By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किम सनातन सङ्गठनका एक युवाचार्य अभयदास महाराजले दिएको सिक्किमका ईसाइ धर्मावलम्बीहरु विरुद्ध घृणा फैलाउने किसिमको भाषणको सिक्किम प्रोग्रेसिव यूथ फोरोमले निन्दा गरेको छ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

सिक्किम सनातन सङ्गठनका एक युवाचार्य अभयदास महाराजले दिएको सिक्किमका ईसाइ धर्मावलम्बीहरु विरुद्ध घृणा फैलाउने किसिमको भाषणको सिक्किम प्रोग्रेसिव यूथ फोरोमले निन्दा गरेको छ

SC Desk
Last updated: 2022/03/15 at 6:40 AM
By SC Desk
Share
7 Min Read
Soreng incident
Soreng incident
SHARE

दक्षिण सिक्किम नाम्फिङमा स्थित कृष्ण प्रणामी मंगलधाममा 13 मार्चको दिन सिक्किम सनातन सङ्गठन नामक एउटा सङ्गठनद्वारा आयोजित हिन्दू-बौद्ध समन्वय सभामा एकजना युवाचार्य अभयदास महाराज नामक व्यक्तिले दिएको सिक्किमका इसाई धर्मावलम्बीहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषणलाई हामी सिक्किम प्रोग्रेसिभ युथ फोरम कडा शब्दमा निन्दा गर्छौँ। त्यस्तो किसिमको धार्मिक असहिष्णुता, साम्प्रदायिक भेदभाव र घृणा फैलाउने काम तत्कालै बन्द गरिनुपर्छ।


सिक्किमेली समाज राजतन्त्र कालदेखि अहिलेसम्म नै सामाजिक धार्मिक सद्भावनामा बाँचेको शान्तिप्रिय समाज हो। भारतीय संविधानले ग्यारेन्टी गरेको मौलिक अधिकारको आधारमा यहाँ सबै धर्म सम्प्रदाय सामाजिक भाइचारामा मिलेर बसेका छन्। शान्ति, सामाजिक भाइचारा, धार्मिक सद्भावना हाम्रो समाजको मूलभूत विशेषता हो। तर यहाँको यो शान्तिपूर्ण वातावरण र सद्भावनापूर्व समाजलाई बिथोल्न र भङ्ग गर्न उक्त व्यक्ति वा सङ्गठनले जुन प्रयास गरेको छ, त्यो हाम्रो निम्ति एकदमै अस्वीकार्य छ। यो घटनाले हामी सबैलाई अचम्मित पारेको छ, दुखी बनाएको छ। धर्म निरपेक्षताको मूल्य मान्यतालाई अङ्गालेर बसेको हाम्रो समाजको सबै तप्काबाट त्यस्तो कामको विरोध हुनुपर्छ। हाम्रो समाजमा आएर यसरी एउटा खुल्ला मञ्चबाट एउटा विशेष धार्मिक समुदाय विरुद्ध घृणा फैलाउने, विष फैलाउने, धार्मिक सद्भावनालाई खल्बलाउने चरम कट्टरवादी भाषण दिएको यो पहिलो घटना हुनसक्छ। यस्तो कार्यक्रमहरूलाई हाम्रो समाजमा फेरि फेरि हुन नदिनका लागि हामी सबै आज नै सजग हुनु आवश्यक छ।


सिक्किमेली समाजमा सबै धर्म सम्प्रदाय एकाअर्कासँग मिलेर बसेका छन्। भारतीय संविधानले हामी सबैलाई आ-आफ्नो इच्छा, आस्था र विश्वासअनुसार कुनै पनि धर्म अपनाउने, त्यसलाई स्वस्थ्य ढङ्गमा प्रचारप्रसार गर्ने र इच्छाअनुसार परिवर्तन गर्ने अधिकार दिएको छ। यो संवैधानिक अधिकारअनुरुप यो देशका नागरिकले हिन्दू, बौद्ध, इसाई, इस्लाम आदि आफ्नो इच्छाअनुसार कुनै पनि धर्म मान्न पाउछन्। तर यहाँ आएर इसाई धर्मावलम्बीहरूलाई मास्नुपर्छ, खेद्नुपर्छ भन्ने भाषण दिने अधिकार ती व्यक्ति वा सङ्गठनलाई कसले दियो? आयोजक समितिले त्यस्तो भाषणलाई किन रोकेन? मञ्चमा उपस्थित व्यक्तिहरूले उक्त भाषणलाई रोक्नुको साटो किन ताली बजाउँदै प्रोत्साहित गरिरहेका थिए? यो चिन्ताजनक विषय छ।


आजको दिनमा अनेकौँ सङ्कटहरूले देश र राज्यलाई कुञ्जायाई रहेको छ। महङ्गाई दोब्बर भएर गएको छ, तेलको दाम खाने होस या गाडीमा लगाउने लगातार बढिरहेको छ, बेरोजगारको समस्या दैनिक रूपमा वृद्धि भइरहेको छ, श्रमजीवी वर्ग न्युनतम ज्याला नपाएर विचलित छन्, देश साथै राज्यका हजारौँ मजदूर वर्गको अहिले सामन्य जीवन यापनसम्म गर्न नसक्ने अवस्था सिर्जित भइरहेको छ, भ्रष्टचार, मात्र र गुण दुवै हिसाबले बढेको अवस्था छ, राज्यका प्रायः सडकहरू बगर जस्ता छन्, युवाहरूको ड्रग सेवनमा संलग्नता प्रत्येक दिन बढदै छ, स्वास्थ्य क्षेत्रलाई निजीकरण गरेर आम मानिसहरूले खरिद गर्न नसक्ने परिस्थिति बनिरहेको छ, सरकारी शिक्षण केन्द्रहरूमा सरकारको निरन्तर हेल्चेक्राइँले राम्रो शिक्षा क्षेत्रको लगातार निजीकरण भएको भएकै छ जसले गर्दा साधारण वर्गले शिक्षासम्म लिन नसक्ने स्थिति बनिरहेको छ। यस्ता अनेकौँ समस्यालाई समाधान गर्न सम्पुर्ण श्रमजीवी वर्ग सङ्गठित हुन जरूरी छ। तर त्यस्ता किसिमका साम्प्रदायिक कार्यक्रम र भडकाउ भाषणले आम श्रमजीवी वर्गलाई एकत्रित हुनु होइन तर एकाअर्कासँग लडाइँ गर्न प्रेरित गर्छ र गरिरहेको छ।


त्यस कार्यक्रमलाई आचार्यले राजनीतिक नभएर धार्मिक हो भनेर भनेका रहेछन्। हामीले बुझ्नु पर्ने कुरा के छ भने त्यो कार्यक्रम धर्मको मञ्च र नाममा राजनीतिक कार्यक्रम नै हो। त्यो राजनैतिक हिसांलाई प्ररित गर्ने, गैर हिन्दुलाई खेदाउने, गैर हिन्दुलाई खतम पार्ने लक्ष्यले गरिएको हो। मान्छेमा भावनात्मक राजनीतिको ब्याढ राख्ने प्रयास हो। जुन राजनीतिले अहिले सिङ्गै देश ग्रसित छ, त्यो राजनीति हाम्रा शान्तिप्रिय राज्यमा लाद्ने काम हो। आचार्य साधुवाद भन्दै, त्यस हिसांत्मक र फुटाउ राजनीतिलाई नेतृत्व गरिरेहेका थिए।


आचार्यले हिसांलाई अनुमोदन गरिरहेका थिए। त्यो किसिमको भाषणबाट उत्प्रेरित हुने मानिसहरूले गैर हिन्दुहरूलाई लिन्चिङ गर्नसम्म पछि हट्दैनन्। लिन्चिङ्लाई नयाँ सामन्य (new normal) बनाउने प्रयास पनि हो। ती आचार्यले बुद्ध, पद्मसम्भव, साथै किरातेस्वरको सन्दर्भ लिँदै हिन्दुहरूले इसाई र मुस्लिमहरूलाई, शान्तिले नभए हिंसा नै अपनाएर भए पनि राज्यबाट खेदाउनु पर्ने कुरालाई जोड दिइरहेका थिए, जुन अति नै निन्दनीय र आपत्तिजनक छ। त्यो भाषण संविधान विरोधी भाषण पनि हो।


केन्द्रको भाजपा सरकारले यस्तो किसिमको विचारलाई काखमा राखेर खुल्ला रूपमा फैलिन दिइरहेको देखिन्छ। यस्ता विचारलाई मलजल गरेर हुर्काउने काम गरिरहेको छ। अहिले सिक्किममा एसकेएम-भाजपा गठबन्धनको सरकार छ। यो घटनामा राज्य सरकार र सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा मौन बस्न पाउँदैन। उनीहरूले पनि आफ्नो जवाफदेहिता देखाउनुपर्छ। राज्यमा शान्ति र भाइचारा कायम राख्ने जिम्मेवारी सिक्किमेली जनताले उहाँहरूलाई दिएका छन्। प्रशासन उहाँहरूको हातमा छ। सरकारको मौनताले तोडेर कार्वाही गर्छ कि भाजपा गठबन्धन सरकार त्यो घृणापूर्ण विचारको समर्थन गर्छ? सरकारले मौनता तोडेर यसरी खुलेआम गैरहिन्दुलाई हिसंक रूपमा खतम गर्ने समुहलाई कडा कार्वाहि गर्नु पर्छ। हामी स्पष्ट रूपमा यो माग राख्दछौँ।


हामी सम्पुर्ण नागरीकलाई अपिल गर्दछौ की हामीले साँचो रूपमा धर्मनिरपेक्षताको अर्थलाई बुझ्नु पर्छ। एउटा धार्मिक समुहले अर्को धार्मिक समुहलाई खतम पार्नु धर्मनिरपेक्षता होइन, त्यो अतिवादी कदम हो। अझ अल्पसङ्ख्यक धार्मिक समुहप्रति यस्ता टिप्पणी गर्नु एकदमै उनुचित हो। धर्म व्यक्तिको निजी कुरा हो, यसको आधारमा समाजमा नियम बनाउनु हुदैन, हिसांलाई बढाउनु पनि पटक्कै हुँदैन।
हामी सम्पुर्ण देशवासी साथै राज्यवासीलाई आह्वान गर्दछौँ कि माथी उल्लेखित समस्यासँग लड्न हामी एक हुन जरुरी छ। ती समस्याहरूसँग लड्न विभिन्न जाति, धर्म, भाषा , लिङ्ग, राष्ट्रियता आदि भए तापनि हामी मिल्नुपर्छ। यसरी भाषणबाजी गरेर आमश्रमजीवी वर्गलाई सङ्गठित हुन नदिने षड्यन्त्रक‍ो हिस्सा हो त्यो कार्यक्रम। हामी प्रगतिशील समुह अहिले माथि उल्लेखित समस्याहरूसँग लढन मानिसहरूलाई एक्यवद्ध हुन प्रेरित गरिरहँदा यस्ता किसिमका कार्यक्रमले मानिसको ध्यान भड्काउने काम गरेको छ। कार्यक्रमको लक्ष्य, धर्म खतरामा छ, भन्दै मानिसहरूको वास्ताविक समस्यादेखि ध्यान भडकाउने षडयन्त्र हो। आफ्नै छिमेकीलाई दुश्मन बनाएर एकाअर्कालाई लडाउने प्रयास हो यो। त्यसैले हामी सबैलाई आवाह्न गर्दछौँ की यस्ता षडयन्त्रको सिकार नबनौँ।


यस्ता कुराहरूसँग लड्न सिक्किम प्रोग्रेसिभ युथ फोरमले राज्यमा बनाइरहेको बाट‍लाई बुझ्न अनिवार्य छ। साँचो धर्मनिरपेक्षताको अर्थ, वैज्ञानिक चिन्तन, प्रगतिशील चिन्तन, प्रगतिशिल संस्कृतिको विकास, लोकतान्त्रिक शिक्षा साथै चिन्तिन आदिलाई राम्रोसँग अङ्गिकार गरे यस्ता फुट ल्याउने राजनीतिसँग लड्न सकिन्छ। वैज्ञानिक चिन्तनको साँचो अर्थमा विकास गरे यस्ता खाले चिन्तनलाई बुझ्न र छुट्याउन सक्छौँ।
यस्ता साम्प्रदायिक शक्तिहरू विरुद्ध हामी सङ्गठित बनेर लडौँ। मर्यादित जीवनका लागि सङ्घर्ष गरँ। नफुटौँ जात र धर्मका नाममा। श्रमजीवी वर्ग एक हौँ।

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News, SPYF
SC Desk March 15, 2022 March 15, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

Nirmal Mangar His recent appearance in the Hindi film Ikkis, alongside Agastya Nanda, marked…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Sikkim

Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

By Nirmal Mangar
Sikkim

PM Shri Government Girls School, Deorali Joins 9th ‘Pariksha Pe Charcha’ Virtually

By Suben Pradhan
Sikkim

Union Budget 2026–27: Major Allocations and Implications for Sikkim

By Nirmal Mangar
Sikkim

Kumari Sharma Releases Her First Book “ The Village That Changed Me”

By Nirmal Mangar
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?