परालमा सुतेको जोड़ी भेटेर खरेटोले झ्याम कि झ्याम धुलाई

परालमा सुतेको जोड़ी भेटेर खरेटोले झ्याम कि झ्याम धुलाई

खरेटोले स्वाँइ-स्वाँइ बड़ारिरहेको बेला परालमा मस्त सुतेको एउटा जोड़ी भेटेपछि आन्टीले त्यै खरेटोले दुवैलाई झ्याम कि झ्याम बजाएकी छन्। हिज हल्का झिपिक्क भएर सुतेको जोड़ी खरेटोको Good Morning Shot  भेटे पछि हत्त-न-पत्त उठेर फिलिलि भागेको हो। खरेटोले ठटाउँदै आन्टीले 6 पल्टसम्म “लाज शरम नभाकोहरु” भन्दै कराएको थाहा लागेको छ। खास कुरो के रहेछ भने यो पराले जोड़ीको महिलाको हिजमात्र ब्रेकअप भएको रहेछ। नेपालीमा भएका ठेट गालीहरू पनि भरपूर दिएर पनि रिस नमरे पछि निर्दोष मोबाइल फोनलाई भएभरको बल लगाएर पछार्दा आन्द्रा भुँड़ी पल्टिएर मोबाइल पनि शहीद भएको जानकारी प्राप्त भएको छ। त्यसै सिल्सिलामा बोतल ठड्याउने क्रममा अर्को ह्यान्डसम् भेटेर उसको कविता सुन्दै टुँइक्कै मातेपछि दम्पतिले यो घटना घटाएका हुन्। यो घटनाको भिडियो पनि बनिएको छ। यसको अघिपछि पनि केही घटनाहरू घटेका रहेछन्। माउन्टेन स्टोरीको यूट्यूब च्यानलमा फुत्त गएर सो भिडियो मज्जाले हेर्न मिल्छ। 

उक्त घटना अरु कहीं नभएर सुस्मा प्रोडक्सन र माउन्टेन स्टोरीको ‘तिम्रो मुस्कानले’मा घटेको हो। अहिलेका चर्चित निर्देशक अनमोल गुरुङको लेखन एवं निर्देशनमा यो लघु चलचित्र ट्वाक्क जिब्रो पड़काउने किसिमको अतिनै रोचक बनेको छ। चलचित्रमा सिक्किमका प्रमिला छेत्री अनि साहिल लामा, कालेबुङकी रिया भुजेल अनि नेपालका सारुक ताम्राकारले एकदमै स्याटिस् (चित्त बुझ्ने) अभिनय गरेका छन्। जति हेरे हेरिरहुँ लाग्ने यो चलचित्रलाई अन्मोल गुरूङको संगितले सुनमाथि सुगन्ध थपेर टिलिक्क टल्काएको छ। अन्मोलका गीतहरू पहिले सुनिसकेका हजूरहरुलाई सिधै मुटुमा छुने उनको मधुर आवाजको के बयान गरिरहन पर्थ्यो र! उनले यो लघु चलचित्रमा पनि मुटुनै गुलियो हुने किसिमको मिठो गीत गाएका छन्। चलचित्रको Post Productionमा पनि ह्यान्डसम भाईहरूले ह्यान्डसम काम गरेका छन्। समग्रमा हेर्दा ‘तिम्रो मुस्कानले’ बनाउने टोली चैं ठ्याक्क मिलेर चटक्क काम गरेको बुझिन्छ। माउन्टेन स्टोरीको यूट्यूब च्यानलमा राखिएको चाखलाग्दो भिडियोले यस कठिन समयमा सबैको ओंठमा कम से कम एकचोटि त पक्कै मुसुक्क मुस्काउन ल्याउनेछ। फेरि दोहोर्याएर हेर्दा पनि झन् ठूलो मुस्कान ल्याउन बेर छैन।