सिक्किममा 36 वटा नयाँ कोभिड-19 संक्रमणको मामला अघि आएको छ। एउटा भिडियो संदेश मार्फत यसको जानकारी स्वास्थ्य सचिव ड़ा. पेम्पा टी. भुटियाले दिएका हुन्। आज बिहान मात्र 14 वटा नयाँ संक्रमित मामलाको पुष्टि भएको थियो।

हिज गरिएका आरटीपीसीआर जाँचमा 412 नमूनाहरुमध्ये 14वटा मामला पोजिटिभ आएपछि सो कुराको पुष्टि ड़ा. पेम्पाले आज बिहानै गरेका थिए। जाँचमा थप 60वटा नमूनाहरु शंकास्पद रहेकाले सो नमूनाहरुको आज पुन: जाँच गर्दा तीमध्ये 36वटा पोजिटिभ पाइएको बताइएको छ। 

यससँगै सिक्किममा अब सक्रिय संक्रमण 60 पुगेको छ।  24 घण्टाको अवधिमा सिक्किममा कोभिड-19 संक्रमणको यो अहिलेसम्मकै सर्वाधिक बृद्धि हो।

Read more related articles:

मास्क कस्तो, कहाँ अनि कसरी प्रयोग गर्नेबारे विश्व स्वास्थ्य संगठनको नयाँ दिशानिर्देश

सिक्किममा कोभिड-19 संक्रमणको 14 नयाँ मामला: कुल संख्या 24 पुग्यो

कोभिड-19 लाई लिएर अप्रमाणित झूठा खबरहरु नफैलाउने अपील: 1 वर्षसम्म जेलको प्रावधान

Leave a Reply