“The election victory of SKM is confirmed in North Sikkim”: P S Golay

0
886

प्रेस बिज्ञाप्तिदिनांक :  ०३ अप्रैल २०२९

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी सभा आज उत्तर सिक्किमको मंगन बजारको  पेनटोक ग्राउंडमा सम्पन्न भयो । यस सभामा  जांगु , कवी लुंगचोक अनि लाचेन मंगन समष्टिको जनताहरुको उपस्थिति रहेको थियो । उम्मेदवारहरुमा क्रमैले श्रीमति छुंगकिपु लेप्चा, श्री कर्मा लोडे भुटिया, श्री सामढुप लेप्चा साथै लोक सभा उम्मेदवार श्री इन्द्रहांग सुब्बाज्युको उपस्थिति रहेको थियो ।आजको चुनावी सभालाई तिनै समष्टिको उम्मेदवारहरु लगायत धेरै ब्यक्तित्वहरुले सम्बोधन गर्नु भएको थियो भने  बिशेष गरेर लोकसभा उम्मेदवार श्री इन्द्रहांग सुब्बाज्युले सम्बोधन गर्दै भन्नु भयो सिक्किमको अति सुन्दर र प्रकृतिको सुन्दरताले भरिपूर्ण भएको जिल्ला हो उत्तर सिक्किम तर २५ बर्ष सम्ममा पनि एसडीएफले केहि बिकास मुलक काम गर्नु सकेन, पर्यटनको  क्षेत्रमा प्रसस्त सम्भावना भएको ठाउँ भए पनि पर्यटक को सुबिधाको निम्ति र पर्यटकीय क्षेत्रहरुमा पुग्ने डावल लेनको सड़क बनाउनु सकेन र धेरै पर्यटकहरु अकाल मृत्यु अथवा दुर्घटना हुने गर्छ , कुकर र ब्लैंकेट बिकास होइन, त्यो तपाईहरुको गोजीबाट निकालेर तपाईलाई नै दिए को हो तर त्यसमा पनि पैसा खाएर पातला बनाए को छ दाल, खाना पकाउदा ढड़छ, पड़किन्नु सक्छ होसियार, उत्तर सिक्किमलाई यो सरकारले Victimization Zone बनाएकोछ, उत्तर सिक्किमको जुमसा प्रथा लाई कानून बनाएर यथावत राख्नु पर्छ र यस बिषयमा केन्द्र सरकारसंग कुरा राख्नु परे म इम्मानदारी पूर्वक काम गर्नेछु, २०११ मा आए बिनासकारी भुईचालोमा करोड़ो पैसा आयो तर त्यसमा अनि भ्रष्टचार भयो र सही रूपमा पीड़ित परिवारमा पुग्नु सकेन, मलाई सांसद बनाएर पठाए म।यसको सम्पूर्ण।खोजी गरेर जनताको समक्ष राख्नेछु, लिम्बु र तामांग जातिलाई यो सरकारले अन्याय गरयो, चामलिंगज्युले यी दुई जातिलाई साह्रै ढाटयो, अब लिम्बु तामांग जातिले बुझ्नु पर्छ, अब सिक्किमे लिम्बु तामांग जातिले पनि एसडीएफ पार्टीलाई ढाटनु पर्छ, र हामीलाई सरकारमा पुण्याउनु होस, हामी कुनै पनि हालातमा लिम्बु तामांग समुदायको निम्ति सिक्किम बिधान सभामा सीट सुरक्षा गरेर छाड़नेछौं,यो हाम्रो प्रतिबद्धता अनि कसम हो भन्नु भयो ।
संघ बिधायक सोनाम लामाज्युले भन्नु भयो एसकेएम पार्टी सरकारमा आई सकेकोछ, तपाईको मन्त्रीले कर्मचारीहरुलाई एसडीएफ सरकार आए पछि बेडिंग कसनु भन्नु भयो तर अब तपाईले आफै बेडिंग कसनु शुरू गर्नु  धेरै दिन छैन, आज नाटक गरेर सावरी गाड़ीमा चढ़ने भोली करोड़ोको गाड़ीमा चढ़छ, यस्तो घिनलाग्दो राजनीति नगर मुख्यमन्त्रीज्यु, मैले सिक्किमे लामाहरुको टाउको बेचेको छुइन,  म इज्जतसंग बसेको छु, मैले नेपाली जातिको सीट पुनः बाहालीको निम्ति बिधान सभामा बिल ल्याउदा चामलिंगज्युले मलाई देश द्रोही भन्यो यदि तपाईको आँटछ भने नेपाली जातिको सीट दिलाएर देखाऊ, २५ बर्षमा तपाईले  सिक्किमे नेपालीहरुको निम्ति के गरयौ ? बताउनु होस, तपाई हामी भुटिया लेप्चा र नेपाली जाति नंग र मासु जस्तो भएर बसेकोछौं, चामलिंग र उसको भरौटेहरुले हामीलाई टुक्रा – टुक्रा पार्ने कोशिस गर्दैछ, तर मिलेर बस्नु पर्छ, यो षड़यन्त्रकारीहरुको छुट्टी हुनु आटेकोछ, अब धेरै दिन छैन भन्ने कुरा राख्नु भयो ।अन्तमा आजको सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष श्री पीएस गोलेज्युले भन्नु भयो मुख्यमन्त्रीज्यु भर्खरै उत्तर सिक्किम आएर आज।भन्दा पाँच बर्ष पहिलेको कुरा पाँच बर्ष पछि आएर यहाँको जनता लाई मूर्ख बनाएर गएकोछ तर यहाँको जनता साह्रै बाठा छन् , र म तपाईहरुलाई आज भोट माँगदिन किन भने तपाईहरुले अघि बाटै एसकेएम पार्टीलाई उत्तर जिल्लाको तिनै समष्टि जिताई सक्नु भएको छ तर हामी यहाँ आउनु अलिक ढिलो भएकोछ, तपाईहरुलाई अघि बाटै धन्यवाद चढ़ाउनु चाहन्छु, सिक्किममा अहिले जनताहरु आफ्नो हक र अधिकारको निम्ति जनता सड़कमा उतरिन्दै छन् , राज्यको स्वास्थ्य सुबिधा ठीक छैन, शिक्षा ब्यवस्था ठीक छैन, अस्थायी कर्मचारीहरु  स्थायीको मांग लिएर सड़कमा उत्रेका छन् यसैले गर्दा अब सिक्किममा ब्यवस्था परिवर्तन हुनु जरूरी अनि आवश्यक छ, पवन चामलिंगज्युले सिक्किमको अहम मुद्दाहरुमा केन्द्रको मन्त्रीहरु अनि प्रधानमन्त्रीलाई कहिले कुरा गर्दैन तर खाली पैसा मांगने गर्छ,  किन भने उसले यहाँबाट भागी पाऊँछ, तर सिक्किमको अहम मुद्दाहरुमा उसले भाग पाउदैन,उसलाई नाफा हुदैन, २०११ को भुईचालोले उत्तर सिक्किमलाई ध्वस्त बनायो तर नाफा चामलिंगलाई भयो, पवन।चामलिंग पक्कै पनि दूरदर्शी नेता हुन् र त्यस बेला बिभिन्न देश बिदेशबाट आएको सहयोग र कम्बल धुसा लुकाएर ९ बर्ष पछि चुनावको छेकमा अहिले बाड़दैछ, उत्तर सिक्किमलाई हेप्नुको पछाड़ी उहाँको शाखा सन्तान यहाँ कोही छैन, दक्षिण जिल्ला नामचीलाई किन बिकसित गरयो किन भने उहाँको सन्तान त्यहाँछ सुतदा पनि उहाँको सन्तानको होटलमा, खाँदा पनि उसैको सन्तानको होटलमा यसैले दक्षिण जिल्लालाई बिकसित गर्नु भएकोछ , गुरुदोंगमार हाम्रो पवित्र पोखरी हो तर किन आज हाईकोर्टमा मुद्दा हुदैछ, उत्तर सिक्किमलाई बचाउनु अनि सुरक्षा दिनुको निम्ति एसकेएम पार्टीलाई जिताउनु पर्छ, तर तपाईहरुले अघिबाटै जिताउनु भएकोछ, त्यसमा धन्यवाद, अहिले चामलिंगज्युले घूरबिशेमा पैसा बाड़दैछ तर पैसाले यसपाली थामदैन, पैसाले भोट जितदैन, भरोसा हुनु पर्छ, भरोसा कमाउनु पर्छ, र सिक्किमे जनताले एसकेएम पार्टीलाई भरोसा गरेकोछ, अहिले एसडीएफ पार्टीमा जनता आउदैन र नेपालबाट करोड़ो पैसा खर्च गरेर  कलाकारहरु ल्याएर जनता बटुलने कोशिस गर्दैछ तर हामी बाहिरको कलाकार ल्यादैनौ हामी स्थानीय कलाकारहरुलाई मौका दिनेछौं,  हामी जनताको पैसा बाहिर खर्च गर्दैनौ, उत्तर सिक्किमको बिकास गर्दा यो भेगको नागरिकहरुसंग सर – सल्लाह र जनसुनवाई गरेर मात्र बिकास गर्नेछौं,  उत्तर सिक्किमको जति पनि पवित्र स्थलहरु छन् हामी सुरक्षा गर्नेछौं, लोसारको छुट्टी तीन दिनको गर्नेछौं र क्रिसमसको छुट्टी पनि तीन दिनको गर्नेछौं, संघ सीटमा पनि पंचायती सीट कानून बनाएर चुनाव गर्नेछौं, एक परिवार एक नोकरीको आधारमा नियुक्ती भएको तीन महीना भयो तर नोकरीदारहरुको तलब खोई ?  राज्यपाल महोदय, मुख्यसचिवज्यु झट्ट तलब देऊ, एसकेएम पार्टीको सरकारले देशको संबिधानको धारा २४४ र सिक्किमको पुरानो कानूनको आधारमा उत्तर सिक्किमलाई ट्राइबल कौंसिलको स्थान दिनेछौं, हाम्रो सरकार आएपछि उत्तर सिक्किमको जनताको फैसलाको आधारमा कतिपय जल विद्युत परियोजनाहरुलाई स्क्रेप गर्नेछौं, चामलिंगले देशको संविधान र कानूनलाई कहिले मान्दैन धोकलाममा चीन र भारतको सम्बन्ध  बिग्रेको समय सिक्किम सैंडविच भयो भन्यो, यो मान्छे नेपालको माओवादीहरुसंग सम्बंध राख्ने मान्छे हो देशको लागी यो मान्छे खतरा हो, देशको खुपिया एजेंसीहरुले रिपोर्ट दिनु पर्छ, अहिले पनि यो सरकारले जनताहरुलाई पंचायतहरुको गुलाम बनाउदैछ, मण्डली प्रथा फेरि ल्याएकोछ,  केन्द्रबाट आएको एमजीनरेगाको पैसा आफ्नो निजी खर्चमा लगाउदैछ यो अन्याय हो, त्यसले गर्दा हाम्रो सरकार आए पछि पार्टीको पंचायतलाई खारिज गरेर जनताको बिचार अनुसार स्वतन्त्र पंचायत दिनेछौं, उत्तर सिक्किमलाई टूरिज्म होब बनाउनेछौं, हाम्रो घोषणापत्रको आधारमा “केअर जांगु ” मा प्रत्येक जांगुवासीलाई हामी लाखपति होइन हामी करोड़पति बनाउनेछौं भन्नु भयो ।
आजको सभामा लाचेन मांगशिला समष्टिको बिभिन्न जीपीयुबाट जम्मा ७० परिवार, कबि लुंचुक समष्टिबाट जम्मा ६९ परिवार, जांगु समष्टिको बिभिन्न जीपीयुबाट जम्मा परिवार, लाचेन मंगन समष्टिको बिभिन्न जीपीयुबाट जम्मा ७१ परिवार गरेर आजको सभामा एसडीएफ पार्टीलाई त्याग गर्दै जम्मा  २१० परिवार एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here