सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन घोषित

गान्तोक, 16 अगस्त: गान्तोकस्थित टाँशीलिङ सचिवालयलाई कन्टन्मेन्ट जोन घोषणा गरिएको जानकारी राज्यको गृह विभागद्वारा जारी एउटा आदेशमा उल्लेख गरिएको छ। कोभिड संक्रमित पाइएको व्यक्ति हालै सचिवालय परिसरमा आएर विभिन्न कार्यलयमा गएका थिए भन्ने जानकारी गराइएको छ। सो आदेशमा सचिवालयलाई नियमानुसार 72 घण्टाको निम्ति कन्टेन गरेको जानकारी उल्लेख छ। आगामी 18 अगस्तसम्म सचिवालयमा रहेका सम्पूर्ण कार्यलयहरु […] The post सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन घोषित appeared first on The Sikkim Chronicle - Sikkim News.

सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन घोषित

गान्तोक, 16 अगस्त: गान्तोकस्थित टाँशीलिङ सचिवालयलाई कन्टन्मेन्ट जोन घोषणा गरिएको जानकारी राज्यको गृह विभागद्वारा जारी एउटा आदेशमा उल्लेख गरिएको छ। कोभिड संक्रमित पाइएको व्यक्ति हालै सचिवालय परिसरमा आएर विभिन्न कार्यलयमा गएका थिए भन्ने जानकारी गराइएको छ। सो आदेशमा सचिवालयलाई नियमानुसार 72 घण्टाको निम्ति कन्टेन गरेको जानकारी उल्लेख छ। आगामी 18 अगस्तसम्म सचिवालयमा रहेका सम्पूर्ण कार्यलयहरु बन्द रहनेछन्।

यसैगरी गेजिङ जिल्ला अस्पतालबाट पनि एकजना व्यक्ति संक्रमित पाइएपछि अस्पताल परिसरलाई 72 घण्टाको निम्ति कन्टेन गरिएको जानकारी पश्चिम सिक्किम प्रशासनद्वारा जारी एउटा आदेशमा उल्लेख गरिएको छ। सो अवधिमा आकस्मिक स्वास्थ्य जाँचको निम्ति अस्पतालको आपातकालीन कक्ष (इमर्जेन्सी वार्ड) भने खुल्ला रहनेछ।

ओपीडी कक्षहरु बन्द रहनेछन् तर विशेषज्ञहरुलाई फोनमार्फत सम्पर्क गर्न सकिनेछ। 72 घण्टाको निम्ति अस्पताल परिसारबाट त्यहाँ भर्ना भएर रहेका बिरामीहरुलाई जाने अनुमति छैन। यसका साथै हाल अस्पतालमा रहेका सबैले त्यहाँबाट छुट्टी पाएर घर गएपछि 21 दिनको निम्ति होम क्वारेन्टाइनमा रहनुपर्नेछ। कन्टेन्मेन्ट अवधिमा त्यहाँ रहेका सबै स्वास्थ्य कर्मीहरु साथै प्राइमेरी कन्ट्याक्टहरुको कोभिड जाँच गरिनेछ। सबैले नियमानुसार क्वारेन्टाइनको पालना गर्नुपर्नेछ। सो आदेश 19 अगस्तको बेलुकी 9 बजेसम्म मान्य रहनेछ।

यसैगरी पश्चिम सिक्किम प्रशासनद्वारा परेङगाउ जीपीयू अन्तर्गत मंगलबारे ब्लकको 01- रेशी वार्डलाई पनि कन्टेन्मेन्ट जोन घोषित गरेको छ। सो वार्डको सम्पूर्ण क्षेत्रलाई अर्को आदेश जारी नभएसम्म कन्टेन्मेन्ट जोनमा राखिएको बताइएको छ।

एसटीएनएमको स्त्री रोग (गाइने) वार्डमा भर्ना भएर रहेकी एक महिला पोजिटिभ पाइएपछि सम्पूर्ण वार्डलाई कन्टेन गरिएको छ। अर्को आदेश जारी नभएसम्म अब सो वार्डमा नयाँ बिरामी भर्ना नहुने जानकारी स्वास्थ्य सचिव डा. पेम्पा टी. भुटियाले दिएका हुन्। कन्टेन्मेन्ट अवधिभरि स्त्री रोग जाँचको निम्ति सबैलाई मनिपाल अस्पताल जाने सुझाउ डा. भुटियाले दिएका छन्।

नयाँ कोभिड संक्रमण देखा परेसँगै पूर्व जिल्ला प्रशासनद्वारा विभिन्न ठाउँहरुलाई कन्टेन्मेन्ट जोन घोषित गरिएको छ। यी ठाउँहरु क्रमैले नान्दोक सरम्सा जीपीयू अन्तर्गत सरम्सा वार्डको समस्त क्षेत्र, आइटीबीपी मनिल्तिर रहेको भक्तबहादुर राईको घर अनि 20 मिटर व्यासार्ध (रेडियस)अन्तर्गतको क्षेत्र, आइटी विभागको कार्यलय परिसर, आइटी विभाग अन्तर्गतको डाटा सेन्टर परिसर, सिङताम बजारको गोस्खान डाँड़ा क्षेत्र जसमा दादी इम्पोरियम, लाल बजार रोड अनि आदर्सगाउँ पूल परिसर रहेका छन्।

यो समाचार लेखुन्जेलसम्म सिक्किममा सक्रिय मामला 493 रहेको छ भने निको भएर अस्पतालबाट 673जनाले छुट्टी पाइसकेका छन्। 16 अगस्तको हेल्थ बुलेटिनमा बोल्दै स्वास्थ्य सचिवले राज्यमा जम्मा 19वटा नयाँ मामला देखा परेको जानकारी गराए। जसमा एकजना अल्केम फार्मा कम्पनीबाट, 2 जना एलेम्बिक फार्मा कम्पनीबाट, 2 जना माइक्रेल्याबबाट अनि 3 जना स्वीस् गार्नियरबाट रहेका छन्।

एसटीएनएम फ्लू क्लिनिकबाट संक्रमित पुष्टि भएकाहरु मध्ये 2 जना जालीपूलबाट, एकजना रानीपूलबाट, एकजना आइटीबीपी लिङदुमबाट अनि राज्य बाहिरबाट आएर अप्पर सिच्छेको रेलवे गेस्ट हाउसमा रहेका दुई आइटी टेक्निसियनहरु रहेका छन्। यसका साथै एकजना एसटीएनएम अस्पतालको छैटौं तल्लामा रहेको गाइनो वार्डबाट पनि संक्रमित पाइएको बताइएको छ। रम्फूको स्क्रिनिङ सेन्टरमा राज्य बाहिरबाट भित्रिएका 3 जना संक्रमित पाइएसँगै उनीहरुलाई हिमालयन फार्मेसी कोभिड केयर सेन्टरमा पठाइएको छ।

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

ध्रुवतारा नरबहादुर भण्डारीज्यूको तेस्रो पुण्यतिथिको विशेष अवसरमा

गेजिङमा डायलाइसिस् युनिटको उद्घाटन

The post सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन घोषित appeared first on The Sikkim Chronicle - Sikkim News.