By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • Opinions
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: जसरी एसकेएम पार्टीको घोषणा पत्र ढाँटको पुस्तक हो, उसरी नै मन्त्रीको वक्तव्य पनि झूटको पर्याय हो : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Travel
  • Opinion
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Opinion
    • Travel
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
एस सी नेपालीसमाचार

जसरी एसकेएम पार्टीको घोषणा पत्र ढाँटको पुस्तक हो, उसरी नै मन्त्रीको वक्तव्य पनि झूटको पर्याय हो : एस डी एफ

SC Desk
Last updated: 2021/10/07 at 9:46 AM
By SC Desk
Share
3 Min Read
SHARE

प्रेस विज्ञप्ति
मितिः 06.08.2021
Sikkim Democratic Front (SDF) 


सिक्किमको अहिलेको जल्दोबल्दो मुद्दा `एक राष्ट्र एक राशन कार्ड’ –ले सिक्किम उत्तप्त भइरहेको छ। सिक्किमे जनताले यस विषयमा धेरै गुनासोहरू व्यक्त गरिरहेका छन्। सत्तामा टाँसिइरहन भँड़ार खनेर आँगन पुर्ने तत्त्वहरूले अहिले सिक्किममा शासन गरिरहेको छ भने यस्तै तत्त्वहरूले वर्तमान सरकारलाई यसमा सहयोग गरिरहेको छ। यो सिक्किम र सिक्किमे जनताको लागि ठूलो दुर्भाग्यको कुरा हो।
मुख्यमन्त्रीले केही महीनाअघि गुजरातमा दाण्डी मार्चमा भाग लिएर आएपछि सिक्किममा कोरोनाको डेल्टा भेरिएण्ट फैलिएको थियो। त्यसपछि सिक्किममा माछा मेला, साइकल ऱ्याली, मास जोइनिङ कार्यक्रमहरू आदि गर्दा सिक्किमका गाउँ गाउँसम्म डेल्टा भेरिएण्ट फैलिएर गएको छ, जसल गर्दा सिक्किमका 200 –भन्दा बढ़्ता होनहार नागरिकहरूले असमय ज्यान गुमाउनुपरेको छ। अहिले घरी सिक्किमका मुख्यमन्त्री महाराष्ट्रको भ्रमणमा 10-12 जनाको टोली लिएर जानुभएको छ। महाराष्ट्र राज्य हाल जिका भाइरसले आक्रान्त भएको अवस्थामा छ। यस्तो अवस्थामा सिक्किममा पनि जिका भाइरस फैलिनसक्ने आशङ्कालाई अस्वीकार गर्नसकिँदैन। ईश्वरसँग हामी प्रार्थना गर्दछौं, सिक्किममा यस्तो स्थिति नआओस्।
गत विधानसभा उप-चुनाउमा सत्तारूढ़ एसकेएमले भारतीय जनता पार्टी (भाजपा) –सित चुनावी तालमेल गर्दै 2 वटा बीएल सीट दिएको थियो। त्यतिबेला एसकेएमले भनेको थियो – राष्ट्रिय पार्टी अनि केन्द्रमा सत्तामा रहेको पार्टीसित तालमेल गर्दा सिक्किमका लम्बित राजनैतिक मागहरू पूरा गराउन सहयोग मिल्नेछ। तर 2 वर्ष बितेर जाँदा पनि सिक्किमका एउटै पनि लम्बित राज्नैतिक मागहरू पूरा भएका छैनन्। त्यसको विपरीत् नागरिकता संशोधन अधिनियम (सीएए), केन्द्रीय मोटर व्हीकल एक्ट, एक राष्ट्र एक राशन कार्डजस्ता ऐनहरू लागु गरेर सिक्किमका हितविरोधी अनि सिक्किमका लागि संवैधानिक रक्षाकवच धारा 371एफ –ली सङ्कटमा पारिएको छ। `एक राष्ट्र एक राशन कार्ड’ जस्तो सिक्किमको जनसाङ्ख्यिकीलाई गम्भीर प्रभाव पार्ने ऐन लागु गर्नभन्दा अघि एसकेएम सरकारले सिक्किमको सबैभन्दा ठूलो पञ्चायत सिक्किम विधानसभामा यसमाथि कुनै छलफल गरेन, विपक्षी पार्टीहरूलाई विश्वासमा लिएन, बरू शिलाङमा पूर्वोत्तर परिषद्को बैठकमा भाग लिएर फर्कनेबित्तिकै हठात् बिनाकुनै सोचविचार यसलाई लागु गरियो। एसडीएफ पार्टी राज्य सरकारको यस सिक्किमविरोधी, धारा 371एफ –विरोधी कदमको तीव्र शब्दमा विरोध गर्दछ। राज्यका खाद्य मन्त्रीले भर्खरै आफ्नो घरबाट एउटा भिडियो रिलीज जारी गर्दै `एक राष्ट्र एक राशन कार्ड’ –ले सिक्किमको लागि संवैधानिक धारा 371एफ –लाई कुनै प्रभाव पार्दैन, म ग्यारेण्टी गर्छु भनी दिएको वक्तव्य पनि निन्दनीय छ। उनले सिक्किम विधानसभामा यस विषयमा बहस डाकेर उक्त ग्यारेण्टी दिने कुरा गर्नुपर्ने थियो। मन्त्रीले राशन कार्ड र एटीएम कार्ड एउटै हो भनी दिएको वक्तव्य पनि निन्दनीय छ। सिक्किमको संवैधानिक रक्षाकवच, सिक्किमको जनसाङ्ख्यिकीजस्ता अति गम्भीर विषयमा अत्यन्त फ्यातुलो वक्तव्य दिनु निन्दनीय छ र उनले यस ऐनको खतरालाई कम आँकेका छन्। मन्त्री महोदयले `एक राष्ट्र एक राशन कार्ड’ –लाई ऐन होइन, केन्द्र सरकारको योजना हो भनी दिएको वक्तव्य पनि भर्त्सनायोग्य छ। मन्त्रीले सिक्किमे जनतालाई ढाँटेका छन्, जसरी एसकेएम पार्टीको घोषणा-पत्र ढाँटको पुस्तक हो, उसरी नै मन्त्रीको वक्तव्य पनि झूटको पर्याय हो।

विष्णु दुलाल
प्रचार सचिव, एसडीएफ

SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

You Might Also Like

Societyएस सी नेपाली

सिटिजन एक्सन पार्टी सिक्किमले गान्तोकमा गर्यो अन्तर्राष्ट्रिय श्रमिक दिवस पालन

By SC Desk
art and cultureSC Storiesएस सी नेपालीसमाचार

चिया कविता पुरस्कार 2024 घोषणा, श्रीमती प्रभा राईलाई विश्व चिया दिवसको दिन प्रदान गरिने पुरस्कार

By SC Desk
Sikkimएस सी नेपाली

“सिक्किममा अहिले जब सिण्डिकेट चलिरहेको छ”: डी.बी. चौहान

By SC Desk
Latest Newsएस सी नेपालीसमाचार

पवन चामलिङको गोहीको आँसुले विगत पच्चीस वर्ष निखारेका जनताका रगतका आँसुका डोब पुर्न सक्दैन: सीपी शर्मा

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?