सिक्किमका दुइ पत्रकार दिल्लीमा सम्मानित

0
414


नयाँ दिल्ली, 14 मार्च।

वरिष्ठ पत्रकार एवं प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष जोसेफ लेप्चालाई राष्ट्रियस्तरको परिसंघ मीडिया फेडरेशन अफ् इण्डिया (एमएफआइ)-ले सिक्किम राज्यबाट वर्षका उत्कृष्ट पत्रकार सम्मानले सम्मानित गरेको छ। यसै गरी नेपाली दैनिक समाचार पत्र समय दैनिकलाई वर्षको उत्कृष्ट क्षेत्रीय भाषा समाचार पत्र सम्मान प्रदान गरिएको छ। समय दैनिकको तर्फमा सम्पादक डिल्लीराम दुलालले यो पुरस्कार ग्रहण गरेका छन्।

22 अधिक राज्यबाट पत्रकार अनि पत्रकारहरूको परिसंघ एउटै मञ्चमा रहेको मीडिया फेडरेशन अफ् इण्डिया वर्तमानमा देशको शीर्ष परिसंघका रूपमा स्थापित छ। वर्तमानमा 22 अधिक राज्यबाट 15 हजार अधिक सदस्य यो परिसंघसित जोडिएका छन्।

पत्रकार जोसेफ लेप्चालाई यो सम्मान 13 मार्चको बेलुकी नयाँ दिल्लीस्थित आन्ध्रा प्रदेश भवनको डा. बीआर अम्बेडकर प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथि मेजर जेनरल (अप्र) पीके सेहगलएमएफआइका राष्ट्रिय अध्यक्ष अरुण शर्मावरिष्ठ उपाध्यक्ष आशिष के. सिंहको बाहुलीबाट प्रदान गरियो।

उल्लेख्य, 14 फरवरी 1972-मा पिता स्वर्गीय मानुएल लेप्चा र माता मार्था लेप्चाको कोखबाट दक्षिण सिक्किमको राभाङ गोब्रेटार 15 माइलमा जन्मिएका पत्रकार जोसेफ लेप्चाले पहिलोपल्ट सन् 1991 मा गान्तोक देउरालीबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्र स्वतन्त्र मञ्चबाट पत्रकारिताको सेवा शुरू गरेका थिए। शुरूमा एक संवाददाताका रूपमा रहेका लेप्चालाई दोस्रो वर्ष नै सह-सम्पादकका रूपमा पद्दोन्नति प्राप्त भएको थियो। यसपछि उनले साप्ताहिक समाचार पत्र युगधारा (1993), सिलगढीबाट प्रकाशित हुने जनपथ हिन्दी दैनिक(1994), भारत दर्पण (1994), प्रजाशक्ति (1999), समय दैनिक वर्ष (2004-2006)-सम्म विभिन्न दायित्व लिएर सेवा दिएसकेका छन्। यसरी वर्ष 2006 देखि आजको मितिसम्म राष्ट्रिय हिन्दी दैनिक दैनिक जागरणमा स्थायी कर्मचारीका रूपमा सेवारत छन्।

पत्रकार लेप्चाले यस अतिरिक्त अन्य विभिन्न पत्रपत्रिकामा पनि रचनाहरूसहित अन्य योगदान दिएका छन्। पत्रकारिताबाहेक सामाजिकसांस्कृतिक गतिविधिमा पनि रूची राख्ने लेप्चा विभिन्न संघ संस्थामा जोडिएका छन्। यसमा सिक्किम स्थानीय पत्रकार संगठनसिक्किम जर्नालिस्ट फोरमसिक्किम प्रेस एसोशिएसनलगायत अन्य सामेल छ। पत्रकार लेप्चा वर्ष 2010 देखि 2013-सम्म प्रेस क्लब अफ् सिक्किमका महासचिवको दायित्व सम्हाली सकेका छन् भने 2017 देखि प्रेस क्लब अफ् सिक्किमका अध्यक्षको दायित्व सम्हाल्दै आइरहेका छन्। 28 वर्ष अधिक समय पत्रकारिताको क्षेत्रमा सेवा दिँदै आएका पत्रकार जोसेफ लेप्चालाई अहिलेसम्म विभिन्न सम्मान तथा पुरस्कार प्राप्त भइसकेको छ। वर्ष 2005-मा सिक्किम सरकारले सकारात्मक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो भने वर्ष2006 मा अति लगनशील पत्रकारका रूपमा राम पात्रो मेमोरिलय पुरस्कार प्रदान गरिएको थियो। यसरी वर्ष 2016 मा प्रेस क्लब अफ् सिक्किमद्वारा प्रदान गरिने शीर्ष पुरस्कार कञ्चनजङ्घा कलम पुरस्कारले पनि पत्रकार लेप्चा सम्मानित भइसकेका छन्। यसै वर्षको फरवरी महिनामा पत्रकार लेप्चालाई आसाम बसन्त शर्मा मेमोरियल समितिले उत्कृष्ट पत्रकारिता पुरस्कारले सम्मानित गरेको थियो।

फोटो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here