रटन अभियानको नयाँ समिति गठित

0
320


अर्जुन पीयूष
गान्तोक, 9 अगस्त ः राजधानी गान्तोकस्थित विकास क्षेत्रमा रहेको नेपाली साहित्य परिषद्मा वरिष्ठ साहित्याकार एन. एल. कपिलको अध्यक्षतामा रटन अभियान, सिक्किमको एक जरुरी सभा बस्यो। विगत दुई वर्षदेखि रटन अभियानले विविध कार्यक्रमहरू गर्दै आइरहेको  थियो। यस अभियानलाई केवल रटन अभियानको रूपमा अघि बढाउने वा यसलाई सङ्गठनको रूप दिन आवश्यक छ वा छैन भन्ने विषयमाथि साहित्यकार अथवा प्रबुद्धवर्गमाझ चर्चा-परिचर्चा चलिरहेको मामिलालाई पूर्ण विराम दिँदै सम्पन्न भएको सभाले रटन अभियानलाई एक साङ्गठनिक स्वरूप दिन आगामी एक वर्षको निम्ति तदर्थ समिति बनाएको छ।
समितिलाई सही र उपयुक्त नेतृत्व दिनका निम्ति अध्यक्षको पदभार रटन अभियानका एक सक्रिय सदस्य रहिआएका एनपीएस निरौलालाई सुम्पिएको छ भने उपाध्यक्षको रूपमा राधा पाण्डे रहेका छन्। त्यसरी नै महसचिवको पदभार लामो समयदेखि साहित्यमा लागिपरेका साहित्यकार तथा नवपथ सङ्घका महासचिव एवं नवपथ पत्रिकाका सम्पादक पूर्ण योञ्जन अनि संयुक्त कोषाध्यक्षको रूपमा मुक्तकार रवि पौड्याललाई चयन गरिएको छ भने कोषाध्यक्षको रूपमा  टीका ढुङ्गेललाई राखिएको छ। यसै गरी सल्लाहकार समितिमा साहित्यकार हरि ढुङ्गेल, एन. एल. कपिल, भाष्कर पौड्याल तथा भवानी घिमिरे सिक्किमे रहेका छन्। अन्य वरिष्ठ व्यक्तित्वहरू कार्यकारी सदस्यका रूपमा रहेका छन्।
रटन अभियान सिक्किम नामक समितिले आफ्नो द्वयवार्षिक अधिवेशन आगामी अक्टोबर महिनामा गर्ने विषयमाथि चर्चा गर्दै समितिको पक्षबाट एक पत्रिका पनि प्रकाशन गर्ने निर्णय सभाले लियो। समितिको पक्षबाट प्रकाशन हुने पत्रिकाको सम्पादनको जिम्मेवारी स्थापित साहित्यकार एवं पत्रकार अर्जुन पीयूषलाई दिइयो भने संयुक्त सम्पादकको रूपमा पूर्ण योञ्जन एवं रवि पौड्याललाई दिइएको छ। सभामा विविध विषयमाथि चर्चा गर्दै नयाँ पुस्तालाई कार्यक्रममा सहभागी बनाउँदै उनीहरूबाटै नयाँ विचारहरू सुन्ने कुरा तय भएका छन्। साहित्यको कुनै एक विधामाथि नयाँ पुस्ताका एक व्यक्तिलाई चर्चा गर्न लगाउने सम्बन्धमा पनि सभामा चर्चा गरियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here