राज्यको गृह विभागले चरणबद्ध रूपमा लकडाउन खोल्ने क्रममा विभिन्न नियमहरु उल्लेख गर्दै एउटा आदेश जारी गरेको छ। सो आदेश जारी भएसँगै राज्यमा अब थप व्यवसाय/व्यवसायिक संस्थानहरु खोलिनेछन्। व्यवसाय़िक संस्थानहरू खोलिरहँदा कोभिड-19 संक्रमणलाई ध्यानमा राख्दै जारी गरिएको दिशा-निर्देशलाई सबैले पालन गर्नुपर्नेछ। यसअघि पनि कतिपय व्यवसायिक संस्थानहरु विभिन्न नियमहरुका साथ खोलिएका थिए। सोही दिशा निर्देशलाई आवश्यक्ता अनुरुप संसोधन गरी आजको आदेश जारी भएको हो।

आदेशमा जनाइए अनुसार निर्माण सामग्री लगायतका सबै माल-सामान सुचारु रुपमा अन्तर्राज्यीय ओसार-पसार गर्न दिइनेछ। साना गाड़ीहरुलाई भने पहिलेकै नियम यथावत राख्दै अन्तर्राज्यीय आउ-जाउ गर्न दिइने छैन। राज्यबाहिर रजिस्टर भएका सबै मालवाहक गाड़ीहरु भने आएकै दिन फर्केर जानुपर्नेछ। कुनै कारणवश उनीहरु फर्कन नसकेको खण्डमा सो गाड़ीका चालक लगायत सहकर्मीहरु जिल्ला मजिस्ट्रेटले पहिचान गरेको ‘ट्रांजिट क्याम्प’मा बस्नुपर्नेछ।

सबै गाड़ीहरुको सिक्किमभित्र अन्तर-जिल्ला आउ-जाउ भने आगामी 18 जूनदेखि शुरु हुनेछ। यसमा अगावै जारी गरिएको नियम बमोजिम वाहनका कुल यात्री नियम साथै जोड़-बिजोड़ (Odd-Even)  फर्मूलाको पालना गर्नुपर्नेछ।  

10 जूनबाट खोलिने सबै होटल अनि रेष्टुरेन्टहरु 50 प्रतिशत क्षमताका साथ चलाइनु पर्नेछ अर्थात होटल/रेस्टुरेन्टमा भएको कुल बस्ने ठाउँहरुमा 50% ग्राहकलाई मात्र राख्नु पर्नेछ। सबै रेस्टुरेन्टहरु बेलुकी 8 बजेभित्र बन्द गर्नुपर्नेछ। व्यवसाय पुन: शुरु गर्दा भारत सरकारको स्वास्थ्य मंत्रालयले जारी गरेको कोभिड रोकथामका दिशा-निर्देशलाई सबैले खूबै सतर्कताका साथ पालन गर्नुपर्नेछ। 

राज्यमा रहेका जीम (Gym)हरु पनि 10 जूनबाट खोल्न सकिनेछ। एकपटकमा क्षमताको 50 प्रतिशत सदस्यहरुले मात्र व्यायाम गर्न पाउनेछन्। यसको समय भने बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म राखिएको छ। 

अन्य सबै दोकान तथा व्यवसायहरु अघि जारी गरिएको नियम बमोजिम चल्नेछन्। यिनीहरुको खुल्ला रहने समयावधि भने बदली गरी बिहान 8 बजेदेखि बेलुकी 6 बजे गरिएको छ। सबै संस्थानहरुले सामाजिक दूरीको नियम कड़ाइका साथ पालन गर्नुपर्नेछ। 

ड्युटीमा रहेका सरकारी वाहन अनि आकस्मिक कारणहरुले चल्न बाध्य निजी/ट्याक्सी वाहनहरुबाहेक अरू कुनै वाहनको चलाचल बेलुकी 9 बजेदेखि बिहान 7 बजेसम्म निषेध गरिएको छ। यहाँ उल्लेखित बाहेक अन्य सबै दिशानिर्देश अघिबाटै जारी भए बमोजिम कायम रहनेछ।

Read more related news:
Guidelines for Green Zones from Centre Government; State releases its own guidelines

State’s economy may gradually get back to normal as CM suggests relaxation measures for its revival

CM holds priority meeting with the state-level task force; Strategies announced through CM’s Facebook page.

1 COMMENT

Leave a Reply