गत 21 जूनमा राज्यमा थप 8 वटा नयाँ कोभिड-19 संक्रमणको मामला अघि आएको छ। संक्रमितहरुमध्ये 4 जना पूर्व सिक्किमका अनि 4 जना दक्षिण सिक्किमका ‘फेसिलिटी क्वारेन्टाइन’हरुमा आफ्नो क्वारेन्टाइन अवधी बिताइ रहेका थिए।

पूर्व सिक्किमको गान्तोकमा रहेको एउटा फेसिलिटी क्वारेन्टाइनमा 4जना ‘सेकेन्डरी कन्ट्याक्ट’हरुमा कोभिड-19 संक्रमण पाइएको स्वास्थ्य सचिव डा. पेम्पा टी भुटियाले जानकारी गराएका हुन्।

एउटी आमा सो क्वारेन्टाइनमा रहँदा तिनी पोजिटिभ पाइएपछि अघिबाटै एसटीएनएम कोभिड अस्पतालमा भर्ना गरिसकिएको थियो। अहिले क्वारेन्टाइनमै रहेका तिनकै परिवारका 3जना व्यक्तिहरु क्रमैले 5 वर्षीय छोरा, 41 वर्षीय महिला अनि 13 वर्षीय महिला संक्रमित पाइएका हुन्। यसका साथै सोही क्वारेन्टाइनमा रहँदै गरेकी अर्की एक 30 वर्षीय महिला पनि पोजिटिभ पाइएकी छन्। चारैजना संक्रमितहरुलाई एसटीएनएम कोभिड अस्पतालमा भर्ना गरिएको छ।

यसैगरी किशनगंजबाट फर्किएर दक्षिण सिक्किमको एउटा फेसिलिटी क्वारेन्टाइनमा रहँदै गरेका क्रमैले 15 वर्षीय, 35 वर्षीय अनि 36 वर्षीय तीन व्यक्तिहरुमा संक्रमणको पुष्टि भएको छ। सिलगढ़ीको चम्पासरीबाट फर्किएका अर्का एक 26 वर्षीय पुरुष पनि संक्रमित पाइएपछि दक्षिण सिक्किममा कुल 4 जना नयाँ संक्रमितको बृद्धि भएको हो। चारैजनालाई नाम्चीको साङडुप्चे आइसोलेसन वार्डमा भर्ना गरिएको कुरा स्वास्थ्य सचिव डा. पेम्पाले दिएका छन्।

यससँगै अहिलेसम्म सिक्किममा कुल 78 वटा संक्रमणको मामलाको पुष्टि भएको छ। तीमध्ये 25जना अगावै निको भएर घर फर्किसकेकोले सक्रिय मामला अब 53 रहेको छ। कोभिड-19सँग लड़न अनि संक्रमितहरुको उपचारको निम्ति राज्यमा पर्याप्त संसाधन रहेकोले कोई पनि त्रसित नभइदिने आव्हान डा. पेम्पाले गरेका छन्। 

Read more related articles:

सिङ्ताम आगजनीमा घर गुमाउनेलाई सरकारबाट भोलिपल्टै राहत राशी वितरण

खुशीको खबर: सिक्किममा दुईजना कोरोनाबाट निको भए

कोभिड-19 लाई लिएर अप्रमाणित झूठा खबरहरु नफैलाउने अपील: 1 वर्षसम्म जेलको प्रावधान

Leave a Reply