Image Source: Government of Sikkim, Facebook

कोभिड-19लाई लिएर सामाजिक संजालहरूमा संचारित भइरहेका विभिन्न अप्रमाणित झूठो खबरहरूको छानबीन गर्न सरकारले एउटा टोली गठन गरेको छ। उक्त 6 सदस्यीय टोलीको नेतृत्व सिक्किम पुलिसको अपराध अनि सीआइडी शाखाका अधिक्षक तेन्जिंग लोडे लेप्चाले गर्नेछन् भने यसका सदस्यहरुमा पूर्व जिल्लाका सूचना प्रौद्योगिकी विभागका सहायक निदेशक, स्वास्थ्य विभागका आइईसी अधिकारी, पीआइबीका प्रतिनिधि अनि प्रेस क्लब सिक्किमका अध्यक्ष रहनेछन्। एउटा पत्रकार सम्मेलनमा बोल्दै एसपी लोडेले यसको जानकारी दिएका हुन्।  

सामाजिक संजालहरुमा कोभिड-19लाई लिएर विभिन्न झूठा खबरहरु फैलने गरेको छ। यसले आम मानिसमा भ्रम फैलिएर भय र त्रासको स्थिति पैदा हुन सक्ने भएकोले जताततै जुनसुकै खबरहरु विशेष फेसबुक अनि वाट्सएपमार्फत नफैलाउन आम मानिसहरूमा अपील गरेका छन्। गलत खबरहरुले कोभिड रोकथामको निम्ति भइरहेको कोशिशहरुलाई हतोत्साहित गर्न पनि सक्छ। यसैले त्यस्ता खबरहरुको सही छान-बीन गरी सत्यापित नभएसम्म कसैले पनि कहीं पनि फर्वाड नगरिदिने तिनले सर्वसाधारणलाई आव्हान गरेका छन्।

स्मरण रहोस्, कोभिड-19 सम्बन्धी झूठा खबरहरु फैलाएर मानिसहरुमा भय र त्रासको स्थिति सृजना गरेको प्रमाणित भएमा उचित कार्वाही गर्ने दिशानिर्देश आपदा प्रबन्धन प्राधिकरणले सबै राज्य तथा केन्द्र शासित प्रदेशहरूलाई अघिबाटै दिइसकेको छ। गृह मन्त्रालयद्वारा जारी एक दिशानिर्देशमा कोभिड-19 सम्बन्धी झूठा खबरहरु फैलाएको पाइए आपदा प्रबन्धन ऐन 2005 अन्तर्गत एक वर्षसम्मको जेल अनि जरिमानाको सजायको प्रावधान रहेको उल्लेख गरिएको छ। 

Read more related articles:

COVID-19 State’s plan of returning to normalcy looms under uncertainty as COVID-19 cases increase

State Evacuation Cell informs returnees to make their travel arrangements starting June 18

Health Secretary confirms 6 new COVID-19 positive cases

Leave a Reply