SKM President Golay campaigns in Upper Burtuk

0
522

प्रेस बिज्ञाप्तिदिनांक : ०६ अप्रैल २०१९

सिक्किम क्रान्तिकाती मोर्चा पार्टीको चुनावी कोठे सभा अनि भेटघाटको क्रममा आज २८ –  बुरतुक समष्टिको बिभिन्न ठाऊँहरु लिंगदिंग, रेसीथांग, सांगटोंग, फेंजोंग, थामी डाँडा, अप्पर लुइंग, मानबीर कॉलोनी, बुरतुक, लोअर सिच्चेको जनता संग भेटघाट  गर्नु भएकोछ ।यस सभामा पार्टी अध्यक्ष श्री पीएस गोलेज्यु लगायत उम्मेदवार श्री एन बिक्रम गुरुंगको उपस्थिति रहेको थियो भने समष्टिको कार्यकर्ताहरुको पनि भारी मात्रमा उपस्थिति रहेको थियो ।आज भएको बिभिन्न कोठे सभाहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्री पीएस गोलेज्युले भन्नु भयो  बुरतुक क्षेत्रले एसकेएम पार्टीलाई लगाएको गुण यो जूनिमा तिर्नु सक्छौ  सक्दैनौ तर म कहिले भुल्नु सक्दिन अनि तिरने पुरा – पुरा कोशिस गर्नेछु । मेरो कारणले बुरतुक समष्टिलाई दस बर्ष नोक्सान भएको छ तर एसकेएम पार्टीको सरकार आए पछि हामी बुरतुक समष्टिलाई दस बर्ष नोक्सान भएको पाँच बर्षमा पूरा गर्नेछौं, हर हालतमा यस समष्टिको जनतालाई हामी न्याय दिएर छाड़नेछौं, सरकार बनाएर  बुरतुकको जनता मेरो जिम्मामा रहनेछ, तपाईहरुले२०१४ को चुनावमा मलाई जिताएर प्रजातन्त्रलाई  बचाउनु भएकोछ, एसकेएम पार्टीको उम्मेदवार श्री एन बिक्रम गुरुंग एक्लो गुरुंग समुदायबाट भएकोले हाम्रो सरकार गठन पछि उहाँ मन्त्री हुनेछ, २५ बर्ष सम्म सिक्किममा एकछत्र रूपमा एक तानाशाहीले सत्ता हाकेको हुँदा सिक्किमे जनताले साह्रै दुःख पायो, बोल्नु पाउदैन, नोकरीदारहरु त्राही – त्राही छन्, राज्यको आर्थिक अवस्था नाजुक स्थितिमा पुगेकोछ, खाली खुट्टेको नारा लिएर २५ बर्ष अघि सत्तामा आएको सरकार अहिले पूंजीपतिहरुको ढलीमली भएकोछ, अहिले पनि मुख्यमन्त्री चामलिंगज्यु आफुलाई गरीबको नेता हूँ भन्ने गर्छ तर अझ पनि गरीब गरीब नै भएर गएकोछ उनीहरुले कहिले उठने मौका पाएनन् , सिक्किममा शान्तिछ भन्ने मुख्यमन्त्रीले आफैले अशान्ति र अराजकता फैलाउने, जनतालाई सिधै धमकी दिने  भाषण गर्दै छन् र राज्यको शान्ति श्रृंखला भंग गर्ने कसैलाई पनि अधिकार छैन, मुख्य मन्त्रीको आज गेजिंगमा गर्नु भएको भाषणको जोड़दार रूपमा खण्डन गर्दछु , त्यसको प्रमाण मुख्य मन्त्रीज्युको भाषण अनि राज्य भरी नै एसडीएफ पार्टीको उम्मेदवार र कार्यकर्ताहरुकोबाट हात – हतियार, रक्सी, पैसा पकड़ा पर्दैछ, राज्यमा कुनै प्रकारको अराजकता र आतंक फैलिएमा यसको सम्पूर्ण जिम्मेवार  मुख्यमन्त्री साथै एसडीएफ सरकार हुनेछ भन्ने कुरा राख्नु भयो ।


बिकश बस्नेत ,महासचिव (प्रचार प्रसार), एसकेएम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here