सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो

गान्तोक, 31 अगस्त: सिक्किममा कोभिड-19 संक्रमणबाट चौथो मृत्यु भएको समाचार अघि आएको छ। राज्यका आइईसी अधिकारी सोनाम जी भुटियाले आजको हेल्थ बुलेटिन मार्फत सो जानकारी सार्वजनिक गरेका हुन्। पूर्व सिक्किम सिङताम चिसोपानी निवासी 50 वर्षीय पुरुषलाई सिङताम जिल्ला अस्पतालबाट गान्तोकको एसटीएनएम अस्पताल रेफर गरिएको थियो। तिनलाई मिर्गौला अनि लिभर सिरोसिसको समस्या रहेको थियो। तिनको कोभिड […] The post सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो appeared first on The Sikkim Chronicle - Sikkim News.

सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो

गान्तोक, 31 अगस्त: सिक्किममा कोभिड-19 संक्रमणबाट चौथो मृत्यु भएको समाचार अघि आएको छ। राज्यका आइईसी अधिकारी सोनाम जी भुटियाले आजको हेल्थ बुलेटिन मार्फत सो जानकारी सार्वजनिक गरेका हुन्।

पूर्व सिक्किम सिङताम चिसोपानी निवासी 50 वर्षीय पुरुषलाई सिङताम जिल्ला अस्पतालबाट गान्तोकको एसटीएनएम अस्पताल रेफर गरिएको थियो। तिनलाई मिर्गौला अनि लिभर सिरोसिसको समस्या रहेको थियो। तिनको कोभिड जाचँ गर्दा संक्रमण पनि देखा परेको बताइएको छ।

तिनका रिपोर्ट अनुसार तिनलाई फोक्सोको भने कुनै समस्या नरहेको भनिएको छ। मृत्यु अघि तिनमा  संक्रमण पाइयो, यसैले तिनको मृत्यु कोभिड-19को कारण भएको हो भनी खबर सार्वजनिक गरेको अधिकारी भुटियाले बताए।

सिक्किममा आज 25वटा नयाँ मामला अघि आएसँगै अब कुल पोजिटिभ 1652 भएका छन् भने 1225जना निको भइसकेका छन्। कोभिडबाट मृत्यु भएको संख्या आजबाट 4 पुगेको छ। समाचार लेखुन्जेलसम्म राज्यमा सक्रिय मामला 424 रहेको छ।   

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

सिक्किममा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुग्यो

कोभिड संक्रमणबाट थप एकजनाको मृत्यु

The post सिक्किममा कोरोनाबाट थप एकजनाको मृत्यु: कुल संख्या चार पुग्यो appeared first on The Sikkim Chronicle - Sikkim News.