By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: जनता र राज्यवासीसँग एसकेएम पार्टीले घोषणा गरेका बचनहरु पूरा गर्ने कुरामा सरकार इमान्दार नभएपछि अहिले केन्द्रमा गएर नाटक गरिरहेको छ : एस डी एफ
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
PoliticsSikkim

जनता र राज्यवासीसँग एसकेएम पार्टीले घोषणा गरेका बचनहरु पूरा गर्ने कुरामा सरकार इमान्दार नभएपछि अहिले केन्द्रमा गएर नाटक गरिरहेको छ : एस डी एफ

SC Desk
Last updated: 2021/10/07 at 10:57 AM
By SC Desk
Share
3 Min Read
SHARE

*प्रेस विज्ञप्ति* 

एसकेएम सरकार बनिएकै १० दिनभित्रमा लिम्बू-तामाङलाई सिटको व्यवस्था मिलाउने बचन दिएको एसकेएम सरकार अढ़ाई वर्षपछि निन्द्राबाट जागे जस्तो भएको छ। यी समुदायहरूलाई कहाँबाट र कसरी आरक्षण गरिने त्यो सम्बन्धमा एसकेएम सरकार कुहिरोमा हराएको काग जस्तो भएको छ। आफै बाटो विराएकोले अरूलाई बाटो देखाउने कुरा पनि ढाँटको राजनीति हो।  जबसम्म राज्य सरकारले स्पष्ट फरमुला सहितको दस्तावेज केन्द्रलाई बुझाउन सक्दैन तबसम्म लिम्बू-तामाङको सिट आरक्षण सम्भव छैन किनभने यो तरिका प्रशासन चलाउने सामन्य पद्धति हो।

विधानसभामा एकैपल्ट पनि यी मुद्धाहरूमा चर्चा, छलफल र स्पष्ट रणनीति बनाउने सम्बन्धमा एसकेएम सरकार विफल भएपछि अहिले जनतालाई झुक्याउन यो नाटक गरिरहेको छ। यदि एसकेएम सरकार जनउत्तरदायि छ भने निम्नलिखित मुद्धाहरूमा विधानसभाभित्र के छलफल भयो र कस्तो प्रस्ताव पारित गर्‍यो त्यो सार्वजनिक गरिनुपर्छ।

जनता र राज्यवासीसँग एसकेएम पार्टीले घोषणा गरेका बचनहरू पूरा गर्ने कुरामा सरकार इमान्दार नभएपछि अहिले घरि एसकेएम पार्टीको सरकारले केन्द्रमा गएर नाटक गरिरहेको छ।  एसडीएफ सरकारले स्पष्ट फरमुला सहित चालिस सिटको विधानसभामा १२ सिट बीएल, १ सिट संघ २ सिट अनुसूचित जाति, ५ सिट लिम्बू तामाङ र रहल २० सिट जेनेरल गरेर केन्द्र सरकारलाई अनुमोदनको लागि पठाएको हो। यो फरमुलामा एसकेएम पार्टीका वरिष्ठ नेताहरूले झोस पोल, चुकुलवाजी र केस गरेर प्राप्त भइसकेको मागलाई रोक्ने काम गरे। अहिले उनीहरूले कुन आधारमा यो माग केन्द्र सरकारसँग गरिरहेका छन् त्यो जनतामा सार्वजनिक हुनुपर्छ भनेर एसडीएफ पार्टी माग गर्दछ।  परमपावन कर्मापाको सिक्किम आगमनको मुद्धा र सिक्किमे १२ जाति बाहुन, छेत्री, नेवार, जोगी, सन्यासी, याक्खा देवान, राई, मगर, भुजेल, गुरूङ, सुनुवारलाई जनजातिको दर्जा दिइनुपर्छ भनेर एसडीएफकै माग हो।

यी मागहरूमा एसडीएफले सम्पूर्ण रूपमा गृहकार्य गरेर स्पष्ट कार्यदिशा जनतामा सार्वजनिक गरी जनताको सहमतिको आधारमा केन्द्रमा पठाएको हो। तर एसकेएम सरकारले विधानसभा जस्तो गरिमामय मन्दिरमा पनि कुनै प्रस्ताव ग्रहण नगरिकन, जनतासँग कुनै चर्चा, छलफल, बहस नगरिकन गुपचुपरूपमा माग राख्ने काम गरेको छ। एसकेएम पार्टीको यस्तो जनविरोधी र जनताको शक्तिको अपमान गर्ने कार्यशैलीको घोर भर्त्सना जनाउँदै एसडीएफ पार्टी खेद प्रकट गर्दछ। एसकेएम पार्टीले के कस्ता विधि, विधान र फरमुलाका आधारमा यी मागहरू गरिएका छन् ती विषयहरू जनता अघि स्पष्ट गर्न एसडीएफ पार्टी माग गर्दछ। 

कृष्ण खरेल 

उपाध्यक्ष (प्रचार-प्रसार)

एसडीएफ

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
SC Desk October 7, 2021 October 7, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

Nirmal Mangar His recent appearance in the Hindi film Ikkis, alongside Agastya Nanda, marked…

The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

You Might Also Like

Sikkim

Stages, Screens and Stories : The Artistic Journey of Nilesh Rai

By Nirmal Mangar
Sikkim

PM Shri Government Girls School, Deorali Joins 9th ‘Pariksha Pe Charcha’ Virtually

By Suben Pradhan
Sikkim

Union Budget 2026–27: Major Allocations and Implications for Sikkim

By Nirmal Mangar
Sikkim

Kumari Sharma Releases Her First Book “ The Village That Changed Me”

By Nirmal Mangar
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?