मुख्यमन्त्रीका ससुरा अब रहेनन्

मुख्यमन्त्रीका ससुरा अब रहेनन्

गान्तोक, 09 सेप्टेम्बर: मुख्यमन्त्री पीएस तामाङ (गोले)का ससुरा’बा रनमान राईको निधन भएको छ।  जानकारी तिनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन्। तिनको निधन आज एसटीएनएम अस्पतालमा भएको जानकारी मुख्यमन्त्रीले दिएका हुन्।

यो जानकारी सार्वजनिक गरेसँगै कोभिड-19को नियमलाई मध्यनजर राख्दै केही निवेदन उनका शुभचिन्तक एवं सम्पूर्णमा राखेका छन्। कोभिड-19को प्रोटोकललाई ध्यानमा राखेर तिनले सबैलाई सुरक्षित रही आ-आफ्नो घरमानै दिवांगत आत्माको निम्ति प्राथना गरिदिने निवेदन गरेका छन्।