गान्तोक, 18 जुलाई: पूर्व सिक्किम प्रशासनले 8वटा नयाँ कन्टेन्मेन्ट जोन घोषणा गरेको छ। हिज
एसटीएनएम अस्पतालको फ्लु क्लिनिकमा जाँचको क्रममा चाँदमारी स्थित ग्रेफ क्याम्पका एक व्यक्तिमा संक्रमण पाइएको जानकारी स्वास्थ्य सचिव पेम्पा टी. भुटियाले गराएका थिए। आज चाँदमारी ग्रेफ क्याम्पलाई प्रशासनद्वारा कन्टेन्मेन्ट् जोन घोषणा गरिएको छ।

यसका साथै क्रमैले पेनेङ्गला ग्रेफ क्याम्प, पेनेङ्गला ग्रेफ फिल्ड वर्कशप, मार्तम ग्रेफ वर्कशप क्याम्प,
स्वस्तिक ग्रेफ मुख्यालय क्याम्प, राङ्का स्थित आइटीबीपी क्याम्प, 32 माइल स्थित एसएसबी मुख्यालय अनि तारपीन स्थित गोल्डन क्रस फार्मा लिमिटेड परिसरलाई कन्टेन्मेन्ट जोन घोषणा गरिएको छ।

गोल्डन क्रस फार्मा कम्पनीका एक कर्मचारीमा कोभिड संक्रमण पाइएको बताइएको छ। तर संक्रमित व्यक्ति भने गत 10 जुलाईदेखि आफ्नो काममा नगएको पनि पूर्वका डीसी राज यादवले बताएका छन्। स्मरण रहोस् रंगेली स्थित ग्रेफ क्याम्पमा संक्रमण फैलिएको पाइएपछि सो क्षेत्र अनि रिनाक बजार कन्टेन्मेन्ट जोन घोषित हुनका साथै रंगेली अनि पाक्योङ सब्डिभिजनमा पूर्ण लकडाउनको पालना भइरहेको छ।

सो कन्टेन्मेन्ट अर्डर आगामी 25 जुलाई अथवा अर्को आदेश जारी नभएसम्म यथावत रहने बताइएको छ। कन्टेन्मेन्ट जोन क्षेत्रमा आक्समिक कारण बाहेक सबै प्रकारको वाहन अनि मानव आउ-जाउ निषेधित रहनेछ। कोभिड रोकथाम एवं प्रबन्धनमा लागिपरेका वाहन तथा कोभिड योद्धाहरु भने आउ-जाउ गर्न पाउनेछन्। कन्टेन्मेन्ट जोनको निर्धारित प्रवेश तथा निकास द्वार रहनेछ। यस क्षेत्रमा 24 घण्टै कड़ा प्रहरी सुरक्षा रहनेछ।

सो क्षेत्रमा आवश्यक सामग्रीका दोकानहरु जस्तै राशन, सब्जी, फल-फूल, माछा-मासु, दुध अनि ब्रेड, दवाई, एलपीजी सिलिन्डरको देकान, पेट्रोल पम्प आदि मात्र खुल्ला रहनेछन्। यसबाहेक अन्य सबै प्रकारका दोकानहरु बन्द रहनेछन्। क्षेत्रका सर्वसाधारणले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। क्षेत्रका एसडीएम अनि आपदा प्रबन्धनका सहायक निदेशकले पहिलो पंक्तिका कोभिड योद्धाहरुलाई पीपीईको व्यवस्था मिलाउनुका साथै सो क्षेत्रको सही सेनिटाइजेशनको व्यवस्था मिलाउनेछन्।

सम्बन्धित चिकित्सा अधिकारीले आशा कर्मचारीलाई त्यहाँको कन्ट्याक्ट ट्रेसिङमा लगाउनेछन्। कन्ट्याक्ट ट्रेसिङको लिस्ट एसडीएमलाई बुझाइएपछि उचित क्वारेन्टाइनको व्यवस्था एसडीएमले मिलाउनेछन्। कन्टेन्मेन्ट् क्षेत्रमा दैनिक प्रत्येक घरको निग्रानी गरिनेछ।

विभिन्न स्थलहरुमा कार्यरत सबै कामदारहरुलाई एसडीएम अनि चिकित्सा अधिकारीको सल्लाह बमोजिम क्याम्प वा होम क्वारेन्टाइनमध्ये कुनमा राख्न पर्ने हो सो निर्णय गरिनेछ।

थप समाचारको निम्ति तल क्लिक गर्नुहवस्:

रम्फूका संक्रमित ट्याक्सी चालकको श्रीमति अनि नानी कोभिड नेगेटिभ

रंगेलीमा एन्टिजेन जाँच शुरू

आचिङ्ग एसएसबी क्याम्प कन्टेन्मेन्ट् जोन घोषित

Leave a Reply