गेजिङमा डायलाइसिस् युनिटको उद्घाटन

गेजिङमा डायलाइसिस् युनिटको उद्घाटन

गेजिङ जिल्ला अस्पतालको नयाँ डायलाइसिस् ईकाइको उदघाटन गरिएको छ। राज्यका स्वास्थ्य मन्त्री डा. एम. के. शर्माले यसको उदघाटन गरेका हुन्। उदघाटनको अवसरमा विधानसभा उपाध्यक्ष साङगे लेप्चा, मन्त्रीगण लोकनाथ शर्मा, साम्डुप लेप्चा, भीम हाङ लिम्बू, संजित खरेल, सांसद ईन्द्र हाङ लिम्बू लगायत वरिष्ठ अधिकारीगणको उपस्थिति रहेको थियो।

सो युनिटमा पाँचवटा शय्या, डाक्टर अनि नर्सहरुको निम्ति अलग केबिन, आइसोलेसन कक्ष, डायलाइजर वासिङ कक्ष, वस्त्र फेर्ने कोठा, अक्सिजन संयंत्र अनि रिभर्स ओस्मोसिस् संयंत्र रहेका छन्। यसरी अब गेजिङ अस्पताल  डायलाइसिसको निम्ति पूर्ण रुपले तयार भएको छ।

Image Source: Government of Sikkim, Facebook

उदघाटन पश्चात एक सभामा बोल्दै कोभिड-19 महामारीको समय अस्पतालले गरेको अथक प्रयास अनि परिश्रमको सराहना गर्दै स्वास्थ्य मन्त्री शर्माले भने, “11 कोभिड संक्रमित अस्पतालबाट निको हुनु भनेकोनै सो परिश्रमको प्रमाण हो”। यसरी नै सो कार्यमा लागिरहन अस्पतालका सम्पूर्णलाई तिनले प्रत्साहन दिए। 

डायलाइसिस् इकाई गेजिङमा लामो समयदेखि सबै जिल्लावासीको चाहना रहेको भन्दै यसलाई सम्भव बनाउन सहयोग गर्ने सबैप्रति मन्त्री शर्माले आभार प्रकट गरे। सभामा बौल्दै गेजिङ अस्पतालकी सीएमओ डा. अनुषा लामाले निकट भविष्यमा गेजिङ चिकित्साको दृष्टिकोणले पश्चिम सिक्किम एउटा प्रेरणादायक जिल्ला बन्न सक्ने क्षमता एवं सम्भावना रहेको जिल्ला हो भन्ने मन्तव्य राखेकी थिईन्।