Picture Courtesy: Tshering Dekar

सिक्किममा कोभिड-19को बढ़दो प्रकोपलाई ध्यानमा राख्दै राज्यमा 21 जुलाई बिहान 6 बजेदेखि 27 जुलाई बिहान 6बजेसम्म पूर्ण तालाबन्दी (लकडाउन)को घोषणा गरिएको छ। यस अन्तर्गत छुट दिइएका बाहेक सम्पूर्ण सरकारी कार्यलयहरु, दोकानहरु, विभिन्न व्यापारिक संघ-संस्थानहरु, बजारहरु, शिक्षण संस्थानहरु, कल-कारखानाहरु बन्द रहनेछन्।

आवश्यक सामग्री जस्तै चिकित्सा आपूर्ति, खाद्य वस्तु, सब्जी, दूध, पेट्रोलियम पदार्थ, एलपीजी आपूर्ति आदिमा संलग्न मानव तथा वाहनहरुको आउ-जाउ भने यथावत रहनेछ। ड्यूटीमा खटिएका पुलिसकर्मीहरुलाई यस सम्बन्धमा कुनै स्पष्टीकरण चाहिएमा डीएम,एडीएम अथवा एसपीको मार्गदशन लिन सक्नेछन्।

राशिन, खाद्य सामग्री, किराना, स्वच्छता उत्पादनहरु, फल-फूल, डायरी तथा दुध उत्पादनहरु, मासु, पशु आहार, औषधी लगायत अन्य आवश्यक सामग्रीका दोकानहरु बिहान 8 बजेदेखि बेलुकी 5 बजेसम्म खुल्ला रहनेछन्। दवाईको दोकानहरु 7 बजेसम्म खुल्ला रहनेछन्। 

आवश्यक सेवा जस्तै अस्पताल, पशु चिकित्सा, दूर संचार, ब्याङ्क, विमा, एटीएम, विद्युत आपूर्ति, फोहोर प्रबन्धन, जल आपूर्ति, नगर सेवा, डाक सेवा, आपदा प्रबन्धन, राहत एवं उद्धार कार्य, आपीआइद्वारा मान्यताप्राप्त पत्रकारहरु, बृदाश्रम, आगनवाडी केन्द्र तथा समाज कल्याण विभाग अन्तर्गत रहेका अन्य संघ-संस्थानहरुको क्रियाकलाप यथावत रहनेछन्। आवश्यक सेवामा संलग्न कर्मचारीहरुले हर समय आफूसँग अनिवार्य रुपमा परिचयपत्र अथवा तैनाती पत्र बोक्नु पर्नेछ जो पुलिस तथा सुरक्षाकर्मीहरुले जाँच गर्न चाहेमा अनिवार्य रुपले पेश गर्नुपर्नेछ। यी सबै आउ-जाउ दैनिक कार्यअवधिभित्र भएमा मात्र मान्य हुनेछ।

कानून र व्यवस्था, अग्नीशमन, अस्पताल, कोभिड-19  प्रबन्धन, क्वारेन्टाइन सम्बन्धित सेवामा संलग्न, सेना अनि अर्धसैनिक बलमा कार्यरत मानव एवं वाहनको आउजाउ यथावत रहनेछ। 

सर्वसाधारण साथै सम्पूर्ण निजी तथा व्यापारिक वाहनहरुको आउ-जाउ भने आकस्मिक कारणहरुको निम्ति मात्र अनुमति दिइनेछ। पुलिस तथा सुरक्षाकर्मीलाई आफ्नो सम्पूर्ण चिकित्सा सम्बन्धी दस्तावेजहरु देखाएवापत मात्र आउ-जाउ गर्न पाइनेछ। नगरी नहुने चिकित्साका आकस्मिक कारणहरुमा मात्र त्यस्ता वाहन तथा मानवहरुलाई आउन-जान दिइनेछ। 

अन्तर्राजिय आउ-जाउ भने आवश्यक सेवा तथा वस्तु आपूर्तिमा संलग्घन व्यक्ति तथा अनुमति प्राप्त वाहनहरुको निम्ति मात्र खुल्ला रहनेछ। यसको नियमन पूर्व जिल्लाका डीएमले गर्नेछन्।

फार्मा कम्पनीका खाली मालबाहक वाहनहरुलाई राज्यबाहिर जानमात्र अनुमति दिइनेछ। डीएमले यसको नियमन गर्नेछन्।  

बिहे तथा अन्तिम संस्कारका कार्यहरुमा केवल 20 जना मात्र जमा हुने अनुमति छ। यस्ता भेलाहरुमा सामाजिक दूरी अनिवार्य रुपमा बनाइ राख्नु पर्नेछ। 

एमजीनरेगा, कृषि तथा बागवानी पशु चिकित्सा सम्बन्धी ग्रामीण क्षेत्रमा हुने क्रियाकलापहरु नियमित रुपले चल्नेछन् तर यसमा सामाजिक दूरी कायम राखेको हुनपर्नेछ। 

सुरक्षा सेवा तथा कुरियर सेवा खुल्ला रहनेछन्। सम्पूर्ण शैक्षिक संस्थानहरु 31 अगस्तसम्मलाई बन्द राखिनेछ। 

जिल्ला म्याजिस्ट्रेटले रात्री कर्फ्यूको निम्ति आदेश जारी गर्नेछन्। बेलुकीको 7:30 देखि बिहानको 6 बजेसम्म रात्री कर्फ्यू लाग्नेछ। यसका साथै मानव तथा वाहनको आउ-जाउ, आरोग्य सेतु एप, सार्वजनिक स्वच्छता, सामाजिक दुरीको नियम पालना सुनिश्चित गर्नको निम्ति पनि आदेश जारी हुनेछ। कन्टेन्मेन्ट जोनका सम्पूर्ण नियमहरुको निम्ति पनि जिल्ला म्याजिस्ट्रेटद्वारा केन्द्र सरकारको दिशानिर्देश बमोजिम आदेश जारी गरिनेछ। दिशानिर्देश पालना सुनिश्चित गर्ने जिम्मा पनि उनीहरुको हुनेछ। 

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

पूर्व सिक्किममा 8वटा नयाँ कन्टेन्मेन्ट जोन

रंगेलीमा एन्टिजेन जाँच शुरू

मुख्यमन्त्री आवासमा कोरोना जाँच

Leave a Reply