सिक्किममा 14 वटा नयाँ कोभिड-19 संक्रमणको मामला अघि आएको छ। सो जानकारी स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियाले दिनुभएको हो। पोजिटिभ पाइएका व्यक्तिहरुमध्ये 11 महिला अनि 3 पुरुष रहेका छन् भने 12 जना मुम्बईबाट अनि 2 जना पश्चिम बंगालबाट सिक्किम फर्किएका हुन्। सबैभन्दा सानो उमेरको संक्रमित 2 वर्ष 3 महिनाको एक नानी रहेको बताइएको छ। 

सिक्किममा कोभिड-19 संक्रमणको 14 नयाँ मामला

संक्रमितमध्ये 9जना बाहाइ स्कूल क्वारेन्टाइनबाट, 3जना एपिका गार्डन क्वारेन्टाइनबाट अनि 2जना पीएनजी स्कूल क्वारेन्टाइनबाट रहेका छन्। सबै 14 पोजिटिभ व्यक्तिहरुलाई एसटीएनएम अस्पतालको कोभिड वार्डमा सारिएको छ। यस लगायत अब यी तीनैवटा फेसिलिटी क्वारेन्टाइन् सेन्टरहरुलाई सरकारले ‘कन्टेन्मेन्ट जोन’ घोषित गरेको छ।

आजको नयाँ संक्रमित मामलाहरु अघि आएसँगै यो समाचार लेखुन्जेलसम्म सिक्किममा कोभिड-19 संक्रमितको सक्रिय संख्या 24 पुगेको छ। 

Read more related articles:

COVID-19 State’s plan of returning to normalcy looms under uncertainty as COVID-19 cases increase

State Evacuation Cell informs returnees to make their travel arrangements starting June 18

Health Secretary confirms 6 new COVID-19 positive cases

Leave a Reply