न वैचारिक बाउन्ने प्रवृत्ति भएका सी .पी. शर्माहरूलाई धेरै जुनीको आवश्यकता पर्छ      एसकेएम पार्टीको आधिकारिक प्रेस विज्ञप्तिसम्म जारी गर्न नसक्ने सी.पी. शर्माले आफूलाई वैचारिक बाउन्ने साबित गरेका छन्‌। एसकेएम पार्टीमा कुनै सिद्धान्त,कार्यक्रम, उद्देश्य र लक्ष्य नभएपछि व्यक्तिगत चरित्रमा हिलो छ्यापेर अराजक पार्टीलाई बैतरणी पार लगाउने नकाम कोशिश सी.पी. शर्माले सामाजिक सञ्जालमा पूर्व मुख्यमन्त्रीको विरोधमा उगेलेको नकारात्मक टिप्पणीबाट छर्लङ्‌ग भएको छ।

उनको त्यस नकारात्मक टिप्पणीलाई एसडीएफ पार्टी घोर निन्दा गर्दै भर्त्सना जनाउँदछ। सरकार स्थापना गरेको अढ़ाई वर्षको समय पुग्दा-नपुग्दै एसकेएम सरकारप्रति जनताको असन्तुष्टि, गुनासो र विरोध बढ़ेर गएको छ। यसैले वैचारिक बाउन्ने प्रवृत्तिका सी.पी. शर्माहरू हतासिएर पू्र्व सरकार अनि मुख्यमन्त्रीलाई गालीगलौज गर्नुबाहेक अन्य जनमुखी रचनात्मक कार्य गर्न पूर्ण रूपले विफल बनेका छन्‌। यति मात्र नभएर दुर्बल नेतृत्वको सरकार र पार्टीलाई बचाउन सङ्‌कीर्ण मानसिकताको आडम्बरमा अस्तित्व धान्दै हुल्याहा भाषामा विद्वता प्रदर्शनको नाटक गर्नु उनको दिनचर्या बनेको छ। राज्यको राजस्व हजम गरेर  खैरात थाप्ने आदतका भएका सी.पी. शर्माले आफ्नो ख्यामितलाई खुशी राख्न औपचारिक शिक्षाको डिग्रीसम्मको बदनाम गरेर गाउँको फटाहा हुल्याहा जस्तै भएर मनपरि लेख्न अग्रसर भएको बुझिन्छ। २५ वर्षको एसडीएफ कार्यकालमा केही नभएको देख्ने र पूर्व मुख्यमन्त्रीजस्ता अनुभवी तथा अब्बल नेतामाथि नकारात्मक टिप्पणी गर्ने एसकेएम प्रवक्ता एवं साहित्य प्रभारी सी.पी. शर्मालाई हामी भन्न चाहन्छौँ कि, राजनीति भनेको सकारात्मक र निर्माणात्मक प्रतिस्पर्धाको क्रान्ति हो। राजनीतिमा नीति, सिद्धान्त ,कार्यक्रम र योजनाको प्रतिस्पर्धा हुनुपर्छ। हिजो भएका गल्तीहरुलाई आज कार्य गरेर जवाफ फर्काउने जिम्मेवारीको नाम नै साँचो राजनीति हो।

एसकेएम पार्टीमा नीति, सिद्धान्त र योजना नभएको अराजक र अनुशासनहीन पार्टी बनेको एसकेएम पार्टीको साहित्य प्रभारीको नकारात्मक टिप्पणीले प्रमाण गर्दछ। व्यक्तिगत चरित्रमा हिलो छ्यापेर जनताको सहानुभूति बटुल्ने षड्यन्त्रमा लागेको छ। कथित परिवर्तनको नाममा सत्तामा चढ़ेको एसकेएम सरकारले अझ़ाई वर्ष पुग्न लाग्दा एउटै पनि नयाँ योजना, कार्यक्रम र दिशा दिन नसक्नु भनेको उनीहरुको सैद्धान्तिक र वैचारिक अपाङ्गता हो।

अराजक मानसिकताको प्रमाण हो। एसडीफ सरकारले नै बनाएका सिस्टम (व्यवस्था) र संस्थागत कामहरुलाई लिपपोत गर्नु, नाम बदल्नु, दाम बढ़ाएर रि-टेण्डर गर्नु आदिजस्ता कामहरूमा एसकेएम सरकार भुलिरहेको सबैले देखिरहेका छन्‌, बुझिरहेका छन्‌। पूर्व मुख्यमन्त्री श्री पवन चामलिङको दुरदर्शी विचार, उदारता र मानवतावादी नेतृत्वको प्रतिफलले २५ वर्षमा सिक्किम र सिक्किमेली जनताको मान, मर्यादा र अस्तित्वलाई उच्च राख्ने ऐतिहासिक काम भइसकेको छ। जनादेशले दिएको २५ वर्षलाई श्री चामलिङ अनि एसडीएफ पार्टीले सिक्किमको विकास र समृद्धिका निम्ति सदुपयोग गरिसकेको छ।

यो अकाट्य सत्यतालाई बुझ्न सी.पी. शर्माहरूमा उच्च विचार र अन्तस चेतना जाग्रत हुन आवश्यक छ। जनादेशले दिएको अमूल्य यो समयलाई पूर्व मुख्यमन्त्री र पूर्व सरकारलाई गाली गर्न खेर फ्याँक्नुको सट्टा जनताको हितको निम्ति नयाँ-नयाँ कार्ययोजना तयार गरेर काम गर्ने सुझाउ एसकेएम पार्टी अनि सी.पी. शर्माहरूलाई हामी दिँदछौँ।   हिज राज्य ओबीसीलाई लाटाको धोती भनेर खुब प्रचार गराउने सी.पी. शर्माले यो लाटाको धोती त्यस समुदायलाई कहिलेसम्म लगाइरहन दिने? के यो मुद्दामा सी.पी. शर्माले एकैपल्ट पनि आवाज उठाएका छन्‌? छुटेका १२ जातिको ट्राइबलको मुद्दा, लिम्बू-तामाङको सीटको आरक्षण र एसकेएमको फर्मूला, संविधानिक विशेष धारा ३७१ एफ, एक देश एक राशन कार्ड, कलेजबाट निष्कासित हाम्रा ४ जना विद्यार्थी नानीहरुको भविष्य जस्ता अहम् र गहन कुरामा आजसम्म सी.पी. शर्मा किन चुप छन्‌? किनभने सी.पी. शर्माजस्ता बाउन्ने वैचारिक मान्छेलाई सिक्किम र सिक्किमेली जनताभन्दा प्यारो सत्ता र कुर्सी हो। उनीहरू आफ्नो कुर्सी बचाउनका लागि सिक्किमे जनताको अधिकार र सिक्किमलाई नै दाउमा लगाउन रत्तिभर पनि हिचकिचाउँदैन। हामीले अहिलेसम्मको एसकेएम पार्टी र सरकारका काम-कार्वाहीबाट यही प्रमाण भएको पाएका छौँ।

पवन चामलिङ भनेका विश्वस्तरमा ख्याति कमाएका सम्पूर्ण भारतीय नेपाली तथा गोर्खा समुदायका श्रष्टा हुन्‌। उनको उँचाइमा पुग्न सी.पी. शर्मालाइ धेरै जुनीको आवश्यकता पर्छ। सिंहलाई खिच्चा कुकुरले भुकेर तर्साउन खोज्नु भनेको गाउँको शान्त वातावरणलाई भङ्ग गर्न हल्ला गरेको मात्र सावित हुनेछ। पहरामा टाउको ठोक्काएर रगताम्य हुने मूर्खहरुलाई राम राम भन्नसकिन्छ अरु केही गर्नसकिन्न। यही मुख्य कुरा बुझेर सीपी शर्माले आफ्नो मति सपारून्‌ भनेर अर्ति पनि दिँदछौँ।                                                                                                                                                                                

कृष्ण खरेल                                                                           

उपाध्यक्ष,प्रचार-प्रसार माममिला                                                                             

एसडीएफ। 

29.08.2021

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 6, 2021 October 6, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Young footballer snaps at being benched, team manager vehemently denies allegation

Tshering Tamang, a 26-year-old state-level football player from Rangpo has allegedly reported…

You Might Also Like

Societyएस सी नेपाली

सिटिजन एक्सन पार्टी सिक्किमले गान्तोकमा गर्यो अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन

By SC Desk
art and cultureSC Storiesएस सी नेपालीसमाचार

चिया कविता पुरस्कार 2024 घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने पुरस्कार

By SC Desk
Sikkimएस सी नेपाली

“सिक्किममा अहिले जब सिण्डिकेट चलिरहेको छ”: डी.बी. चौहान

By SC Desk
Latest Newsएस सी नेपालीसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?