कोभिड संक्रमणले लग्यो थप दुईवटा ज्यान

कोभिड संक्रमणले लग्यो थप दुईवटा ज्यान

गान्तोक, 27 सेप्टेम्बर: राज्यमा कोभिड संक्रमणको कारण थप दुईजनाको ज्यान गएको छ। नयाँ बजार पश्चिम सिक्किम निवासी एक 55 वर्षीय महिलाको संक्रमणको कारण ज्यान गएको जानकारी स्वास्थ्य विभागद्वारा जारी आजको हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरिएको हो। सो महिलालाई उच्च रक्तचाप, मधुमेह अनि श्वास सम्बन्धी पनि केही समस्या रहेको बताइएको छ। तिनलाई 25 सेप्टेम्बर यहाँको एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो।

 यसरीनै पूर्व सिक्किम गान्तोकको देउराली निवासी एक 68 वर्षीय पुरुषको पनि संक्रमणबाट ज्यान गएको भनिएको छ। तिनलाई उच्च रक्तचाप, मधुमेह, गाउट अनि मृगौला सम्बन्धी समस्या पनि रहेको भनिएको छ। उल्लेखित दुवैको निधन गत 26 सेप्टेम्बरको दिन गएको भनिएको छ।

यसरी राज्यमा कोभिडको कारण ज्यान गुमाउनेको संख्या 33 पुगेको छ। आज 38 नयाँ मामला सामु आएसँगै कुल सक्रिय मामला 692 पुगेको छ। अहिलेसम्म 2068 संक्रमण मुक्त भइसकेका छन् भने अहिलेसम्मको कुल पोजिटिभ संख्या 2790 पुगेको छ।

कोभिडको बढ़दो प्रकोपबीच दुई दिन उमेरको संक्रमित नानी निको

मन्त्री सोनाम लामा अनि मेयर शक्ति सिहं संक्रमित: 95 नयाँ...