त्रिपुरा विश्वविद्यालय गोर्खा परिवारले ३३औं नेपाली भाषा दिवस उत्साहका साथ मनायो। कार्यक्रममा त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा. गंगाप्रसाद प्रसाईंको विषेश उपस्थिति सङ्गै,प्राध्यापकगण, शोधार्थीगण, विद्यार्थीगण साथै गोर्खा समुदायका सहभागी रहेको थियो।
कार्यक्रममा नृत्य, संगीत, कविता वाचनसहित नेपाली भाषालाई मान्यता दिलाउन गरिएको ऐतिहासिक तथा राजनीतिक आन्दोलनका विषयमा मन्तव्य प्रस्तुत गरियो।
कार्यक्रममा प्रेमुला भण्डारीको सहयोगमा पठाइएको तत्कालीन सांसद दिलकुमारी भण्डारीको भिडियो सन्देशलाई पनि प्ले गरियो। भिडियोमा भण्डारीले भाषा दिवसको सबैलाई शुभकामना दिँदै भाषाअन्दोलनका संग्रामीहरूले दिएको बलिदान र योग्दानको स्मरण गराएका थिए। त्यस अर्थपूर्ण भिडियो मेसेजलाई सबैले आत्मसाथ गर्ने अनुभूति सम्म गरे।
त्यस भिडियो मेसेजका निम्ति त्रिपुरा विश्वविद्यालय गोर्खा परिवार, माननीय पुर्व सांसद दिलकुमारी भण्डारी साथै प्रिमुला भण्डारी प्रती आभार ब्यक्त गर्दछ।
अन्तमा, कुलपतीले भाषा मान्यताका सन्धर्भमा आफ्नो मन्तव्य राखे। उनले सम्बोधन गर्दै भने, “गोर्खा भएकोमा गर्व गरौं। हाम्रो नेपाली भाषाले सन् १९९२ मा भारतीय संविधानको आठौँ अनुसूचीमा सूचीकृत भई आधिकारिक मान्यता प्राप्त गरेको छ।” उनले स्व. सिक्किमका पूर्वमुख्यमन्त्री नर बहादुर भण्डारी र तत्कालीन सांसद दिलकुमारी भण्डारीको योगदान सम्झनु भयो, जसले नेपाली भाषालाई मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। प्रा. प्रसाईंले भिडियो सन्देशको लागि आभार व्यक्त पनि गर्नु भयो।
भाषा दिवस मात्र नभई गोर्खा परिवारले सन् २०२१ देखि भानु जयन्ती पनि निरन्तर मनाउँदै आएको छ अनि यो परम्परा भविष्यका पुस्ताका विद्यार्थी र अध्यापकहरूका लागि निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्दछ।
त्रिपुरा विश्वविद्यालय गोर्खा परिवार
२० अगस्ट २०२५, अगरतला