सिक्किममा केही दिन यता कोभिड-19संक्रमणको बढ़दो संख्याबीच एउटा खुशीको खबर आएको छ। सिक्किमको प्रथम अनि दोस्रो कोभिड संक्रमित निको भएका छन्। सो कुराको पुष्टि स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियाले गरेका हुन् भनी आइपीआर विभागद्वारा सार्वजनिक गरिएको एउटा समाचारमा जनाइएको छ। 

स्मरण रहोस्, दिल्लीबाट सिक्किम फर्किएर आएका एक दक्षिण सिक्किमका युवामा क्वारेन्टाइनमा रहँदानै कोभिड-19को केही लक्षण देखिएपछि तिनको जाँच रिपोर्ट पोजिटिभ निस्कँदा गत 23 मईको दिन सिक्किममा पहिलो संक्रमणको पुष्टि भएको थियो। दिल्लीबाटनै फर्किएर पूर्व सिक्किमको एउटा क्वारेन्टाइनमा रहेका अर्का एक व्यक्तिमा 3 जूनको दिन संक्रमणको पुष्टि भएको थियो। पोजिटिभ पाइए लगत्तै क्रमैले दुवैलाई सरकारद्वारा एसटीएनएम अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार चलाइएको थियो। आज दुवै पूर्ण रुपले निको भएको निश्चित भएपछि 11बजे बिहान अस्पतालबाट छुट्टी दिइने भनिएको छ।  

दुईजना निको भएसँगै अब सिक्किममा सक्रिय मामला 60बाट घटेर 58 पुगेको छ।

Read more related articles:

बिहान 14 – बेलुकी 36 थपिएसँगै सिक्किममा कोभिड-19 सक्रिय मामला 60 पुग्यो

सिक्किममा कोभिड-19 संक्रमणको 14 नयाँ मामला: कुल संख्या 24 पुग्यो

कोभिड-19 लाई लिएर अप्रमाणित झूठा खबरहरु नफैलाउने अपील: 1 वर्षसम्म जेलको प्रावधान

Leave a Reply