By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: केवल 2 वर्षको कार्य अवधिमा सम्पूर्ण रुपले असफल भएको सरकारले 25 वर्षको तुलना गर्ने कुरा अत्यन्त हास्यास्पद हो : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
एस सी नेपालीसमाचार

केवल 2 वर्षको कार्य अवधिमा सम्पूर्ण रुपले असफल भएको सरकारले 25 वर्षको तुलना गर्ने कुरा अत्यन्त हास्यास्पद हो : एस डी एफ

SC Desk
Last updated: 2021/10/07 at 10:49 AM
By SC Desk
Share
5 Min Read
SHARE

प्रेस विज्ञप्ति
 
ढाँट्न ,छल्न र कुरालाई बङ्ग्याउनमा माहिर एसकेएम पार्टीले चुनावी घोषणा-पत्रमा लेखेका वचनहरू पूरा गर्न अनि कोरोना रोकथाम गर्न पुरै विफल बनेपछि विपक्षी पार्टीलाई दोष्याउन शुरू गरेको छ। आफ्ना विफलताहरूलाई ढाकछोप गर्नको निम्ति एसडीएफ पार्टीलाई दोषारोपण गरेर जनतालाई छल गर्न एसकेएम पार्टी आतुर छ अहिलेघरी।
कोरोना सङ्‌क्रमण एसडीफले नै फैलाएको हो भन्ने एसकेएम पार्टीको गैरजिम्मेवार र फत्तुर आरोपलाई हामी जोड़दार खण्डन गर्दछौं। यसका साथै हामी के भन्नचाहन्छौं भने, यस फत्तुर आरोपले एसकेएम पार्टी ढाँट र छलको राजनीति गरी जनतालाई अल्मलाउने ढाँट पार्टी रहेको प्रमाणित भएको छ। यदि यस ढाँट पार्टीले कोरोना सङ्‌क्रमण फैलाउने एसडीएफ हो भन्छ भने हामीलाई डीएम एक्टअनुसार कानुनी कार्वाही गरेर आफ्नो फत्तुर आरोपलाई सत्य साबित गर्ने चुनौती हामी दिदँछौं। यदि एसकेएम पार्टीले आफ्नो फत्तुर आरोपलाई सत्य साबित गर्नसक्दैन भने दोषारोप गर्दै जनतालाई ढाँटेको कुरामा माफी मागोस्।
   कोरोनाकालमा गुजरातको डाण्डी मार्चमा सामेल, होली पर्व, बैशाखी समारोह, माछा मेला, साइकल र्यााली, पार्टीमा जोइनिङ कार्यक्रमहरूको आयोजना गरी सत्ताको आड़मा राजनैतिक तमाशा देखाउने एसकेएम सरकारको कर्तुत हो। एसकेएम सरकार तथा पार्टीको यस्ता गैर जिम्मेवारी हर्कत र कर्तुतहरूले राज्यमा कोरोना सङ्‌क्रमण हुनुमा ठूलो भूमिका खेलेको सत्यता कोहीबाट लुकेको छैन। आफ्नो गल्ती र विफलतालाई ढाक-छोप नगर्न, ढाँटलाई औजार नबनाउन एसकेएम पार्टीलाई हामी सुझाउ दिँदछौं।
    इन्-इन् र आउट-आउट जस्ता गैर जिम्मेवार सरकारी कार्वाहीले ल्याएको कोभिड सङ्क्रमण सम्बन्धमा यो पार्टी चुइँक्क बोलेन, किनकि यस पार्टीमा जनताको न्यायको पक्षमा कुनै पनि पहल गर्ने दम छैन। तर गरीब जनताको स्वास्थ्य सुरक्षाको पहलमा गरिएको मानवतावादी कामलाई राजनैतिक देख्ने सङ्‌कीर्ण मानसिकताले एसकेएम पार्टी डराएको र धताएको हामीले पाएका छौं। एसडीफ पार्टीले आफ्ना प्रवक्ताहरूको माध्यमद्वारा सरकारलाई कोभिड प्रोटोकल, दिशा-निर्देश र अनुपालना कसरी गर्ने र यस महामारीमा जनताले पाएका कष्ट कसरी निवारण गर्ने भन्ने सम्बन्धमा अनेकौं सुझाउ र परामर्श दिँदै आएका छौं। एसडीएफ पार्टी अध्यक्ष स्वयंले अघि सरेर आफ्ना बहुमूल्य सुझाउ र परामर्श प्रदान गरिसक्नु भएको छ। सत्ताको राप र घमण्डको तापले मातिएका सरकार सञ्चालनका नेतृत्वहरुको कान बहिरो भएर आज सिक्किम कोरोना व्यवस्थापन र रोकथाम गर्ने कुरामा देशमै सबैभन्दा विफल बन्ने राज्यको नाममा चिन्हित भएको छ।
    कोरोना महामारीमा जनताका रोजी-रोटी खोसिएको छ। व्यापार-व्यवसाय चौपट भएको छ। चालक, मजदुर, किसानहरुको जीवन बेहाल भएको छ। विद्यार्थीहरूको भविष्य अन्धकार भएको छ। आम जनगणको क्रयशक्ति घटेर कुपोषणको शिकार हुने अवस्थामा पुगेका छन्‌। राज्यको प्रशासनिक व्यवस्था , कानुनी व्यवस्था र आर्थिक व्यवस्था दयनीय भएको छ। चारैतिर अराजकता छाएको छ। मसल पावर र दादागिरी चरम उत्कर्षमा पुगेको छ। ड्रग्सखोरी र अवैध धन्दा बढ़ेको छ। अप्राकृहरूतिक मृत्युको घटनामा सिक्किम अहिले देशमै पहिलो बन्नपुगेको छ। चुनाउअघि जनतासँग गरिएका वाचा, कसम र घोषणा अलपत्र छन्‌। यसैले एसकेम पार्टीले एसडीएफ पार्टीलाई दोषारोण गर्दै समय खेर फाल्नुभन्दा सिक्किमले सङ्‌कट अवस्थालाई झेलिरहेका ती समयस्याहरू समाधानतिर ध्यान पुऱ्याएको राम्रो हो भनी हामी भन्नचाहन्छौं। यसका साथै एसकेएमका नेता, कार्यकर्ता, धुपौरे समर्थकहरू सबैलाई एसडीएफ पार्टी यो पनि भन्नचान्छ कि, सत्तारूढ़ पार्टीको भूमिका जनाधारलाई शिरोपर गरेर जनताको कल्याण, हित र हकको पक्षमा काम गर्नु हो न कि विपक्षीलाई गाली-गलौज गर्दै दोषारोपण गर्नु हो। सिक्किमे जनताले एसकेएम पार्टीलाई एसडीएफ पार्टीको आलोचना गर्नु भनेर सत्तामा आसिन गराएका होइनन्‌, यो पनि बुद्धि-विवेकशून्य एसकेएम पार्टीलाई हामी भन्नचाहन्छौं।
      केवल २ बर्षको कार्य अवधिमा सम्पूर्ण रूपले असफल भएको सरकारले २५ वर्षको तुलना गर्ने कुरा अत्यन्त हास्यस्पद मात्र होइन लज्जास्पद कुरा पनि हो। जताततै कमीशनखोरी, गिटी बालुवा माफिया, नाफाखोरी र सत्ताको दुरुपयोगले सिक्किमको शान, मान र सम्मान घटिरहेको बेला प्रतिपक्षसँग तुलना गर्ने सरकार चलाउने पार्टीको दम्भ देख्दा हामी २१औं सदीमा बाँचिरहेका छौं के भन्ने शङ्‌का उब्जिएको छ। आफ्ना कमजोरी सच्याएर जनताको मन जित्ने काममा सरकार नलागेर २५ वर्षको स्वर्णिम इतिहासलाई नगण्य ठान्ने नैतिकता पराजित मानसिकता हो। नीति, सिद्धान्त ,कार्यक्रम र योजना केही नरहेपछि सरकार र एसकेएम पार्टी अहिले दिशाहीन भएको छ। यसैले पार्टी पदाधिकारी र समर्थकहरू धताएर आफ्नो असफलता लुकाउन पुरानो सरकारको आलोचना गरेर जनताको दया बटुल्नु यस पार्टीले आफ्नो एकसूत्रीय कार्यक्रम बनाएको छ। कुन पार्टी ठीक रहेछ भन्ने कुरा सिक्किमे जनताले २०१९ -को चुनाउ परिणामपछि बुझ्नथालिसकेका छन्‌।
    सत्तारूढ़ राजनीतिक पार्टीको काम भनेको जनताको पक्षमा राम्रो काम गर्दै जानु हो। यो समय प्रतिपक्षलाई आलोचना गरेर होइन, जनतालाई गुणात्मक प्रतिफल दिएर उनीहरूको विस्वासिलो बन्ने समय हो। त्यसैले हामी जिम्मेवार प्रतिपक्षको हिसाबमा सरकार र एसकेएम पार्टीलाई जन-उत्तरदायी बन्न सुझाउ दिनचाहन्छौं साथै अप्रमाणित, झुटा, फरेबी, षड्यन्त्रमूलक, व्यक्तिगत आक्षेप, दादागिरी, अराजकता र उदण्डता गरेर संसदीय मर्यदा अनि जनाधारको खिल्ली नउड़ाउने चेताउनी दिदँछौं।

 कृष्ण खरेल
 महासचिव, प्रचार-प्रसार मामिला
 एसडीएफ।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Response to MP Indra Hang Subba’s misleading statement on Caste-Based census

Views/opinions expressed in this article is of the author not of Sikkim…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Societyएस सी नेपाली

सिटिजन एक्सन पार्टी सिक्किमले गान्तोकमा गर्यो अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन

By SC Desk
art and cultureSC Storiesएस सी नेपालीसमाचार

चिया कविता पुरस्कार 2024 घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने पुरस्कार

By SC Desk
Sikkimएस सी नेपाली

“सिक्किममा अहिले जब सिण्डिकेट चलिरहेको छ”: डी.बी. चौहान

By SC Desk
Latest Newsएस सी नेपालीसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?