गान्तोक कृषि विभागकी एक महिलामा संक्रमण

पूर्व सिक्किम गान्तोक देउराली स्थित ‘वर्किङ वोमन्स होस्टेल’की एक महिलामा कोभिड-19 संक्रमण देखा परेको पूर्वका डी.सी. राज यादवले जानकारी गराएका छन्। प्रशासनद्वारा सो होस्टेललाई कन्टेन्मेन्ट जोन घोषणा गरिएको बताइएको छ।
सो महिला कृषि विभागमा कार्यरत रहेकोले कृषि भवन क्षेत्रलाई पनि कन्टेन्मेन्ट जोन घोषित गरिएको छ। संक्रमित महिलासँग सोझै सम्पर्कमा आउने सबैको टेस्टिङ भईरहेको बताइएको छ। महिलासँग सोझै सम्पर्कमा आएका सबैलाई होम क्वारेन्टाइनमा बसिदिने आव्हान प्रशासनद्वारा गरिएको छ।
यसका साथै कृषि विभागका सबै कर्मचारीहरुद्लाई अर्को आदेश जारी नभएसम्म कड़ा नियमका साथ होम क्वारेन्टाइनमा बस्न विभागद्वारा आदेश जारी गरिएको छ। टेस्टिङको खाँचो देखिएमा उनीहरुलाई तुरन्त टेस्टिङ गराउन भनिएको छ।

कृषि विभागका कोही पनि व्यक्ति संक्रमितको सोझै सम्पर्कमा आएको भए अतिरिक्त सचिवलाई
9434117687 फोन नम्बरमा तुरन्त सम्पर्क गर्न विभागद्वारा जारी आदेशमा उल्लेख गरिएको छ।
अतिरिक्त सचिवले गान्तोक नगर निगमको सहयोगमा सम्पूर्ण कृषि भवन परिसरको स्यानिटाइजेशन सुनिश्चित गर्नेछन्।
कृषि अनि बागवानी विभागको कृषि भवनस्थित कार्यलय विभागद्वारा अर्को आदेश जारी नभएसम्म बन्द रहनेछ। सबै अधिकारीगणले घरबाटै काम गरी विभागको क्रियाकलापलाई यथावत राख्न पर्ने आदेशमा उल्लेखित छ।