By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: सिक्किम जैविक क्रान्ति जस्तै अर्को क्रान्तिको प्रतिक्षा : डाक्टर मिचुङ भोटिया
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
Latest News

सिक्किम जैविक क्रान्ति जस्तै अर्को क्रान्तिको प्रतिक्षा : डाक्टर मिचुङ भोटिया

SC Desk
Last updated: 2022/02/01 at 10:00 AM
By SC Desk
Share
4 Min Read
SHARE

आज कै दिन अर्थात् 18 जनवरी 2016को दिन सिक्किमलाई जैविक राज्य घोषणा गरेको थियो। सम्पूर्ण सिक्किमेली सन्तानलाई छैटौं जैविक वार्षिकीको शुभकामना अनि बधाई।

एस डि एफ सरकारको पहलले सिक्किमलाई विश्व कै जैविक मानचित्रमा हालेको दिन। सिक्किमको निम्ति गर्व गर्ने दिन। हामीले कोरेको सिक्किमको नयाँ पहिचान: जैविक राज्य।

त्यही वर्ष अर्थात् १ जनवरी २०१६ मा संयुक्त राष्ट्रले Sustainable development Goals (SDG goals) नामकरण गरी १७ वटा लक्ष्य राखेर अन्तर्राष्ट्रिय बिकासलाई माप्ने घोषणा पनि गर्यो।

आज बिहान यही गर्वको दिनलाई फर्केर हेर्दै थिए। भारतको नीति आयोगले २०२१ मा उत्तर पूर्वीय राज्य माथि गरिएको SDG लक्ष्य माथिको रिपोर्ट सार्वजनिक गरेको थियो। अहिले म यही रिपोर्ट हेर्दैछु।

सिक्किमको चार वटा जिल्ला, प्राय सबै लक्ष्यमा हरियो रंगमा देखा पर्छ। हरियोको अर्थ अति राम्रो प्रगति। गर्व लाग्यो।

२०१६ मा सुरु भएको SDG गोल माथिको एस डि एफ सरकारको कामको3 परिणाम हो यो। मलाई गर्व छ पवन चाम्लिङ्गको सिक्किमेली जनताको प्रगति, स्वास्थ्य अनि समृद्धि प्रतिको प्रतिवद्धता माथि। असल व्यक्ति, भिजेनेरी नेता, कुशल प्रसाशक हुन चाम्लिङ।

जैविक खेती विकास, SDG गोलको एउटा अंग बन्यो। हामी विकसित राज्य मात्र होइन विकसित देशका नेताहरु संग मंच साझा गर्ने भारतको एक मात्र राज्य बनेका थियौं। एस डि एफ सरकारले १७ लक्ष्य प्राप्त गर्न युद्द स्तरमा पहल सुरु गरेको हो।

२०१४ मा लोनली प्लानेटले सिक्किमलाई ” पर्यटनको निम्ति श्रेष्ठ पर्यटक राज्य” भनी घोषणा गरेको थियो।

सिक्किम विकशित देश संग काँधमा काँध मिलाएर राज्यलाई प्रगति पथमा लैजाने सिँढीमा उक्लेको समय थियो, एस डि एफ सरकारको समय। आज सिक्किममा साँप सिँढी खेलमा ९९ मा पुगेर, झ्वाम्म १९ मा झरेको नै भएको छ सिक्किमको बिकास। सिक्किमका भोटर ले भूल गरेकै थियो??

विकासको कुरा गर्दा मलाई याद आउँछ, सिक्किममा वैचारिक विकासले उडान भरेको थियो। बौद्धिक पक्ष खुलेर अघि आउँथे। बोल्ने छुट थियो। केवल राजनीतिको कुरा गरेको होइन। हाम्रा बौद्धिकहरु श्रोत व्यक्ति बनी कहाँ कहाँ पुग्थे। सेमिनार, विचार मन्थन, साहित्यिक गोष्ठी सिक्किमलाई मलिलो बनाउने वातावरण।

आजको वातावरण हेर्दा मलाई चिन्ता लाग्छ।

आज जैविक दिवस। सिक्किमले सुरु गरेको जैविक क्रान्तिको हालखबर कस्तो छ? SDG गोल प्राप्तिको निम्ति के कस्तो पहलहरु आज क्रान्तिकारी सरकारले आफ्नो योजनामा हालेको छ? कुन कुन पहलहरुलाई कार्यमा परिणत गर्न पर्याप्त अर्थ आवन्टन गरिएको छ?

क्रान्तिकारी मोर्चाको निम्ति क्रान्ति भनेको ढुङ्गा मुढा गर्नु, जिन्दाबाद मुर्दाबादको नारा लगाउनमा मात्र सीमित भयो। विकासको क्रान्ति उनीहरूको शब्दकोशमा छैन।

खोई विचारको आदान प्रदान? राज्य भन्छौ तर सिक्किमलाई एउटा जिल्लामा परिणत गरिसक्यो, क्रान्तिकारी मोर्चाले। प्रगतिको कुरा किन हुँदैन? राजनैतिक बहस किन हिंसामा परिणत हुन्छ? कृषकहरु किन किनारकृत बनेका छन्? व्यापार वाणिज्य कसरी घट्दैछ? शिक्षा व्यवस्था, स्वास्थ्य व्यवस्था, सुरक्षा व्यवस्था किन ध्वस्त हुँदैछ?

जसरी एस डि एफ सरकारले सिक्किममा बौद्धिक क्रान्ति, जैविक क्रान्ति सुरु गरेर सिक्किमलाई विश्व मानचित्रमा उभिने बनायो, अब फेरि त्यही क्रान्ति सिक्किमलाई चाहिएको छ। सिक्किमले एकपल्ट अन्जानमा भूल गरेको छ। सिक्किमेली जनताले फेरि त्यो भूल दोहोर्याउने छैन। सिक्किमेली युवा जिन्दाबाद अनि मुर्दाबादको नारा लगाउने मात्र युवा होइनन्। यहाँको युवा वैचारिक क्रान्तिमा विश्वास राख्छन्, समृद्धिमा आस्था राख्छन।

अब सिक्किमले फेरि सचेत भएर सोच्नु पर्छ। सिक्किम जैविक क्रान्ति जस्तै अर्को क्रान्तिको प्रतिक्षामा !!!

डा मिचुङ भुटिया

पूर्व विधायक
एस डि एफ

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk February 1, 2022 February 1, 2022
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Young footballer snaps at being benched, team manager vehemently denies allegation

Tshering Tamang, a 26-year-old state-level football player from Rangpo has allegedly reported…

You Might Also Like

Opinions

Sikkim’s Switzerland moment: turning geography into global leadership

By SC Bureau
Latest News

Ravangla celebrates 42nd Pang Lhabsol festival with the theme Sikkim invokes Mt. Kanchendzonga

By SC Desk
Trending

Pang Lhabsol Celebration 2025 observed with grandeur at Tsuglakhang

By SC Desk
Latest NewsTrending

National level NQAS virtual external assessment held at HWC-SHC West Pendam

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?