“सिक्किमको सबै जातजातिले माया गरेको पार्टी एसकेएम पार्टी हो”: पीएस गोले

0
482

प्रेस बिज्ञाप्ति

दिनांक ०५ अप्रैल २०१९

आज दक्षिण जिल्लाको नामथांग समष्टिको छुबा – परबिंग अनि कटेंगको बर डांडामा एसकेएम पार्टीको चुनावी सभा अध्यक्ष श्री दिले थिंगको अध्यक्षतामा सम्पन्न भयो । यस सभामा उम्मेदवार श्री संजीत खरेलज्युको पनि उपस्थिति रहेको थियो । 

सभालाई सम्बोधन गर्दै अध्यक्ष श्री पीएस गोलेज्युले भन्नु भयो २०१४ को चुनावमा म हारेता पनि २०१९ को चुनावमा तपाईहरुले जितनु हुन्छ, सिक्किमे जनताले जिति सकेकोछ समय मात्र परखेको छ, पवन चामलिंगज्यु सिक्किमको मुख्यमन्त्री नभएर सिक्किमको सत्तामा ब्यापारी बसेकोछ, औद्योगिक इकाईहरुमा लेबर कॉन्ट्रैक्ट हटाए को छैन किन भने मुख्यमन्त्रीलाई नाफा हुंदैन, युवा हरु।तयार।हुनु होस एसडीएफ पार्टी लाई सघाएर फेरि बेरोजगारी हुने कि एसकेएम पार्टीलाई भोट दिए र स्वरोजगर हुने आफै फैसला गर्नु होस,  चामलिंगको कुरा उल्टा हुन्छ जो बोल्छ त्यो हुदैन, युवाहरुलाई मरनु पनि दिंदैन, बड़नु पनि दिदैन, एसडीएफ पार्टीलाई भोट दिएर युथ नै हुने कि एसकेएम पार्टीलाई भोट दिएर मालिक हुने आफै निर्णय गर्नु होस, आज सम्मको चुनावमा सिक्किमे जनतालाई जोतेर भोट जितयौ तर अब त्यो हुनेवाला छैन, मकै खाएर बदामको खोस्टा फेके जस्तो हुदैन मुख्यमन्त्रीज्यु सिक्किमे जनता अब लाटा छैन, जनताले ब्यवस्था परिवर्तन गर्ने संकल्प गरिसकेको छन्, नेपाल देखि लिएर धेरै बिदेशमा धन सम्पति मुख्य मन्त्रीले थुपारेकोछ सिक्किम बर्वाद गरेर अर्को मुलुकमा भाग्ने कोशिस गर्दैछ, अब जनता होसियार हुनु पर्नेछ, एसकेएम पार्टीको सरकार आउँछ तर चामलिंगज्युले जस्तो हामी उहाँको एमएलए किन्दैनौ, बिधायकहरुलाई समष्टिमा नै बिधायक भवन र कार्यलय बनाएर पन्द्र  दिन समष्टिको जनताको काम गर्ने कानून बनाउनेछौं, सिक्किमको कुनै पनि कॉलेज यूनिवर्सिटीमा पढ़ने बिद्यार्थीहरुको भविष्य अंधकार छ हामी उहाँहरुलाई अवसर दिनेछौं, एसकेएम पार्टी मा किन शोषकहरु आउदैन किन भने हामी गरीबलाई शोषक गर्नु दिदैनौ, हाम्रो प्राथमिकता भनेको नै गरीब हो,  हामीले तपाईहरुलाई पैसा रक्सी केहि दिनु सकेनौ तर हामी सरकार बनाए पछि हामीले चुनावमा  गरेको बाचा अनि वाधाहरु पुरा गर्नेछौं, बिकासको १००% मा बजेटमा गाऊँमा खाली १५ प्रतिसत पुग्छ तर ८५% बजेट ब्यापारीको घर मिंटोगांगमा पुग्छ, जनता यो भ्रष्टचारी  सरकारसंग वकक दिक्क भएर अब बिकल्पको रूपमा एसकेएम पार्टीलाई छानेको छ, सिक्किमको सबै जातजातिले माया गरेको पार्टी एसकेएम पार्टी हो, एसडीएफ पार्टीको मुखिया पवन चामलिंगज्यु दुवै क्षेत्रबाट हार्दैछ, ११ अप्रैल देखि सिक्किमबाट एसडीएफ पार्टीको कुनै अस्तित्व रहन्दैन, सिक्किमे जनताले नाम निसान मेटनेछन्, एसकेएम पार्टीको सरकार राज्यमा स्थापित भए पछि जति पनि रहेको राजनैतिक मुद्दाहरुलाई इम्मान्दरपूर्वक फैसला गर्नेछौं, नामथांग समष्टिको जनताले मलाई लगाएको गुण कहिले भुलने छुइन, यो सरकारसंग बिद्यार्थीहरुको सही अकड़ा छैन कति पढ़दैछन् कति पढ़े सके भन्ने हिसाब छैन, हामी सरकारमा आए पछि बिद्यार्थीहरुको सही अकड़ा तयार पारेर पढ़नेलाई अझ पढ़ाउनेछौं तर नपढ़नेलाई पढ़ाई अनुसारको  नोकरी दिनेछौं, हामीलाई खाली पाँच बर्षको समय दिनु होस, यो डाकाहरुले लुटेको हिसाब – किताब जनता समक्ष राख्नेछौं, सबै जनता अनि पार्टी कार्यकर्ताहरु ११ अप्रैल सम्म चतुर, चनाखो भएर बस्ने आव्हान गर्नु भयो ।

आज परबिंगमा भएको सभामा  नामथांग समष्टिको परबिंग जीपीयुबाट शेर्पा एसोसिएशनको अगुवाई मा जम्मा १२० परिवार, छुबा वार्ड बाट जम्मा २२ परिवार, कटेंग जीपीयू बाट जम्मा २८ परिवार गरेर आजको सभामा  जम्मा १७० परिवार एसडीएफ पार्टीलाई त्याग गर्दै एसकेएम पार्टीमा बिधिवत रूपमा सामेल भएका छन्  ।

रंजना प्रधान ,

सचिव (प्रचार प्रसार), एसकेएम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here