आर बी सुब्बर र म मा कुनै मतभेद छैन —– आर बी सुब्बा

0
60

प्रेस-विज्ञप्ति

आसन्न लोकसभा-विधानसभा चुनाउको छेक पारेर अपप्रचार, अपव्याख्या र अनर्गल प्रोपागाण्डाको भरमा राजनीति गर्दै आएको एसकेएम पार्टीले हिजो राति निशाचर जस्तो घुमेर रातभरि सोरेङ-च्याखुङ समष्टिमा व्यापक पोस्टरिङ गरेको आज बिहानदेखि सोशल मीडिया हुँदी छाएको छ। उक्त पोस्टरिङमा टिम्मुरबोङ-थर्पु निवासी निवर्तमान शिक्षा तथा कानूनमन्त्री आर.बी. खेवा र म आर.बी. सुब्बा (लिवाङ)-माझमा वैमनष्यता भएको कुरा कथितरूपमा उल्लेख गरिएको छ। यस सम्बन्धमा म रूम्बुक, पश्चिम सिक्किम निवासी आर.बी. लिवाङ यो स्पष्टीकरण सञ्चार माध्यमद्वारा दिन चाहन्छु कि पश्चिम सिक्किमका याकथुम्बा लिम्बूहरू नङ र मासु जस्तो मिलेर बसेका छन्। सत्यको समर्थन गर्नु र असत्यको विरोध गर्नु हामी लिम्बू जातिको पारम्परिक मौलिकता रहेको छ। श्री आर.बी. खेवा र मेरो बीच केही राजनैतिक मतभेद हिजो थियो भने आज हामी एउटै पार्टीको झण्डामुनि गोलबन्द भएका छौं। हामीले सिक्किम र सिक्किमेको भविष्यको सुरक्षाको सवालमा यसपालिको विधानसभा-लोकसभा चुनाउमा एसडीएफ पार्टीलाई जिताउने संयुक्त सङ्कल्प गरिसकेको कुरा पनि म आम सिक्किमेली जनगणमाझमा साझा गर्न चाहन्छु।
हाम्रो राजनैतिक अनुभवले के बताउँछ भने सिक्किमका विपक्षी दलहरू एकाधलाई छोड़ेर मूलरूपमा बाहिरी शक्तिहरू र राज्यभित्रकै सामन्ती अवशेषद्वारा सञ्चालित छन्। यिनीहरूको उद्देश्य केवल भ्रमको खेती गरेर एसडीएफ पार्टीलाई टुक्र्याउनु, भत्काउनु र सत्तामा पुगेर जनताको छातीमा शोषणको फापर माड्नु रहेको छ। तसर्थ म आर.बी. सुब्बा (लिवाङ) स्पष्टसँग यी कुराहरू बताउँदै हिजो भएको पोस्टरिङ काण्डको घोर विरोध र भर्त्सना जनाउँदछु। सोशल मीडियामा यो पोस्टरिङलाई लिएर कसले शुरुबाट अपलोड गरी शेयर गरेको छ उसलाई यथाशीघ्र सिक्किमको पुलिस प्रशासनले पक्राउ गरोस् र समाजमा भ्रम फैलाउने अराजक तत्त्वहरूलाई कानुनन सजाय दिइयोस्।

  • आर.बी. सुब्बा (लिवाङ)
    पूर्व मन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here