कोभिड-19लाई लिएर सिक्किमको निम्ति हिज खुशीको खबर आए लगत्तै आज थप 6जना व्यक्ति संक्रमित पाइएको छ। सिक्किममा रहेका 7 कोभिड संक्रमितमध्ये हिज 3जनाको सेम्पल जाँचमा नेगेटिभ पाइएको थियो। त्यसपछि सिक्किमको जम्मा कोभिड-19 पोजिटिभ संक्रमितको संख्या घटेर 4 भएको थियो। 

आज बिहान थप 6जना संक्रमित पाइएपछि यो संख्या बढ़ेर अब 10 पुगेको स्वास्थ्य सचिव डा. पेम्पा भुटियाले बताएका हुन्। संक्रमितहरुमध्ये 4जना पश्चिम सिक्किम, एकजना दक्षिण सिक्किम अनि एकजना पूर्व सिक्किमका रहेको बताइएको छ।

दक्षिण सिक्किमको क्वारेन्टाइन सकेर घर गएका दुई महिलाहरुको रिपोर्ट उत्तर बंगाल मेडिकल पोजिटिभ पाइएको भनिएपछि गत 6 जूनका दिन उनीहरुलाई एसटीएनएमको कोभिड वार्डमा ल्याइएको थियो। उनीहरु घर गइसकेपछि पोजिटिभ आएको भन्दै धेरै आम मानिसहरुमा भय उत्पन्न भएकोले सामाजिक सञ्जालहरुमा विभिन्न टिका-टिप्पणी चलेको थियो। हिज उनीहरुको रिपोर्ट नेगेटिभ भनिए पछि धेरैले राहतको सास लिएको थिए भने यसलाई लिएर उत्पन्न भएको विभिन्न किसिमको भ्रम पनि सो समाचारसँगै टुटेर गएको हो।

उक्त दुई महिलाको सेम्पल केही अघि सिलगढ़ी पठाइएको तर त्यहाँ धेरै टेस्ट गर्नुपर्ने हुँदा समयमा रिपोर्ट आउन नसकेको डा. पेम्पाले बताएका हुन्। पोजिटिभ आएको दुई दिनमै नेगेटिभ किन आयो भन्ने प्रश्नमाथि स्पष्टीकरण दिँदै तिनले यसका दुई कारणहरु हुन सक्ने तिनले बताए। पहिलो, उनीहरुको सेम्पल सिलगढ़ी पठाउँदा उनीहरु संक्रमित रहेको तर अहिलेसम्म जाती भईसकेको अनि दोस्रो कारण सिलगढ़ीमा भएको टेस्टमा संयोगवश कुनै त्रुटी हुन गएकोले दुई रिपोर्टमा भिन्न्ता आएको हुन सक्ने सम्भावना रहेको तिनको भनाई छ।

हिज 3 नेगेटिभ: आज थप 6 पोजिटिभ
हिज 3 नेगेटिभ: आज थप 6 पोजिटिभ

यसका साथै सोही दिन पोजिटिभ भनिएका अर्का एक व्यक्तिको रिपोर्ट पनि नेगेटिभ आएको थियो। सो दिननै जाँच गरिएको तिनको सेम्पलमा भाइरसको मात्रा एकदमै कम रहेको अनि हिज पुन: जाँच गर्दा नेगेटिभ पाइएको डा. पेम्पाले बताएका हुन्। रिपोर्ट नेगेटिभ आएवापत यी तिनैजनालाई ‘होम क्वारेन्टाइन’को निम्ति पठाइने व्यवस्था गरिएको हो। 

कोभिड-19को टेस्ट सम्बन्धी थप बोल्दै सचिव डा. पेम्पाले अब उसो सिक्किमका सबै जाँच सिक्किममानै हुने बताए। उत्तर बंगाल मेडिकल कलेजमा कामको बोझ एकदमै बढ़ेकोले भएको ढिलाइलाई मध्यनजर गर्दै त्यहाँ थाँतीमा रहेको सबै जाँचहरु पुन: सेम्पल संकलन गरी सिक्किममै जाँच गरिने तिनले बताए। अब उसो सबै जाँच राज्यमानै हुने भएकोले समयमै रिपोर्ट आउने जानकारी पनि तिनले गराएका छन्।      

Read more related articles

मास्क कस्तो, कहाँ अनि कसरी प्रयोग गर्नेबारे विश्व स्वास्थ्य संगठनको नयाँ दिशानिर्देश

घर फर्कन पाएकोमा हर्षित देखिए नेपाली नागरिकहरु

सिक्किममा दोस्रो कोभिड-19 संक्रमण

Leave a Reply