By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: गोलाघाट जिल्ला गोर्खा सम्मेलनको रजत जयन्ती समारोह
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
North-East

गोलाघाट जिल्ला गोर्खा सम्मेलनको रजत जयन्ती समारोह

Rohonit Hang Subba
Last updated: 2023/02/13 at 11:29 AM
By Rohonit Hang Subba
Share
3 Min Read
SHARE

अब गोर्खाल्यान्ड क्षेत्रको गोर्खाले असमको गोर्खा सँग ‘ संघात विहिन गोर्खा समाज ‘ निर्माण गरेर जातिय मुद्दा फतेह गर्ने मूलमन्त्र अपनाएं मात्र गोर्खाल्यान्ड सम्भाव होला। – सी के श्रेष्ठ

राजु खनाल – सभापति, मुन प्रधान – कार्यकारी सभापति अनि कृष्ण प्रसाद थापा मूल सचिव सहित पूर्णाङ् अ ग स गोलाघाट जिल्ला समिति गठन ।

उरियामघाट ( गोलाघाट) 13 Feb 2023:
गत ११ र १२ फरवरीका दिन असम गोर्खा सम्मेलन, गोलाघाट जिल्ला समितिको सातौं त्रैवार्षिक अधिवेशन र जिल्ला समितिको रजत जयन्ती समारोह जिल्लाको उरियामघाट शान्तिपुर गोर्खा भवन प्राङ्गणमा भव्यताका साथ सम्पन्न हुन्छ। पहिलो दिन २५ वटा झण्डात्तोलन, सहिद तर्पण र प्रतिनिधि सभा सम्पन्न हुन्छ। प्रतिनिधि सभाले राजु खनाललाई सभापति र मून प्रधानलाई कार्यकारी सभापतिका रूपमा र अन्य पदमा निर्विरोध तरिकाले चयन गर्दछ भने मताधिकारको प्रयोगद्वारा केपी थापा मगरलाई मूलसचिव निर्वाचित हुन्छन्।

दोश्रो दिन बहुजातीय जनजातीय रङ्गारङ्ग सांस्कृतिक शोभायात्रा अनुष्ठित हुन्छ। दिउँसो २ बजेदेखि जिल्ला सभापति काजिराम बिष्टको अध्यक्षतामा अनुष्ठित भएको आम सभामा मुख्य अतिथिको रूपमा उपस्थित रहेर असम गोर्खा सम्मेलनका केन्द्रीय सभापति कृष्ण भूजेलज्यूले अगोसले विगतका दिनमा गरेका गतिविधि र भावी योजनाबारे विस्तारमा बताउनुहुन्छ। सभामा अति विशिष्ट अतिथिको रूपमा उपस्थित रहेर जातीय चिन्तक, बुद्धिजीवी सीके श्रेष्ठज्योए जातीय एकता कायम राख्ने आह्वान गर्दै रोचक भाषण राख्नुहुन्छ। अब गोर्खाल्यान्ड क्षेत्रको गोर्खाले असमको गोर्खा सँग ‘ संघात विहिन गोर्खा समाज ‘ निर्माण गरेर जातिय मुद्दा फतेह गर्ने मूलमन्त्र अपनाएं मात्र गोर्खाल्यान्ड सम्भाव होला भन्ने मन्तब्य गोलघात जिल्लाको विभिन्न गोर्खा सामाजिक संघ तथा जनजातीय संस्था को उपस्थिति मात्र नभएर सांस्कृतिक टोलीको प्रदर्शन साथै स्वागतकारिनी समिती मा दायित्व लिएर काम गरेको कुरा उल्लेख गर्नुभयो। स्मरण रहोस् गोर्खा सम्मेलन येस कार्यक्रम हेतु स्वागतकारिनी समिती को अध्यक्ष को रूप मा गोर्खा स्वायत्त साशन मांग समिती ( GACDC) केन्द्रीय समिती को वरिष्ठ उपाध्यक्ष दिल बहादुर लिम्बु भने मूल सचिव आग्सु केन्द्रिय कार्यकारी सदस्य गेनिन्द्र क्षत्री हुनुहुन्थ्यो। लिम्बु द्वारा स्वागत भाषण राखिएको खुला सभामा धनशिरी महकुमाकी महकुमाधिपति श्रीमती दिनसेङ्फा बरूवाले उद्घाटन गरे। आम सभामा आसाम नेपाली साहित्य सभा, गाेलाघाट जिल्ला समिती का सभापति गोपाल श्रेष्ठ अनि मूल सचिव सोभित विष्ट सम्पादक रहेको स्मिर्तिग्रथ ‘ छाप’ को विमोचन असम प्रदेश भारतिय गोर्खा परिसंघ का कार्यकारी अध्यक्ष ललित सुब्बा साथै स्मृतिग्रन्थ का मुख्य सम्पादक डम्बरु बहादुर लिम्बुले गरे।
आम सभा मा असम गोर्खा सम्मेलनका उपसभापतिद्वय मोहन छेत्री, रोशनराज छेत्री, मूलसचिवत्रय जयकुमार सुतार, राजु श्रेष्ठ र सन्जीव दाहाल, सचिव राजेन छेत्री, अनेसासका केन्द्रीय उपसभापति तिलक शर्मा, भारतीय गोर्खा परिसंघ, असम राज्य समितिका महासचिव नन्द किराँती देवान, बोडो कछारी अटोनोमस काउन्सिलका कार्यकारी सदस्य प्रदीप स्वर्गीयारीलगायत विभिन्न संस्थाका प्रतिनिधि र अगोसका विभिन्न जिल्ला समितिका नेतृवृन्दको उपस्थिति थियो। कार्यक्रमका बीचमा भएका विभिन्न जात गोष्ठीका लोक नृत्य प्रदर्शन र खुकुरी नृत्य प्रदर्शनले कार्यक्रमलाई मनमोहक बनाएको थियो। बोडो नागा असोमिया राई लिम्बु मगर गुरुङ्ग मगर आदिवासी आदि प्रदर्शनी मुलक नृत्य खुल्ला सभामा राखिएको थियो। यही सभामा असम गोर्खा सम्मेलन को केन्द्रिय कार्यक्रम क्यालेन्डर लोकार्पण गरियो।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Sikkim, Sikkim News
Rohonit Hang Subba February 13, 2023 February 13, 2023
Share This Article
Facebook Twitter Copy Link Print
Share
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Free cataract screening camp for senior citizens held at Paljor stadium

The Women, Child, Senior Citizen, and Divyangjan Welfare Department, Gangtok District successfully…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

HealthTrending

Free cataract screening camp for senior citizens held at Paljor stadium

By SC Desk
Trending

DTC Gangtok organizes training program for Nikshay Sivir

By SC Desk
Trending

Sikkim BLOs undergo training ahead of IIIDEM New Delhi

By SC Desk
Trending

Comprehensive joint inspection conducted by DSCO Namchi

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?