उदासी, विरही एवं मुस्ताङ प्रेरणा पुरस्कारको घोषणा

उक्त सभाले यस वर्ष गहरसिंह सुब्बा ‘उदासी’ प्रेरणाको पुरस्कारको निम्ति उदीयमान कवि इन्द्रकुमार राईलाई, श्याम विरही प्रेरणा पुरस्कार कवि तथा साहित्यकार रवि रोदनलाई एवं द्वीप मुस्ताङ प्रेरणा पुरस्कार मौलाउँदी कवि सन्ध्या गिरीलाई दिइने घोषणा गरेको छ। आगामी 28 दिसम्बरको दिन सम्पन्न हुने कार्यक्रममा तीन साहित्यकारहरूलाई उक्त तीन पुरस्कार वितरण गरिनेछ। कार्यक्रम सम्पन्न हुने दिनमै विद्यार्थीको संस्थाले गतवर्षदेखि प्रकाशन गर्नथालेको पत्रिका ‘नयाँ बाटो’-को दोस्रो अङ्क पनि सार्वजनिक गर्नेछ भने पहिलोपल्ट विद्यार्थीवर्गको पक्षबाट प्रकाशन हुनलागेको बुलेटिनको पहिलो अङ्क पनि लोकार्पित गरिनेछ।
स्मरण रहोस्, गतवर्ष माथि उल्लेख गरिएका तीन पुरस्कार क्रमश सरमान सुब्बा ‘रसिक’, तारमित लेप्चा, कैलाश गुरुङलाई प्रदान गरिएको थियो। प्रगतिशील विद्यार्थी साहित्य सङ्घले विद्यार्थीहरूलाई समावेश गरेर भाषिक एवं साहित्य चेतनाको विकासको निम्ति समय समयमा विविध कार्यक्रम चलाउँदै आइरहेछ, त्यसमध्ये नयाँ बाटो र बुलेटिन पनि एक हुन्।