कोरोनाविरूद्ध मानिसहरूले अब नयाँ जीवनशैली अप्नाउनुपर्नेछ

गान्तोक, 29 मई, 2020

देशमा कोभिड 19 विरूद्ध चलिरहेको लकडाउनले दुई महिना पूरा गरेको छ। विगत 26 मार्चदेखि शुरू भएको देशव्यापी लकडाउन चरणबद्ध ढंगमा विभिन्न छुटहरू दिँदै चौथो चरणको लकडाउन यही 31 मार्चमा समाप्त हुनगइरहेको छ। यस अवधि देशले कोरोनाविरूद्ध लड्न धेरै तयारी गर्नका साथै आम जनतामा कोरोनाविरूद्ध व्यापक जागरूकता फैलाउने काम गरिरहेको छ। आज पूरा विश्व नै कोरोना भाइरसको चपेटमा अस्तव्यस्त भएको समय भारतको स्थिति अन्य प्रभावित देशहरूको भन्दा धेरै राम्रो रहेको छ भने कोरोनाविरूद्ध लड़ाईंमा भारत दुई महिनाभित्रमा आत्मनिर्भर बन्न सफल पनि बनेको छ।
दोस्रो चरणको लकडाउनयता सरकारले जनताको आवश्यकतालाई ध्यानमा राखेर चरणबद्ध रूपमा विभिन्न छुटहरू प्रदान गर्दै आएको छ र अब आगामी दिनमा यसलाई अझ विस्तारित गर्ने सम्भावना छ। यद्यपि, आम मानिसहरूले यो कुरा बुझ्न जरूरी छ कि छुट सरकारले दिएको छ तर कोरोना भाइरसले दिएको छैन। यसर्थ, अबको समय हामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन अनि नयाँ जीवनशैली अप्नाउन जरूरी छ। हामीले आफ्नो जीविका पनि चलाउनुपर्छ अनि कोरोना भाइरसबाट पनि जोगिनुपर्नेछ। अनावश्यक घुमफिर, जमघटका कार्यक्रमहरूलगायतका विषयहरूलाई हामीले पूर्णरूपले आफ्नो जीवनदेखि टाढ़ा राख्नुपर्ने आवश्यकता छ भने सामाजिक दूरी, स्वच्छतालगायतका अनुशासनलाई अझ कड़ाईका साथ पालना गर्नुपर्ने आवश्कता छ।
लामो समयसम्म कोरोनामुक्त रहेको सिक्किममा पनि अहिले एकजना कोविड-19 संक्रमित रहेका छन् जसको उपचार चलिरहेको छ। प्रदेश भाजपा उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। राज्यमा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सम्पूर्ण अग्रपंक्तिका योद्धाहरूको योगदान सराहनीय रहेको छ। प्रदेश भाजपा सम्पूर्ण योद्धाहरूप्रति अभिनन्दन व्यक्त गर्दै आगामी दिनको चुनौतीहरूको सामना गर्न सम्पूर्ण राज्यवासीलाई तयार रहन तथा राज्य अनि केन्द्र सरकारका दिशा निर्देशहरूलाई पूर्ण रूपमा पालन गरेर राज्यलाई पुनः कोरोनामुक्त बनाउन योगदान दिने आग्रह गर्दछ।

डीबी चौहान
अध्यक्ष
भाजपा, सिक्किम

Leave a Reply