मिति : ०६.०६.२०
पूर्व सिक्किम रूम्तेक आफ्नो घर ठेगाना बताउने सुस्मीता सुब्बा र उनको परिवारलाई रम्फूबाट भित्र प्रवेश गर्नमा रोक लगाइएको बिषयलाई सिक्किम प्रदेश कंग्रेसले गहन्तापूवर्क लिएको छ। उनी आफ्नो परिवारका साथमा गत २ जुनमा रम्फू आए तापनि प्रवेशमा रोक लगाइएकोले दयनीय अवस्थामा रहनु परेको सर्वबिधित छ। सिक्किम भित्र आफ्नो घर र साखा सन्तान भएको तथा आंफू सिक्किम रूम्तेकमा जन्मिएको बताउने सुस्मीता सुब्बा र परिवारलाई भित्र्याउने दिशामा सरकारको पहल हुनु पर्छ भन्ने प्रदेश कंग्रेस मांग गर्दछ।


राज्यमा कैयन मानिसहरू यहाँको प्रमाण पत्र नभए पनि बसोबासो गर्नमा कुनै रोक निषेध छैन तर आफ्नो घर भएको परिवारलाई घरमा प्रवेश गर्न रोक्नु भनेको घोर अन्याय हो। आजको महामारीको शंकटमा सबैलाई घर घरमा बस्न सिकायत गरिएको छ भने उनीहरूलाई किन पाखा राखिँदैछ?
उनीहरूको घर आउने बाटो खोलिन पर्छ साथै सरकारको बिधि मताबिक कोरेटाइनमा राखेर विधि पुर्वक घर जान – पुग्न पाउने बिधि तय गरिनु पर्छ। यदि यसै ठाउँमा कोही उच्च पदस्त ब्यक्तिको परिवार भए रातारात घर प्रवेश हुन्थ्यो होला तर एक गरीव परिवार हुनाले अन्याय भइरहेको स्पष्ट छ। अस्तिको सामान्य स्थितिमा काम विशेषले राज्य बाहिर जानु कुनै ठुलो गल्ति होइन। देशमा अचानक भाजपा सरकारले तालाबन्दी गरेर सर्वसाधारणलाई देशब्यापि नै समस्या पर्न गएको प्रष्ट छ। २४ मार्चको बेलुका ८ बजी प्रधानमंत्रीले राती १२ बजेदेखि देशमा लकडाउन हुने फरमान हुँदा कसैले पनि वापसी हुने वा जाने मौका पाएनन्।
जसो भए पनि कुनै पुर्वाग्रही सोंच नराखि राज्य सरकारले उक्त गरीव परिवारलाई सिक्किम प्रवेश गराउने दिशामा सिध्र कदम उठावोस् भनी सरकार समक्ष कांग्रेस माग गर्दछ।

दिपक भण्डारी,
मूल सचिव, एसपीसीसी

Leave a Reply