सिक्किममा शान्ति हराएको छ : एसडीएफ

प्रेस विज्ञप्ति
सिक्किममा शान्ति हराएको छ। राज्य सञ्चालनका जिम्मेवार इकाइहरू लथालिङ्ग भएर गएका छन्। जताततै डर, त्रास र असुरक्षाको भावना जागृत भएर गएको छ। आम नागरिकहरू अनाहकमा मारिंदै छन्, लुटिन्दै छन्, कुटाई खाँदै छन्। स्वास्थ्य उपचारसम्म पाउने अधिकारबाट बन्चित भएर अकालमा प्राण गुमाउनु पर्दैछ। यसरी सिक्किमको व्यावस्थागत ढाँचामा आएको अप्रत्यासीत नकारात्मक परिवर्तनले गर्दा शान्तिमय सिक्किम भनेर चिनिएको सिक्किम आज अशान्त, भयभित र अराजक राज्यमा परिणत भएर गएको छ। कानुन, व्यवस्था र प्रशासन किकर्त्तव्यविमुड़ भएका छन्। आर्थिक संरचना भतामुङ्ग भएर विभागमा काम कार्वाहीहरू अवरूद्ध बनेका कुरा सार्वजनिक हुँदैछन्।
यतिचाँड़ै शान्ती, सम्पन्न र समृद्ध सिक्किम यस्तो कहालिलाग्दो अवस्थाबाट गुर्जिएला भन्ने सिक्किमेली जनताले कल्पनासम्म गरेका थिएनन्। यस्तो परिस्थितिमा एसडीएफ पार्टीले विपक्षमा भएरै पनि अब सिक्किमेली जनताको अभिभावकत्व ग्रहण गर्नुपर्ने दायित्व सृजना भएकाले एसडीएफ पार्टी सम्पूर्ण कर्मचारी, व्यापारी र राज्य इकाईका निकायहरूलाई जन-जिम्मेवार बनेर सिक्किमेली जनताको जनधन र सुरक्षाको ग्यारेन्टी सुनिश्चित गर्न आह्वान गर्दछ। साथै यी समस्याबाट निजात पाउँन एसडीएफ पार्टीका पक्षबाट जे जति सहयोग सद्भावना र व्यवास्था सञ्चालनलाई जरूरी विषयहरूमा सकरात्मक सहयोगको आवश्यकता पर्छ ति विषयहरूमा एसडीएफ पार्टी सहयोगका लागि बचनबद्द रहनेछ। राज्य सञ्चालनका जिम्मेवार अधिकृतहरूलाई प्रजातान्त्रिक सुरक्षा र सम्मानपूर्ण अवस्था बहाली गर्न भरमग्दूर सहयोग गर्ने छ। राज्य र राज्यवासीको सुरक्षा नै हाम्रो पहिलो उद्देश्य र कर्त्तव्य भएको हुँदा हामी राजनीति भन्दामाथि उठेर जनकल्याणका आफ्ना नीति, योजना र कार्यक्रमलाई अझ व्यापक र सुदृढ़ बनाउँदै निरन्तर जारी राख्ने कुरामा सम्पूर्ण जनगणमा आस्वस्त र विस्वस्त रहन अपिल गर्दछौं।
कृष्ण खरेल
उपाध्यक्ष, प्रचार-प्रसार मामिला