मुख्यमन्त्री आवासमा कोरोना जाँच

मुख्यमन्त्री आवासमा कोरोना जाँच

लुम्सेस्थित मुख्यमन्त्री आवासमा 16 जूलाईको दिन कोभिड-19को आरटीपीसीआर जाँच गरियो। यस अन्तर्गत राज्यका मुख्यमन्त्री पी.एस. तामाङ अनि श्रीमति सारदा तामाङ साथै विधायक अदित्य तामाङको कोभिड-19को जाँचको निम्ति नमुना संकलन गरियो। यसका साथै त्यहाँका सबै सुरक्षाकर्मी तथा सम्पूर्ण आवासीय कर्मचारीको पनि नमुना संकलन गरियो। यस क्रममा जम्मा 95 वटा नमुना संकलन भएको मुख्यमन्त्री कार्यलयद्वारा जारी एक प्रेस विज्ञपत्मा जनाइएको छ।

जाँचको निम्ति नमुना संकलन ‘नगर नमुना संकलन टोली’ले गरेको थियो जसको नेतृत्व नगर प्राथमिक स्वास्थ्य केन्द्र (पुरानो एसटीएनएम)की स्वास्थ्य अधिकारी डा. कुन्जाङ लेप्चाले गरेकी थिईन्। नमुना संकलन एसटीएनएम अस्पतालको निर्देशनमा भएको हो।

आवास परिसर सेनिटाइज गर्नको निम्ति वरिष्ठ सुपरभाइजरको नेतृत्वमा गान्तोक नगर निगमको एउटा टोली उपस्थित थियो। 

मुख्यमन्त्रीले टोलीलाई बधाई दिए अनि सम्पूर्ण कोभिड योद्धाहरुलाई उनीहरुको निस्वार्थ, निरन्तर एवं समर्पित सेवाको निम्ति धन्यवाद दिए।