मन्त्री सोनाम लामा अनि मेयर शक्ति सिहं संक्रमित: 95 नयाँ मामला

मन्त्री सोनाम लामा अनि मेयर शक्ति सिहं संक्रमित: 95 नयाँ मामला

गान्तोक, 25 सेप्टेम्बर: राज्यमा 95 वटा नयाँ कोभिड संक्रमणको मामला अघि आएको छ। अहिले घड़ी 5 जनाको आइसीयुमा उपचार चलिरहेको छ। सो जानकारी स्वास्थ्य विभागद्वारा आजको हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरिएको हो। पूर्व सिक्किमबाट 52 जना, दक्षिणबाट 39 जना अनि पश्चिम सिक्किमबाट 4 जना संक्रमित पाइएका छन्। स्मरण रहोस, गान्तोकमा लकडाउन पनि चलिरहेको छ।

बुलेटिनमार्फत प्राप्त जानकारी अनुसार 6 जना स्वास्थ्य कर्मीहरु संक्रमित पाइएका छन्। जसमध्ये  एकजना एसटीएनएमबाट, 3 जना मनिपाल सेन्ट्रल रेफर्रल अस्पतालबाट, एकजना मल्ली प्राथमिक स्वास्थ्य केन्द्रबाट अनि एकजना जोरथाङ सामुदायिक स्वास्थ्य केन्द्रबाट रहेका छन्। यसका साथै जोरथाङ पुलिस चौकीबाट  3 जना अनि सम्मान भवनमा खटाइएका 2 जना पुलिसकर्मीहरु पनि संक्रमित पाइएको जानकारी गराइएको छ।

ग्रामीण विकास विभागका मन्त्री सोनाम लामा संक्रमित पाइएका छन्। उनका 7 जना कर्मचारीहरु पनि संक्रमित पाइएका छन्। सामाजिक सञ्जालमार्फत उनी एवं उनको टोली संक्रमित पाइए पनि स्वस्थ रहेको जानकारी तिनले गराएका छन्। गान्तोकका मेयर शक्ति सिहं संक्रमित पाइएका छन्। उनलाई आइसोलेसनमा राखिएको छ।

हिज मुख्यमन्त्रीको आवासबाट विधायक अदित्य गोले अनि 8 जना अन्य संक्रमित पाइएको जानकारी गराइएको थियो। यस अघि मुख्यमन्त्री पीएस गोलेकी श्रीमति कृष्ण राई अनि उनका परिवारका सदस्यहरु पनि संक्रमित पाइएको जानकारी गराइएको थियो।  अहिलसम्म सिक्किम विधानसभाका जम्मा 8 सदस्यहरु संक्रमित भइसकेका छन्।

स्वास्थ्य विभागद्वारा प्राप्त जानकारी अनुसार यो समाचार लेखुन्जेलसम्म राज्यमा सक्रिय मामला 679 रहेको छ भने कुल 1994 जना निको भइसकेका छन्। अहिलेसम्म जम्मा पोजिटिभ संख्या 2704 पुगेको छ। हिज जोरथाङ निवासी 82 वर्षीय पुरुषको निधनसँगै राज्यमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या 31 पुगेको छ।   

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

थप 2 जनालाई लग्यो कोभिडले: कुल मृत्यु 28

कोभिड संक्रमण झन् बढ़दै: कुल 25 जनाको ज्यान गयो

कोभिडको बढ़दो प्रकोपबीच दुई दिन उमेरको संक्रमित नानी निको