सिक्किमकी प्रथम महिला पत्रकार भनेर चिनिएकी सन्तोष निरशको निधन भएको छ। तिनी 92 वर्षकी थिइन्। तिनको निधनसँगै सिक्किमेली पत्रकारिता क्षेत्रले आफ्नो एक बहुमूल्य रत्न गुमाएको महसुस गरेको छ। एक निडर पत्रकारको रूपमा चिनिने स्वर्गीय निरशको सिक्किमेली पत्रकारिता क्षेत्रमा अतुलनिय योगदान रहेको छ। 

1940 देखि तिनले पत्रकारिताको थालनी गरेर केही समयपश्चात पत्रकारितालाईनै आफ्नो पूर्ण समय पेशाको रूपमा अप्नाएपछि सिक्किमकी प्रथम महिला पत्रकारको रुपमा चिनिएकी हुन्। तिनलाई सबैले ‘माँ जी’ भनेर सम्बोधन गर्थे। तिनी सिक्किम प्रेस क्लबकी संस्थापक सदस्य पनि थिइन्। 

तिनको जन्म 3 अक्टूबर 1928मा ‘पिन्ड दादन खान’ भनिने ठाउँमा भएको थियो जो अहिलेको पाकिस्तानमा पर्छ। सन् 1959मा तिनी एउटा मोन्टेसरी स्कूल (अहिलेको वेस्ट पोइन्ट स्कूल) को प्रधान अध्यापिकाको रुपमा सिक्किम आएकी थिईन्। केही समय सो काम गरेपछि तिनले आफ्नो पतिसँगै पत्रकारितामा पूर्ण समय काम गर्न थालिन्। तिनका पति एक अवकाशप्राप्त सेनाका अधिकारी थिए अनि त्यस समय लंदन टेलिग्राफका संवाददाताको रुपमा कार्यरत थिए।  

सिक्किमकी प्रथम महिला पत्रकार

पत्रकारितामा तिनको रुचि कलेजमा छँदा देखिनै थियो। डीएभी कलेज देहरादूनमा अध्य्यनरत छँदा तिनले ‘भ्यानगार्ड’ नामक कलेज मेगेजिनको सम्पादन गर्ने गर्थिन्। पति-पत्नी मिलेर ‘Broader News and View’ नामक सिक्किमको पहिलो अंग्रेजी मासिक पत्रिकाको थालनी 1973मा उनीहरुले गरेका थिए। सो पत्रिकाले त्यति भाका नटिपे पछि ‘जमाना सदाबाहर’ नामक साप्ताहिक हिन्दी समाचार पत्रको थालनी उनीहरुले गरे। 

तिनको योगदान पत्रकारितामा मात्र नभइ सामाजिक जागरूकता अनि परोपकारको क्षेत्रमा पनि उत्तिकै सक्रिय थियो। तिनलाई 2010मा सिक्किम एडस् कन्ट्रोल सोसाइटीद्वारा सद्भावना राजदूतको रूपमा चयन गरिएको थियो। महिला सशक्तिकरणको तिनले वकालत गर्ने गर्थिन्।

तिनलाई सन् 2012मा सिक्किम सरकारद्वारा पत्रकारिताको निम्ति सिक्किम सेवा सम्मानद्वारा सम्म्नित गरिएको थियो। 2009मा तिनलाई कञ्चनजंगा कलम पुरस्कार दिइएको थियो भने अन्य विभिन्न सम्मानहरु समय-समयमा प्राप्त भएको थियो।

तिनको निधनमा मुख्यमन्त्री पी एस गोले, पूर्व मुख्यमन्त्री पवन चामलिङ, सिक्किम बीजेपी लगायत विभिन्न राजनीतिक संस्थाहरूले शोक प्रकट गरे। यसका साथै सिक्किमका सबै पत्रकार, लेखकवर्ग लगायत सबै शुभचिन्तकहरुले पनि विभिन्न माध्यमाहरुद्वारा शोक प्रकट गर्दै तिनको स्मृतिमा विभिन्न सन्देशहरु सार्वजनिक गरेका छन्।  

Read related articles:

10 जूनबाट कुन-कुन व्यवसाय कसरी खोलिने

सिक्किम प्रदेश कंग्रेसले Economic Revival committee को सभामा भाग नलिने

Sikkim mourns the demise of its first woman journalist

Leave a Reply