economic revival committee
Photo Source: Sikkim Herald

सिक्किम प्रदेश कंग्रेसले एउटा विज्ञप्ति जारी गरी आज ९ जूनमा बोलाइएको आर्थिक पुनरुद्धार समिति (Economic Revival committee) सभामा उपस्थिति नजनाउने निर्णय गरेको बताएको छ। “यो विषय पूर्ण रूपमा राज्यको वित्त मन्त्रालय- वित्त विभागसँग सम्बन्धित हो, तर चुनाउ विभागद्वारा सभाको आयोजन गरिएको हुँदा यसमा भ्रम पैदा भएको छ”, विज्ञप्तिमा जनाइएको छ। राज्यको वित्त विभागलाई ओझेलमा राखेर सभा बोलाइएको औचित्य पार्टीलाई स्पष्ट नभएको कांग्रेसको भनाइ रहेको छ। 

economic revival committee
Photo Source: Sikkim Herald

कुनै पनि चुनाव वा मतदाता सूची इत्यादि सँग सम्बन्धित विषयहरूमा बोलाइएको सभामा पार्टीले उपस्थिति दिँदै आएको तर वित्त विभाग अधिनस्त रहेको विषयमा चुनाउ विभागद्वारा सभा आयोजन कसरी हुन्छ? भन्ने प्रश्न कांग्रेसको मूल सचिव सुमित्रा राईले पार्टीको तर्फबाट राखेकी हुन्। राज्य सरकारले प्रशासनको गरीमालाई धमिल्याउनु उचित होईन, चुनाव विभागको भूमिका चुनावसँग सम्बन्धित रहन्छ अनि आर्थिक विषय वित्त विभागसँग रहेको हुन्छ, विज्ञप्तिमा भनिएको छ।

सभामा सबै दल वा संस्थाहरूलाई एकैसाथ नबोलाएर अलग-अलग समय तालिकामा छुट्टा-छुट्टै बोलाइएकोले सो कुरा उचित नठहर्ने महसूस गर्दै पार्टीले आज ९ जून २०२० बिहान १०.३० बजे बोलाइएको सभामा उपस्थिति नजनाउने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

Read more related articles:

Nawin Kiran criticizes Economic Revival Committee, suggests simplifying their language

SDF advices state govt. to form an Economic Advisory Committee

Union Finance Minister announces plans for 20 lakh cr. economic relief package

Leave a Reply