By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
  • Home
  • Trending
    • Latest News
    • Global News
    • Week in Review
  • Politics
    • Sikkim
    • North-East
    • Darjeeling & North Bengal
    • National
  • SC Investigatives
  • SC Stories
    • Education
    • Social Issues
    • Geo-Politics
  • एस सी नेपाली
  • Health
  • Society
  • Fact-Checks
Reading: एसटीएनएम अस्पतालमा भएको घट्नाको सिक्किम भाजपाद्वारा निन्दा
Share
Notification Show More
Aa
Sikkim Breaking News | News From SikkimSikkim Breaking News | News From Sikkim
Aa
  • Trending
  • World
  • Science
  • Technology
  • Fashion
  • Home
    • Home 1
    • Home 2
    • Home 3
    • Home 4
    • Home 5
  • Categories
    • Technology
    • Trending
    • Fashion
    • World
    • Science
    • Health
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Follow US
POLITYSikkim

एसटीएनएम अस्पतालमा भएको घट्नाको सिक्किम भाजपाद्वारा निन्दा

SC Desk
Last updated: 2021/12/17 at 12:45 PM
By SC Desk
Share
3 Min Read
SHARE

गत 14 दिसम्बरको दिउँसो एसटीएनएम अस्पतालमा एक व्यक्तिले त्यहाँ कार्यरत डाक्टर अनि सफाई कर्मचारीमाथि गरेको प्राणघातक हमलाले अहिले सिक्किमेली समाजलाई नै स्तब्ध बनाएको छ। विशेष गरेर घटनामा घाइते भएका डाक्टर सञ्जय उप्रेती अनि सफाईकर्मी कलावती क्षेत्री अहिले पनि जीवन र मरणबीच संघर्ष गरिरहेको विषयलाई लिनुपर्दा यसमा अस्पताल प्रबन्धन पक्ष, स्वास्थ्य विभागसँगै सिक्किम सरकारको पनि ठूलो लापरवाही रहेको कुरा अघि आइरहेको छ। 14 दिसम्बरदेखि यताका घटनाक्रमहरू अनि यस प्राणघातक हमलाको कारण डा. उप्रेती र सफाईकर्मी कलावती क्षेत्रीको वर्तमान स्वास्थ्य स्थितिलाई हेर्दा अस्पताल पक्ष अनि स्वास्थ्य विभागबाट ठूलो लापर्वाहीको गन्ध आइरहेको छ।
विशेष गरेर घटनापछि घाइते स्वास्थ्यकर्मीहरूको स्थितिअनुरूप उपचारमा अस्पताल प्रबन्धन पक्ष, स्वास्थ्य विभाग र सिक्किम सरकारले जुन प्रकारको तत्परता देखाउनुपर्ने थियो त्यसमा सबै पक्ष निष्कृय रहेको घाइतेहरूको वर्तमान स्थितिले उजागर गरिरहेको छ। स्थितिको गम्भीरतालाई समयमै आँकलन गरेर एसटीएनएमबाट केही घण्टाभित्र रेफर गरिएको भए आज ती स्वास्थ्यकर्मीहरूको स्थिति केही फरक हुनेथियो भन्ने कुरा सबै सिक्किमेली समाज साथै हामीले पनि महसुस गर्दै आइरहेका छौं। अस्पतालभित्रै भएको घटनामा ती घाइतेहरूले उचित उपचार पाउन नसक्नु अनि लगभग 24 घण्टापछि मुख्यमन्त्रीको हस्तक्षेपपछि मात्र रेफर गरिनु दुर्भाग्यपूर्ण विषय हो। अस्पतालकै एकजना विशिष्ट चिकित्सकको उपचारमा पनि यति धेरै लापर्वाहीहरू देखा पर्दैछ भने आम जनताले कति कष्ट भोगिरहेका छन् भन्ने सहजै आँकलन गर्न सकिन्छ। विभागीय मन्त्री स्वयं एक वरिष्ठ चिकित्सक भएको अवस्थामा पनि स्थितिको गम्भीरतालाई लिएर उचित तत्परता नदेखाइनु पनि अर्को सोचनीय विषय हो। यसले सरकार तथा विभागको ध्यान घटनाभन्दा अधिक अन्य विषयतिर रहेको पनि सहजै अनुमान लगाउन सकिन्छ।
यसर्थ, भाजपा सिक्किम सम्बन्धित विभाग तथा सरकारसमक्ष यो माग राख्दछ कि एसटीएनएम अस्पतालको प्रबन्धन प्रणालीलाई पुनः एकपल्ट समीक्षा गरेर भविष्यमा यस्तो लापरवाहीहरू हुनबाट रोकथाम गर्न उचित पहल गरियोस्। यस अतिरिक्त अस्पतालको रेफरल प्रणालीको समीक्षा साथै सर्जरी विभागको शीघ्र बढ़ोत्तरी गर्न पनि भाजपा सिक्किम माग गर्दछ।
अर्कोतिर, स्वास्थ्यकर्मीहरूको सुरक्षालाई लिएर पनि समय-समयमा छुट-फुट मागहरू उठ्दै आए तापनि यसप्रति सरकार तथा प्रशासनले गम्भीरतापूर्वक पहल नगरेकै स्थिति छ भने यस घटनाले सबैको आँखा खोलिदिएको छ। सरकारले पनि सुरक्षा व्यवस्थालाई दुरूस्त बनाउने आश्वासन दिएको छ तर यसलाई गम्भीरतापूर्वक अनि शीघ्र कार्यान्वयन गरेर अस्पतालको बाहिरी साथै आन्तरिक सुरक्षा पनि सुनिश्चित गर्नुपर्ने भाजपा सिक्किम माग गर्दछ।
डा. राजु गिरी
प्रवक्ता, भाजपा सिक्किम प्रदेश

Subscribe to Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

[mc4wp_form]
TAGGED: Gangtok, News from Sikkim, Sikkim, Sikkim News
SC Desk December 17, 2021 December 17, 2021
Share This Article
Facebook Twitter Copy Link Print
Share
By SC Desk
Sikkim Chronicle is a unit of Yonika Infotainment Pvt. Limited. Sikkim’s first registered digital news platform which believes to provide right, reliable and credible news and information to the people of Sikkim and around. We have endeavored to appropriately credit the source of all intellectual property we share through this community.
Leave a comment Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Fast Four Quiz: Precision Medicine in Cancer

How much do you know about precision medicine in cancer? Test your knowledge with this quick quiz.
Get Started
The irritating habits of some Babus and Babunis of stuck-up paper-pushers

You have been extraordinarily lucky if you have never fallen victim to…

Statewide checking of motor vehicles sets off; 66,703 plusunder the checklist

Gangtok, January 06 66,703 plus motor vehicles will be checked and their documents and other such necessities will be…

Young footballer snaps at being benched, team manager vehemently denies allegation

Tshering Tamang, a 26-year-old state-level football player from Rangpo has allegedly reported…

You Might Also Like

Opinions

Sikkim’s Switzerland moment: turning geography into global leadership

By SC Bureau
Latest News

Ravangla celebrates 42nd Pang Lhabsol festival with the theme Sikkim invokes Mt. Kanchendzonga

By SC Desk
Trending

Pang Lhabsol Celebration 2025 observed with grandeur at Tsuglakhang

By SC Desk
Latest NewsTrending

National level NQAS virtual external assessment held at HWC-SHC West Pendam

By SC Desk
Facebook Twitter Youtube Instagram
Company
  • About us
  • Privacy Policy
  • Terms and conditions
  • Disclaimer
  • ADVERTISE WITH US
  • Disclosure of Grievances
  • Support our Journalism
  • WORK WITH US
  • Contact
More Info
  • Innovate
  • Gadget
  • PC hardware
  • Review
  • Software

Sign Up For Free

Subscribe to our newsletter and don't miss out on our programs, webinars and trainings.

[mc4wp_form]

Join Community
© Copyright 2023, All Rights Reserved | The Sikkim Chronicle | Designed by Nanda Lall Sharma
adbanner
AdBlock Detected
Our site is an advertising supported site. Please whitelist to support our site.
Okay, I'll Whitelist
Welcome Back!

Sign in to your account

Lost your password?