सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

गान्तोक, 19 अगस्त: राज्यमा 25वटा नयाँ कोभिड संक्रमण देखा परेको छ। पूर्व जिल्लामा 24 वटा अनि दक्षिण जिल्लामा एउटा संक्रमण देखा परेको जानकारी स्वास्थ्य सचिव पेम्पा टी. भुटियाले हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरेका हुन्। सिङताम जिल्ला अस्पतालमा गरिएको जाँचमा 7 जनाको रिपोर्ट पोजिटिभ पाइएको छ। जसमध्ये 2 जना कुम्रेक स्थित सिप्ला कम्पनीका कर्मचारी अनि 5जना मामरिङका […] The post सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो appeared first on The Sikkim Chronicle - Sikkim News.

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

गान्तोक, 19 अगस्त: राज्यमा 25वटा नयाँ कोभिड संक्रमण देखा परेको छ। पूर्व जिल्लामा 24 वटा अनि दक्षिण जिल्लामा एउटा संक्रमण देखा परेको जानकारी स्वास्थ्य सचिव पेम्पा टी. भुटियाले हेल्थ बुलेटिनमार्फत सार्वजनिक गरेका हुन्।

सिङताम जिल्ला अस्पतालमा गरिएको जाँचमा 7 जनाको रिपोर्ट पोजिटिभ पाइएको छ। जसमध्ये 2 जना कुम्रेक स्थित सिप्ला कम्पनीका कर्मचारी अनि 5जना मामरिङका आइआरबी जवान रहेका छन्। रम्फूको स्क्रिनिङ सेन्टरबाट 7जनाको रिपोर्ट पोजिटिभ पाइएको बताइएको छ। 2 जना सिक्किम भित्रिएकाहरुमा संक्रमण देखा परेको हो। तीमध्ये एक आइटीबीपी जवान अनि एक सिक्किमे नागरिक रहेका छन्। अन्यहरुमा माझिटार चनौटेका 3 जना, रम्फू फाटक लाइन अनि आइबीएमका एक-एकजना रहेका छन्।

दक्षिण सिक्किममा पोजिटिभ पाइएका भनिएको व्यक्ति कालेबुङका चालक रहेको बताइएको छ। तिनलाई बंगाल मल्ली चेकपोस्टमा रहेका रम्बी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य टोली एवं त्यहाँ तैनाथ पुलिससँग सम्पर्क साँधेर हस्तान्तरण गरिएको भनिएको छ।

एसटीएनएममा भएको जाँचमा जम्मा 13 जनाको रिपोर्ट पोजिटिभ आएको बताइएको छ। तीमध्ये आटीबीपीका एक, जुभेन्टसका 2, एल्केमका एक, तादोङ मेट्रोका एक, रानीपूलका 2, मनिपाल नजिकका एक, स्यारीका एक, आइटी विभागमा आएका ईञ्जिनियरहरूलाई ल्याउने इन्नोभाका चालक, 6 माइलका एक, पश्चिम सिक्किमबाट एसटीएनएम ल्याइएका एक अनि सिङतामबाट एक रहेको बताइएको छ।

रम्फू आइबीएम निवासी कोरोनाबाट हिज मृत्यु भएको व्यक्तिको सम्पर्कमा आएका एक व्यक्तिमा पनि  संक्रमण पाइएको छ। पोजिटिभ पाइएका व्यक्ति मृतकका जुवाईं रहेको बताइएको छ। तिनी पनि सिप्लाकै कर्मचारी रहेको तर गत 22 जुलाईदेखि काममा हाजिर नभएको जानकारी गराइएको छ।

टाशीलिङ अनि स्वास्थ्य सचिवालयमा सेनिटाइजेसनको काममा खटिएका 2 व्यक्तिमा संक्रमण पाइएको छ। सोही कारण स्वाथ्य सचिवालयलाई आज बन्द राखिएको हो। 20 अगस्तबाट नयाँ स्वास्थ्य निग्रानी एवं निकासी टिमको साथमा सचिवालय पुन: खोलिने जानकारी दिइएको छ। पुरानो टोली कोभिड पोजिटिभका प्राइमेरी कन्ट्याक्ट रहेकाले सबैलाई होम क्वारेन्टाइनमा पठाइएको छ।

सिक्किममा कोभिडको कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। पेल्लिङ निवासी एक 57 वर्षीय पुरुषको एसटाएनएम अस्पतालमा उपचारको क्रमममा निधन भएको हो। तिनी सेलुलाइटिस् रोगले ग्रसित थिए अनि तिनमा बहुअंग विफलता देखा परेको थियो। कोभिड जाँच गर्दा तिनको रिपोर्ट पोजिटिभ आएको जानकारी स्वास्थ्य सचिवले गराएका हुन्। कोभिड प्रोटोकल अन्तर्गत आज तिनको दाह-संस्कार गरिएको बताइएको छ। 

यो समाचार लेखुन्जेलसम्म सिक्किममा सक्रिय मामला 440 रहेको छ भने 789 निको भएर आ-आफ्नो घर फर्किसकेका छन्। संक्रमितको कुल संख्या 1232 रहेको छ भने संक्रमणबाट अहिलेसम्म 3 जनाको ज्यान गएको छ।    

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

उन्नत मार्गका तीन तत्व: स्वतन्त्रता, स्वाधिनता अनि स्वनिर्भरता

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

सचिवालय, एसटीएनएम अस्पतालको छैटौं तल्ला अनि गेजिङ अस्पताल परिसर कन्टेन्मेन्ट जोन…

The post सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो appeared first on The Sikkim Chronicle - Sikkim News.