सिङ्ताम लाल बजारमा दुईवटा घरहरु जलेर ध्वस्त

पूर्व सिक्किमको सिङ्ताम बजारमा आगजनीको घटना भएको छ। यहाँको लाल बजारमा हिज 16 जून बेलुकी लगभग 9 बजेको समयमा आगलागी हुँदा दुईवटा घर जलेर ध्वस्त भएका छन् भने तेस्रो घरलाई आंशिक रुपमा क्षति पुगेको छ। आगोलाई नियन्त्रणमा लिन स्थानीय मानिसहरु तत्परताका साथ अघि आएका थिए भने सिङ्ताम एनएचपीसी, रम्फू अग्निशमन अनि सिङताम अग्निशमनका दमकलहरु खटाइएका थिए। 

घटनाको निग्रानी गर्न स्वास्थ्य मन्त्री डा. एम.के. शर्मा तुरन्तै घटना स्थलमा पुगेका थिए। घटना स्थलमा सिक्किम क्रोनिकलसँग बोल्दै मन्त्री शर्माले स्थानीयहरुले देखाएको तत्परताको सराहना गरे। एनएचपीसी साथै रम्फू अगानिशमनले आएर आगोलाई नियन्त्रणमा लिन सहयोग गरेकोमा आभार प्रकट गरे। यसका साथै पीड़ित परिवारको सहयोग साथै पुनर्वासको निम्ति सरकारले सबै पहल गर्ने तिनले बताए। 

सिक्किम क्रोनिकलसँग बोल्दै स्थानीयहरुले सिङ्ताम अग्नीशमनको दमकल घटना स्थलमा पुग्न ढिलो गरेको, दमकलमा पर्याप्त पानी नरहेको, पानीको प्रवाह तेज नरहेको जस्ता गुनासोहरु राखे। सिङ्ताममा विगत दुई दिनदेखि बिजुली नरहेको कारण छेउ-छाउका बिल्डिङहरुमाथि रहेका टयाङ्कीहरुमा पानी भर्न नपाएकोले तुरन्तै आगोलाई नियन्त्रणमा लिन सकिएन भनी स्थानीयहरुले गुनासो पोखे। जलेका दुवै घर काठको रहेको अनि यी घरहरुमा रहने पीड़ित परिवारहरुले आफ्नो कुनै पनि सर-सामान बचाउन नपाएको बताए। यी घरहरुमा रहेका 4 वटा दोकानहरु पनि जलेर ध्वस्त भएको बताइएको छ। घटनामा कुनै ज्यानमालको क्षति भने नपुगेको बताइएको छ।

आज सिक्किमका मुख्यमन्त्री पी.एस. गोले घटना स्थलको अवलोकन गर्न साथै पीड़ित परिवारहरुलाई भेट्न जाने खबर सूत्रबाट थाहा लागेको छ।

Read more related articles:

Prevention of house fires and fire safety

10 जूनबाट कुन-कुन व्यवसाय कसरी खोलिने

Negative ecological implication of a one time fling with fireworks

Leave a Reply