आज सिटिजन एक्सन पार्टी सिक्किमको पार्टी मुख्यालय रेसिथाङ गान्तोकमा अखिल सिक्किम मजदुर काउन्सिल परिषदद्वारा आयोजित अन्तर्राष्ट्रिय श्रमिक दिवस कार्यक्रम भब्य रूपमा पालन गर्यो।पार्टीका मुख्यमन्त्री उम्मेद्वार श्री गणेश राईको अध्यक्षतामा आयोजित यस कार्यक्रममा पार्टीका अध्यक्ष श्री भरत बस्नेत, वरिष्ठ नेता श्री बि एम रामुदामु,श्री सि एम तिवारी,अखिल सिक्किम मजदुर काउन्सिल अध्यक्ष श्री मणिकुमार छेत्री एवं वहाँको परिषद,फ्र्न्टल काउन्सिल अध्यक्ष श्री नरेन्द्र अधिकारी,अन्य समष्टिका उम्मेद्वारहरु,कार्यकारी अध्यक्ष प्रशासन श्री लाक्पा शेर्पा,तथा पार्टीका युवा, नेताकार्यकर्ता उपस्थित थिए।
कार्यक्रमलाई श्री तिलक कार्कीले संचालन गर्दै तुमिन बराङ्का श्री केशव अधिकारी द्वारा स्वागत सम्बोधन पछि राष्ट्रगान गाइयो।
कार्यक्रमलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस सन्दर्भ श्री मणिकुमार छेत्रीले कार्यक्रमलाई श्रमिक दिवसको महत्त्व राख्दै उपयुक्त वक्तव्य दिए।
आफ्नो व्यक्तव्यको क्रममा जिल्ला महिला काउन्सिलकि अध्यक्ष सुश्री कर्मा डिछेन भोटिया,फ्रन्टल काउन्सिलका अध्यक्ष श्री नरेन्द्र अधिकारी,वरिष्ठ नेता श्री बि एम रामुदामु आदिले कार्यक्रमको बिशेषतामाथि वक्तव्य दिए।
पार्टीका अध्यक्ष श्री भरत बस्नेतले सभालाई सम्बोधन गर्दै,अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सबै सहिदहरुलाई स्मरण गर्दै दुनियाँका असली कारीगरहरुले यो नयाँ नौलो सभ्यता निम्त्याएको बताए ।पार्टीले ट्रेड युनियन एक्ट लाई मजबुत बनाइनु पर्छ भन्दै सिक्किमे श्रमिकहरुको पक्षमा यो पार्टी सदैव उभिएको बताए।
पार्टीका मुख्यमन्त्री उम्मेद्वार श्री गणेश राईले सबैलाई सम्बोधन गर्दै अब श्रमिकहरु आफैं चेतनशील भएर अघि निस्केको बताए।सरकारले जताभावी श्रमिकहरुलाई अबैध नियुक्ति गरेर श्रमिकहरुको भाग्य र भविस्य संग खेलबाड गरेको बताए ।
श्रमिकहरुलाई आफ्नो सम्बोधनमा सम्बोधन गर्दै यस महान दिवसको शुभकामना समेत व्यक्त गरे।अब श्रमिकहरुलाई झण्डा र डण्डा बोकाउनु होइन उनीहरुको भाग्य र भविस्य निर्माण गर्ने दर्ग दिशामा केवल सिटिजन एक्सन पार्टी सिक्किमले मात्रै गर्ने बताए।राज्यका विभिन्न जिल्लाबाट उपस्थित सबै श्रमिकहरुलाई अब 2024 को निर्णयले न्याय प्रदान गरोस भन्दै श्रमिकहरुको हक र अधिकारको निम्ति सिटिजन एक्सन पार्टी सिक्किम सदैव तयार भएको श्री राईले थप बताए।
हेमराज अधिकारी
महासचिव (प्रशासन )
सिटिजन एक्सन पार्टी-सिक्किम ।
प्रेस विज्ञप्ति । सिटिजन एक्सन पार्टी-सिक्किम